अफगानिस्तानमा डुङ्गा दुर्घटना : आठ जनाको मृत्यु, पाँच बेपत्ता
पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा २६ जना मानिस बोकेको एउटा डुङ्गा नदीमा पल्टिँदा आठ जनाको मृत्यु भएको छ भने अन्य पाँचजना बेपत्ता भएका छन् । मोमान्द दरा जिल्लाको बसोल क्षेत्रमा नदी पार गर्ने क्रममा डुङ्गा डुबेर दुर्घटना भएको प्रान्तीय सूचना विभागका प्रमुख कुरैशी बदलुनले बताउनु भयो । १३ जनाको उद्धार गरिएको छ भने अन्य पाँचजना बेपत्ता छन् । यात्रुमा अधिकांश महिला र बालबालिका थिए । सिन्ह्वा,न्युज एजेन्सी नेपाल
हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने इजरायली प्रधानमन्त्रीको दाबी
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार गाजा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तुतीपछि द्वन्द्वको एक हिस्साको रूपमा हमासको बिनास नभएसम्म युद्धको अन्त्ये नहुने दाबी गर्नुभएको छ ।
नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दाबी
नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा (ग्यालेक्सी) पत्ता लगाएको नासाले जनाएको छ ।
इजिप्ट, इजरायल र अमेरिकाबिच रफाह नाका खोल्ने विषयमा छलफल हुने
गाजाको रफाह सीमा क्षेत्रमा आवागमन खोल्ने विषयमा छलफल गर्न आइतबार कायरोमा बैठक गर्ने इजिप्ट, इजरायल र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले जनाएका छन् ।
यमनमा घातक आक्रमणपछि हुथी समूहद्वारा अमेरिकी जहाजमा आक्रमण
यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समूहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेका छन् ।
भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान
भारतमा आज (शनिबार) लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । यस निर्वाचनका लागि सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान हुँदैछ ।
भारतको राजधानीमा अहिलेसम्मकै उच्च तापक्रम
भारतको राजधानीको मुंगेशपुर क्षेत्रमा अहिलेसम्मकै उच्च तापक्रम ५२.३ डिग्री सेल्सियस मापन गरिएको छ।
चीनको विशाल खाद्य कम्पनीका पूर्वउपव्यवस्थापक भ्रष्टाचार आरोपमा पक्राउ
चीनको प्रमुख खाद्य व्यापारी कोफको कर्पोरेसनका पूर्व उपमहाप्रबन्धक झोउ झेङलाई घूस लिएको, अनियमितता गरेको र शक्तिको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको सर्वोच्च पिपुल्स प्रोक्युरेटरेट (एसपीपी) ले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दक्षिण अफ्रिकामा मतदान सुरु
दक्षिण अफ्रिकामा बुधबार बिहानै देखि आम निर्वाचनका लागि मतदान सुरु भएको छ ।
उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दक्षिण कोरियाको दाबी
। उत्तर कोरियाले शौचालयमा प्रयोग हुने पेपर (ट्वइलेट पेपर) र जनावरको मलजस्तो देखिने फोहोरले भरिएका बेलुनहरू दक्षिण कोरियामा पठाएको स्थानीय सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् ।
जापानका अनुसन्धाताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण
जापानी अनुसन्धाताहरूले विश्वको पहिलो काठको उपग्रह बनाएका छन् । क्योटो विश्वविद्यालय र लगिङ कम्पनी सुमितोमो वन विज्ञान विभागका वैज्ञानिकहरूले बनाएको प्रयोगात्मक उपग्रहको प्रत्येक भाग मात्र दश सेन्टिमिटर रहेको छ ।
प्यालेस्टाइनलाई राज्यको मान्यता अभियानलाई संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत
प्यालेस्टिनी जनताको अतिआवश्यक अधिकारको प्रत्याभूत गर्न बनेको विभागले प्यालेस्टाइनलाई राज्यको मान्यता दिने अभियानलाई मङ्गलबार स्वागत गरेको छ ।
दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन
भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।
जापानको बाह्य सम्पत्ति तीन ट्रिलियन अमेरिकी डलर पुग्यो
जापानको बाह्य सम्पत्ति २०२३ मा रेकर्ड ४७१.३१ ट्रिलियन येन (३ ट्रिलियन अमेरिकी डलर) मा पुगेको छ । जुन एक वर्ष अघिको तुलनामा १२.२ प्रतिशतले बढेको हो । कमजोर येनले विदेशी स्टक, बन्ड र येन सर्तमा अन्य होल्डिङको मूल्य बढाएको कारण बाह्य सम्पत्ति बढेको जनाइएको छ ।
रफाह क्रसिङ् पुनःखोल्न तयार रहेको प्यालेस्टिनी राष्ट्रपतिको भनाइ
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङ् पुनःखोल्ने काम गर्ने तयारी अवस्थामा रहेको बताउनुभएको छ ।
भारतीय विमानस्थलमा विमानभित्र बम भएको झुट्टो हल्ला
भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा मङ्गलबार आन्तरिक विमानभित्र बम भएको धम्कीको सूचना आएपछि विमानलाई तत्काल आइसोलेसनमा लगिएको अधिकारीले बताएका छन् । उक्त धम्की झुटो साबित भएको छ ।
पपुवा न्यूगिनिमा सक्दो सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी
प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पपुवा न्यूगिनीमा पहिरोमा परी ज्यान गुमाउने सङ्ख्या करिब छ सय सत्तरी जनाको परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
रफाह हमलाले गाजा युद्धविराम वार्तालाई बाधा पुर्याउन सक्ने कतारको भनाइ
इजरायलले गाजाको दक्षिणी सहर रफाहनजिकै गरेको पछिल्लो आक्रमणले युद्धविराम र बन्धक मुक्त गर्नेसम्बन्धी वार्तामा बाधा पुर्याउन सक्ने मध्यस्थ राष्ट्र कतारले सोमबार जनाएको छ ।
गाजाको राफाह शिविरमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो
प्यालेष्टिनी क्षेत्रको राफाहनजिकै विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको गाजाको नागरिक सुरक्षा निकायले सोमबार जनाएको छ ।
भारतको उत्तरी क्षेत्रमा उष्ण लहर चल्न थालेपछि जनजीवन प्रभावित
विगत केही दिनदेखि भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । गर्मीसँगै उष्ण लहर प्रवाहित हुन थालेपछि दिल्लीसँग जोडिएको गुरुग्राम सहरका विद्यालयहरू आगामी पाँच दिनका लागि बन्द गरिएको छ ।
चीन, जापान र दक्षिण कोरियाबिच सहकार्य बढाउने प्रतिबद्धता
दक्षिण कोरिया, चीन र जापानका शीर्ष नेताबिच पाँच वर्षपछि पहिलो पटक सोमबार भएको बैठकमा क्षेत्रीय स्थिरताका विषयमा छलफल भएको छ ।
पहिरोमा दुई हजारभन्दा बढी मानिस पुरिएको पपुवा न्यू गिनीद्वारा राष्ट्र सङ्घलाई जानकारी
पपुवा न्यु गिनीले संयुक्त राष्ट्रसङ्घलाई सोमबार एङ्गा प्रान्तको दुर्गम पहाडी इलाकास्थित एक गाउँमा शुक्रबार गएको भीषण पहिरोमा परी मृत्यु भएका व्यक्तिको सङ्ख्या दुई हजारभन्दा बढी रहेको जनाएको छ । उनीहरू पहिरोमा पुरिएको बताइएको छ ।
निर्यात बढाउन पाकिस्तानले चीनको उदाहरण पछ्याउने : पाकिस्तानी प्रधानमन्त्री
पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो देशले गरिबी उन्मूलन र विदेशी मुद्रा भण्डार बढाउन निर्यात बढाउन चीनको अनुभवबाट सिक्ने बताउनुभएको छ ।
युक्रेनलाई २७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने अमेरिकाको घोषणा
संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनका लागि २७ करोड पचास लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ । सहायतामा गोला बारुद, आर्टिलरी राउन्ड र सटीक हवाई हतियार समावेश छन् ।