मनिला, पुस १९ गते । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले उपराष्ट्रपति सारा दुतेर्तेलाई राष्ट्रिय सुरक्षा परिषदबाट हटाउनु भएको छ । कार्यकारी सचिव लुकास बर्सामिनद्वारा सोमबार हस्ताक्षरित आदेशमा राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षालाई असर गर्ने नीतिहरुको बारेमा सल्लाह दिने सुरक्षा परिषदबाट उपराष्ट्रपति र सबै पूर्व राष्ट्रपतिहरुलाई हटाइएको छ ।
बर्सामिनले आफ्नो सदस्यतालाई ‘पुनर्गठित र व्यवस्थित गर्न’ यो कदम चालेको बताउनु भएको छ । परिषदबाट अहिले प्रमुख विधायी, रक्षा, विदेश र क्याबिनेट अधिकारीहरू सामेल छन् । “अहिले परिषद्को सदस्यताको जिम्मेवारीका लागि उच्च पदस्थ अधिकारीलार्ई सान्दर्भिक मानिँदैन”, बर्सामिनले पत्रकारसँग भन्नुभयो, “आवश्यकताअनुसार अन्य सदस्य वा सल्लाहकार थप्न राष्ट्रपति स्वतन्त्र हुनुहुन्छ ।”
मार्कोस र उहाँको परिवारलाई मार्ने धम्की दिएको आरोपमा डुतेर्तेले अनुसन्धानको सामना गरिरहेकै बेला यो कदम चालिएको हो । गत नोभेम्बरको अन्त्यतिर पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्तेकी ४६ वर्षीया छोरी साराले एक अनलाइन पत्रकार सम्मेलनमा आफ्नो हत्या भएको खण्डमा कसैले मार्कोसलाई पनि मार्ने बताउनुभएको थियो यद्यपि, पछि उहाँले उक्त टिप्पणीको गलत व्याख्या गरिएको बताउनुभएको थियो ।
सन् २०२२ मा मार्कोससँगको गठबन्धनमा उपराष्ट्रपति सत्तामा पुग्नुभएको थियो । हालैका महिनाहरूमा आश्चर्यजनक रूपमा दुबै पक्षले यस वर्षको मध्यावधि चुनावअघि लागूपदार्थको व्यापक ओसार पसारका लागि आरोप प्रत्यारोप चलिरहेको छ । दुतेर्तेमाथि सरकारी कोषको करोडौं डलरको दुरुपयोग गरेको भन्दै महाभियोगका थुप्रै उजुरी पनि परेका छन् । दुतेर्तेलाई यस सम्बन्धमा जानकारीका लागि एएफपीले सम्पर्क गर्दा उहाँले प्रतिक्रिया दिन चाहनुभएन । रासस/एएफपी