फिलिपिनी उपराष्ट्रपति दुतेर्तेलाई सुरक्षा परिषदबाट निष्काशित
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले उपराष्ट्रपति सारा दुतेर्तेलाई राष्ट्रिय सुरक्षा परिषदबाट हटाउनु भएको छ ।
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल
प्रहरीले महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल भएको छ । करिब छ घण्टा लामो सङ्घर्षपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरीको कदम रोकिएको छ ।
क्यालिफोर्नियामा विमान दुर्घटना : दुईको मृत्यु, १८ घाइते
अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् ।
सन् २०२५ मा विश्वका लागि ध्यान केन्द्रित गर्न चीन कटिबद्ध
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दा आउनसक्ने सम्भावित व्यापार उथलपुथलका लागि बेइजिङले आफूलाई बलियो बनाइरहेको र सन् २०२५ मा आफ्नो अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’ रहेको ।
बन्धक वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल कतार जाँदै
गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा वार्ता सुरु गर्न इजरायलले कतारको राजधानी दोहामा एक प्रतिनिधिमण्डल पठाउने तयारी गरेको छ ।
सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
वर्ष २०२४ लाई विभिन्न कारणले सम्झना गरिनेछ । यो वर्षले धेरै राम्रा कामको सुरुआत गरेको छ । कतिपय घटनाले सुखद कार्यलाई सम्झनामा सीमित गर्दै तिनलाई केवल निर्मम इतिहासमा बदलिदिएको छ ।
अस्ट्रेलियामा ज्याला चोरी गर्नेलाई १० वर्षसम्म जेल सजाय
अस्ट्रेलियाको नयाँ कानुनले बुधबारदेखि लागू हुनेगरी ज्याला चोरीलाई अपराध मानेको छ । जसमा व्यवसायमा बेइमान गर्नेहरूलाई १० वर्षसम्म कैद र भारी जरिवाना गराइनेछ ।
दक्षिण कोरियाली राष्ट्रपति योललाई आज पक्राउ गर्ने तयारी
दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योललाई शुक्रबार पक्राउ गर्ने तयारी गरिएको छ । उहाँलाई पक्राउ गर्न बिहीबार राति २ हजारभन्दा बढी प्रहरी उहाँको निवासमा तैनाथ गरिएको थियो ।
ट्रम्पका कट्टर आलोचक चेनीलाई सेवा पदक प्रदान गरिने
अमेरिकी राष्ट्रपति जो बाइडनले पूर्व रिपब्लिकन सांसद तथा डोनाल्ड ट्रम्पका कट्टर आलोचक लिज चेनीलाई नागरिक सेवा पदक प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
सिरियाली सुरक्षा बलले अपदस्थ राष्ट्रपति बशर अल असदको अलावी अल्पसङ्ख्यक समुदायको बसोबास रहेको दुई जिल्लालाई लक्षित गरी होम्स शहरमा अभियान सञ्चालन गरिरहेको सरकारी सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।
ट्युनिसियामा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार
मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु भएको छ भने ८३ जनाको उद्धार गरिएको अधिकारीले बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।
जलवायुजन्य जोखिम, विश्वव्यापी सङ्कटको पिरलो
विश्व नै यतिबेला जलवायु परिवर्तनले निम्त्याउन थालेको असरको मारमा पिल्सिएको छ । विश्वव्यापी रूपमा तापमान र मौसमको स्वरुपमा लामो अन्तरालमा आउने परिवर्तन नै जलवायु परिवर्तन हो ।
‘जुझारु’ नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी जेल परे पनि अवज्ञाकारी
इरानकी सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीले बिहीबार प्रकाशित एक अन्तर्वार्तामा लामो कैदले शरीर कमजोर भए पनि उहाँको दिमाग अझै ‘जुझारु’ रहेको बताउनुभएको छ ।
न्यु अर्लिन्स आक्रमणप्रति विश्वव्यापी निन्दा र समवेदना
न्यु अर्लिन्समा नयाँ वर्षको पूर्वसन्ध्यामा रमाइलो गर्नेहरूको भिडमा भएको आक्रमणका लागि बुधबार अन्तर्राष्ट्रिय निन्दा गरिएको थियो । आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
बङ्गलादेशद्वारा राजद्रोहको आरोपमा हिन्दू भिक्षुको जमानत अस्वीकार
मुख्यतया मुस्लिम राष्ट्रमा धार्मिक द्वन्द्वपछि अल्पसङ्ख्यकको सुरक्षाका लागि वकालत गर्ने स्पष्टवादी हिन्दू भिक्षुलाई बिहीबार बङ्गलादेशको अदालतले पुनः जमानत दिन अस्वीकार गरेको छ ।
गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा यस क्षेत्रको अहिले ध्वस्त हमास प्रहरी बलका प्रमुख पनि रहेका छन् ।
सन् २०२४ मा एक सयभन्दा बढी देशमा चुनाव
जनताको मताधिकारका आधारमा शासन सञ्चालनका लागि निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव हुनु अपरिहार्य मानिन्छ । प्रजातान्त्रिक मुलुकहरूमा जनताले मत दिएर चुनिएका जनप्रतिनिधिबाट शासित हुने अपेक्षा हरेक नागरिकले राखेका हुन्छन् ।
पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर
आइक्युएयरको पछिल्लो वायु गुणस्तर सूचकाङ्क (एक्युआई) को वर्गाीकरणअनुसार प्रमुख विश्वव्यापी वायु गुणस्तर अनुगमन सेवाको तथ्याङ्कका आधारमा कराची र लाहोर विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा परेका छन् ।
सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष
जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा गत वर्ष चीनको सबैभन्दा न्यानो वर्ष रहेको मौसम एजेन्सीले जनाएको छ ।
जापानमा नेपाली पुस्तकालय स्थापना
विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको देश जापानमा पहिलो पटक ‘नेपाल पुस्तकालय’ स्थापना गरिएको छ । नेपाल र जापानबिच जनस्तरको सम्बन्ध र शैक्षिक सांस्कृतिक, प्राज्ञिक तथा बौद्धिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो ।
इजरायली हमलामा जबालियामा १५ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा निकायले बुधबार क्षेत्रको उत्तरी भागमा रहेको जबालियामा एक घरलाई लक्षित गरी गरिएको रातिको इजरायली हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
विश्व अर्थतन्त्र २०२४ : भूराजनीतिक तनाव र कृत्रिम बौद्धिकताको उत्कर्षको वर्ष
सन् २०२४ विश्व अर्थतन्त्र, राजनीति, र प्रविधिका अभूतपूर्व घटनाहरूको वर्ष बन्यो।भू–राजनीतिक तनाव, जलवायु सङ्कट, र मुद्रास्फीतिका दबाबले अर्थतन्त्रलाई चुनौती दिए।
जिमी कार्टरको अन्त्येष्टिमा ट्रम्प सहभागी हुने
अमेरिकी राष्ट्रपति निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्प हालै दिवङ्गत भएका अमेरकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि समारोहमा सहभागी हुनेभएको बताइएको छ ।
गाजाबाट ५५ जना बिरामीलाई युएई पुर्याइयो
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजा पट्टीबाट ५५ बिरामी विशेष उपचारका लागि मङ्गलबार संयुक्त अरब इमिरेट्स (युएई) लगिएको जनाएको छ । बिरामीसँगै उनीहरूका ७२ जना सहयोगीलाई पनि सँगै लगिएको छ ।