बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै
बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
देवचुलीलाई पोषणमैत्री पालिका बनाइने
नवलपुरको देवचुली नगरपालिकालाई पोषणमैत्री नगरपालिका बनाउने कार्यको थालनी गरिएको छ । देवचुली नगरपालिका देशकै दोस्रो र गण्डकी प्रदेशको पहिलो बालमैत्री पालिका समेत हो । अब यस पालिकालाई पोषणमैत्री पालिका घोषणा गर्नेगरी काम अगाडि बढाइएको छ ।
तीन सय वर्ष पुरानो मौलिक घरको संरक्षण
म्याग्दीको मङ्गला गाउँपालिका–२,सिममा करिब तीन सय वर्ष पुरानो मौलिक घरहरुको संरक्षण गरिएको छ । स्थानीयवासी ध्रुवकुमार खत्रीले आफ्नो पुर्खाले मल्लकालीन वास्तुकला अनुसार निर्माण गरेका घरहरु संरक्षण गरेर राख्नुभएको हो ।
जाजरकोट भूकम्प : पहिलो किस्ताको राहत पर्खिदै सल्यानका भूकम्पपीडित
जाजरकोट केन्द्रबिन्दु भएको विनाशकारी भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि सल्यानका अधिकांश भूकम्पपीडितले अझै पहिलो किस्ताको राहत रकम पाएका छैनन् ।
गलेश्वर मन्दिरमा हाई मास्ट लाइट जडान
म्याग्दीको बेनी नगरपालिका –९,स्थित विश्वकै अलौकिक तिर्थस्थल गलेश्वरधाम मन्दिरमा हाई मास्ट लाइट जडान गरिएको छ । रातिको समयमा मन्दिर परिसर उज्यालोसहितको सुरक्षित र आकर्षक बनाउन जडान गरिएको लाइटको हो ।
सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
सप्तरीको सुरुङगा नगरपालिकामा दहमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।नगरपालिकाको वडा नम्बर ११ मा रहेको सार्वजनिक दहमा डुबेर खजनपुर टोलका ७० वर्षीय रामदेव मण्डलको मृत्यु भएको हो ।
अवैध कार्यमा संलग्न ३१ सवारीसाधन र मेसिन नियन्त्रण
सल्यानमा ठुलो सङ्ख्यामा अवैध यात्रु ओसारपसार र अवैध उत्खननमा संलग्न सवारीसाधनहरु नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले अवैध गतिविधिविरुद्ध कडाइ गर्दै ३१ वटा सवारीसाधन तथा मेसिनहरु नियन्त्रणमा लिएको हो ।
तेस्रो संस्करणको ‘मेयर कप’ फुटबलको ट्रफी अनावरण
बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मंसिर १४ देखि १८ गतेसम्म बाङेचौर खेल मैदानमा हुने तेस्रो संस्करणको ‘मेयर कप’ फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।
सुख्खा पहिरोमा पुरिए मजदुर
कालीकोटको पचालझना–६ घाटाचौर क्षेत्रमा सुख्खा पहिरो खस्दा एक जना मजदुर पुरिएका छन् । कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडक खण्डमा काम गरिरहेका पचालझरना गाउँपालिका –७ का पृथ्थि बोहोरा पहिरोमा पुरिनुभएको हो ।
एमाले गुल्मीबाट महाधिवेशन प्रतिनिधिमा ६१ जनाको उम्मेदवारी
नेपाल कम्युष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि गुल्मीबाट महाधिवेशन प्रतिनिधि छनोट हुन ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ६० पैसा र बिक्रीदर १४३ रुपियाँ २० पैसा निर्धारण गरिएको छ ।
एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार पनि दुई खेल हुँदैछन् ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
बिहीबार बेलुका रुकुमपश्चिमको बाँफिकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
९३ वैज्ञानिक मोडलसहित विज्ञान–आईटी प्रदर्शनी सुरु
मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तरविद्यालय विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२ को आयोजना गरेको छ ।
निर्वाचनको वातावरण बनाउन सरकारसँग एमालेको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको र मुलुकमा निर्वाचनको वातावरण सुनिश्चित नरहेको विषयमा आफ्नो धारणा प्रस्तुत गरेको छ ।
प्रधानमन्त्री बन्न पार्टी खोलेको साम्पाङको भनाइ
धरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू प्रधानमन्त्री बन्न पार्टी खोलेको बताउनुभएको छ।
एसिसी यु–१९ प्रिमियर कप : नेपाल सेमिफाइनलमा
नेपाल संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई एक सय १९ रनले हरायो ।
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको बताउनुभएको छ ।
क्रिकेटमार्फत आमाको सम्मान र प्रकृति संरक्षणको सन्देश
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत नयाँ सन्देश दिन खोजिएको छ। एनपिएलका फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले क्रिकेटको माध्यमबाट सामाजिक सन्देश दिन खोजेका हुन्।
नगरप्रमुखसहित दश जनाविरुद्ध २९ लाखको भ्रष्टाचार मुद्दा
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित दश जनाविरुद्ध २९ लाख ४४ हजार १३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
चुनावअघि म्यान्मामा तीन हजार भन्दा बढी राजनीतिक बन्दीलाई सामूहिक माफी
म्यान्माका सैन्य शासक अर्को महिनाको आम निर्वाचनअघि देशभित्रको राजनीतिक वातावरणलाई नरम देखाउन तीन हजारभन्दा बढी राजनीतिक बन्दीलाई माफी दिने र पाँच हजार ५०० भन्दा बढीमाथि लागेको मुद्दा खारेज गर्ने निर्णयमा पुगेका छन् ।