तिब्बतमा भूकम्पपछि छ सय ४६ परकम्पन
दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल छ सय ४६ परकम्पनहरु पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।
रूसी वायु सेनाले प्रयोग गर्ने तेल डिपोमा आक्रमण
युक्रेनले रूस–युक्रेन साझा सीमाबाट सयौं किलोमिटर टाढा रूसी वायु सेनालाई सेवा प्रदान गर्ने रूसी तेल डिपोमा आफ्नो सेनाले आक्रमण गरेको बुधबार जनाएको छ ।
रियल म्याड्रिड र एफसी बार्सिलोना स्पेनिस सुपर कपको तयारीमा
रियल म्याड्रिड र एफसी बार्सिलोनाले यस हप्ता स्पेनिस सुपर कपमा क्रमशः मालोर्का र एथलेटिक बिल्बाओसँग खेल्दैछन् ।
इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी
पूर्व प्रधानमन्त्री खानलाई रावलपिण्डीको अडियाला जेलबाट बनिगालास्थित उनको निवासमा नजरबन्दमा राख्ने सम्झौता गरिएको पिटिआर्ईका संस्थापक खानकी बहिनी अलिमा खानले हालै खुलासा गर्नुभएको छ ।
इरानमा सन् २०२४ मा ९०१ जनालाई मृत्युदण्ड
इरानी अधिकारीहरूले गत वर्ष ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घका मानवाधिकार (आइएचआर) प्रमुखले मङ्गलबार बताएका छन् । यसमा डिसेम्बरको एकै हप्तामा करिब ४० जनालाई मृत्युदण्ड दिइएको छ ।
तिब्बत भूकम्प : १२६ जनाको मृत्यु
चीनको दुर्गम तिब्बत क्षेत्रमा मङ्गलबार आएको विनाशकारी भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको र हजारौँ भवन क्षतिग्रस्त भएको राज्य मिडियाले जनाएको छ ।
हाइटी हिंसामा गत वर्ष पाँच हजार छ सयभन्दा बढीको मृत्यु : राष्ट्रसङ्घ
हाइटीमा बढ्दो गिरोह हिंसाले गत वर्ष पाँच हजार छ सयभन्दा बढीको ज्यान लिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार बताएको छ । अघिल्लो वर्षको तुलनमा यो आँकडा एक हजारभन्दा बढी हो । यस अवधिमा हजारौँ घाइते भएका वा अपहरणमा परेका छन् ।
चीनले कक्षीय इन्धन भर्ने उपग्रह प्रक्षेपण गर्यो
चीनले लङ मार्च-३बी रकेट प्रयोग गरी मङ्गलबार बिहान सफलतापूर्वक सिजियान-२५ अन्तरिक्षमा पठाएको छ । दक्षिणपश्चिमी सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ४:०० बजे (बेइजिङ समय) रकेट प्रक्षेपण गरिएको थियो ।
ब्राजिलले इन्डोनेसियालाई ब्रिक्सको नयाँ सदस्यको रूपमा घोषणा गर्यो
ब्राजिलले इन्डोनेसिया ब्रिक्स समूहको पूर्ण सदस्य भएको घोषणा गरेको छ । सन् २०२५ मा ब्रिक्सको अध्यक्षता गर्ने ब्राजिलले सन् २०२३ मा जोहानेसबर्ग शिखर सम्मेलनमा इन्डोनेसियाको उम्मेदवारीलाई नेताहरूले समर्थन गरेको बताएको छ ।
फोनिजका कोषाध्यक्ष गुरुङ युकेमा सम्मानित
तमु समाज युकेले जनवरी ४ मा भव्यतासाथ तमु ल्होछार २०८१ मनाएको छ । यो वर्ष मुप्री ल्होलाई बिदाइ गर्दै सप्री ल्होलाई स्वागत गरेर तमु समुदायले ल्होछार मनाएको हो । सो अवसरमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय कोषाध्यक्ष लाला गुरुङ सम्मानित हुनुभएको छ ।
तिब्बत भूकम्प : उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपतिको निर्देशन
चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिनुभएको छ ।
तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते
तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको हो ।
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । समग्रमा सन् २०२४ मा युरोपको सबैभन्दा ठुलो कार बजारमा लगभग २ दशमलव ८ लाख नयाँ विद्युतीय कार दर्ता भएको थियो ।
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङमा क्षेत्र बन्द
चीनमा मङ्गलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६।८ म्याग्निच्युडको भूकम्पपछि माउन्ट कोमोलाङमा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ ।
तिब्बत भूकम्प : मृतकको सङ्ख्या ५३ पुग्यो
तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सिन्हाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएको प्रारम्भिक विवरण आएको छ ।
तिब्बत भूकम्प: मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो
आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीमा गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ।
तिब्बतको दिङ्ग्ये काउन्टीमा ७.० म्याग्निच्युडको भूकम्प
आज बिहान ६ः५० बजे चीनको तिब्बत स्वायत्त क्षेत्रको दिङ्ग्ये काउन्टीमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खनिज तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु दिङ्ग्ये काउन्टी आसपासमा रहेको थियो।
हमासले चौँतिस जनालाई रिहा गर्ने
हमासले इजरायल आक्रमणका क्रममा बन्दी बनाएकामध्ये ३४ जनालाई रिहा गर्ने भएको छ । हमासका एक वरिष्ठ अधिकारीमार्फत चौँतिस जनाको सूची सञ्चारमाध्यमबाट सार्वजनिक गर्दै इजरायलसँ
जलमग्न कोइला खानीभित्र भारतीय खानी श्रमिकहरू फसे
उत्तरपूर्वी राज्य असममा एउटा कोइला खानीमा पानी पसेपछि कम्तीमा १२ जना भारतीय खानी श्रमिकहरू सोमबार खानीभित्र फसेको प्रहरीले बताएको छ ।
चिनियाँ राष्ट्रपति सीद्वारा ‘भ्रष्टाचारविरुद्ध पूर्ण युद्ध’ को प्रतिज्ञा
चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार देशको शीर्ष अनुशासनात्मक निकायको वार्षिक योजना बैठकका लागि बेइजिङमा शीर्ष नेताहरूको बैठकमा ‘भ्रष्टाचार विरुद्धको पूर्ण युद्ध’ को प्रतिज्ञा गर्नुभएको छ ।
भारतमा एचएमपिभी मामिलाहरू बढेर तीन पुग्यो
भारतको पश्चिमी राज्य गुजरातमा सोमबार ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपिभी) मामिलाहरूको सङ्ख्या तीन पुगेको छ । पछिल्लो २४ घण्टाभित्र कर्नाटकको दक्षिणी राज्यमा दुईवटा घटनाहरु पुष्टि भएका थिए ।
भारतमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
भारतको दक्षिणी राज्य केरलामा सोमबार एउटा बस गहिरो खाल्डोमा खस्दा दुई महिलासहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन् ।
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा रहेकै समय उत्तर कोरियाले सोमबार क्षेप्यास्त्र परीक्षण गरेको छ ।
मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
मलेसियाको जेलमा रहेका पूर्वनेता नजिब रजाकले आफ्नो दाबीको समर्थनमा शाही आदेश जारी गर्न सक्ने बताएपछि उहाँले बाँकी सजाय घरमा नै बिताउन पाउने हुनुभएको छ ।