यमनमा डुङ्गा डुब्दा ३९ आप्रवासीको मृत्यु
यमनमा दुई सयभन्दा बढी आप्रवासी बोकेको डुङ्गा डुब्दा अफ्रिकाबाट आप्रवासन मार्गमा प्रकोपमा परेका कम्तीमा ३९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीयको एजेन्सीले मङ्गलबार जनाएको छ ।
सिक्किमका मुख्यमन्त्री गोलेद्वारा शपथग्रहण
छिमेकी देश भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उहाँले मङ्गलबार सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथग्रहण गर्नुभएको हो ।
इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली बन्धक उद्धार अभियानमा ठुलो सङ्ख्यामा नागरिक हताहत भएकोमा निन्दा गरेको उहाँका प्रवक्ताले बताउनुभएको छ ।
रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु
उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रुसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।
बेलायतमा बेरोजगारी दर वृद्धि : आधिकारिक तथ्याङ्क
मङ्गलबार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायती बेरोजगारी अझै बढेको पुष्टि भएकोको छ ।
फ्रान्समा मध्यावधि निर्वाचनको घोषणा
युरोपेली सङ्घ (ईयू) को चुनावमा अति राष्ट्रवादी (दक्षिणपन्थी) समूहको विजयले फ्रान्समा आइतबार राजनीतिक भुइँचालो निम्त्याएको छ । निर्वाचनसँगै राष्ट्रपति इमानुएल म्याक्रोँले उच्च जोखिमको कदमको संज्ञा दिनुभएको विधायिकाको मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको छ ।
भारतमा उष्ण लहर अझै बढ्ने
भारतको इतिहासमा नै सबैभन्दा लामो उष्ण लहर (लु) का कारण सामान्य जनजीवन प्रभावित बनेको भन्दै मौसमविद्हरूले अति आवश्यक कामबाहेक दिनको घाममा घरबाहिर ननिस्कन सुझाव दिएका छन् ।
शेख हसिनाद्वारा प्रधानमन्त्री मोदीलाई बङ्गलादेश भ्रमणको निम्तो
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथपछि भएको संक्षिप्त भेटमा शेख हसिनाले भविष्यमा सम्बन्ध बलियो बनाउन नयाँ सरकारसँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको बङ्गलादेशका विदेशमन्त्री मोहम्मद हसन महमुदले बताउनुभयो ।
बेल्जियमका प्रधानमन्त्री डी क्रूद्वारा राजीनामाको घोषणा
बेल्जियमका प्रधानमन्त्री अलेक्ज्यान्डर डे क्रुले आइतबार सम्पन्न राष्ट्रिय र युरोपेली संसदीय चुनावमा आफ्नो पार्टीको हारपछि राजीनामा दिनुभएको छ ।
भारतका प्रधानमन्त्री मोदीद्वारा शपथ ग्रहण समारोहमा सहभागी विदेशी पाहुनालाई धन्यवाद ज्ञापन
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शपथ ग्रहण समारोहमा सहभागी विदेशी पाहुनालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । भाजपा नेता मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा आफ्नो तेस्रो कार्यकालका लागि भारतका प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्रीको शपथ समारोहमा सरिक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ ।
समुद्र बचाउन अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रसङ्घ प्रमुखको आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शनिबार सङ्कटग्रस्त समुद्रलाई बचाउने कदम चाल्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गर्नुभएको छ ।
गाजा क्षेत्रमा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या ३७ हजार ८४ पुग्यो
इजरायल र प्यालेस्टिनीबिच आठ महिनाभन्दा बढीको युद्धमा गाजा क्षेत्रको ३७ हजार ८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त
प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसदमा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ ।
इजरायललाई ‘लज्जास्पद’ कालोसूचीमा राख्ने राष्ट्रसङ्घको निर्णय भ्रमपूर्ण
सशस्त्र द्वन्द्वमा बालबालिकाको अधिकार उल्लङ्घनको गरेको भन्दै संयुक्त राष्ट्र सङ्घले इजरायल र हमासलाई आफ्नो “लज्जास्पद कालोसूचीमा” राखेको द टाइम्स अफ इजरायलले जनाएको छ ।
भारतको खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा तीनको मृत्यु, छ जना घाइते
भारतको उत्तरी दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको खाद्य प्रशोधन कारखानामा शनिबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको दिल्ली प्रहरीले जनाएको छ ।
अपोलो–८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु
५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक “अर्थराइज“ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उहाँको परिवारले जनाएको छ ।
मानहानि मुद्दामा राहुल गान्धीलाई जमानत
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको दल भारतीय जनता पाटी (भाजपा) माथि भ्रष्टाचारको आरोप लगाएको आरोपमा विपक्षी नेता राहुल गान्धीविरुद्ध दायर गरिएको मानहानिको मुद्दामा भारतको एक अदालतले शुक्रबार उहाँलाई जमानत दिएको छ ।
अमेरिकामा बढ्दो गर्मीका कारण ११ जना अस्पताल भर्ना
एरिजोना राज्यको फिनिक्स शहरमा बढ्दो गर्मीका कारण पूर्व–राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रमका लागि प्रतिक्षा गरिरहेका लगभग एक दर्जन मानिसहरू अस्पतालमा भर्ना भएका छन् ।
मे महिनामा चीनको निर्यातमा वृद्धि, आयातमा कमी : भन्सार
मे महिनामा चीनको निर्यात अपेक्षा गरिएभन्दा निकै बढी बढेको तर आयातमा कमी आएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।
भाजपा नेता मोदीले राष्ट्रपतिलाई गठबन्धन सम्झौता प्रस्तुत गर्ने
भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा भएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का नेता नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपतिसँग गठबन्धन सम्झौता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
ब्याज दर घटाउने कसरतमा इसिबी
युरोपेली केन्द्रीय बैङ्कले बिहीबार लगभग पाँच वर्षसम्म नघटी उच्च रेकर्डमा पुगेको ब्याज दर घटाउन सुरु गर्ने अपेक्षा गरिएको छ । तर अस्थिर मुद्रास्फीतिका कारण यो विषय अनिश्चित छ ।
इजरायलद्वारा संयुक्त राष्ट्रसङ्घीय विद्यालयमा घातक हमला
इजरायली सेनाले गाजास्थित संयुक्त राष्ट्रसङ्घीय विद्यालयमा हमास कार्यालय परिसर रहेकोे भन्दै गरेका घातक हवाइ आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको गाजाको एक अस्पतालले जनाएको छ ।
सुडानमा भएको आक्रमणमा सय जनाको मृत्यु
मध्य सुडानको गाउँमा भएको अर्ध सैनिक आक्रमणमा १०० जनाको मृत्यु भएको स्थानीय प्रजातन्त्र समर्थक आन्दोलनकारीको समितिले बिहीबार जनाएको छ ।