हिंसापीडितको उद्धार र संरक्षणमा लागेको आदर्श गृहले आफ्नै भवन बनाउँदै
मानव सेवामा क्रियाशील आदर्श गृह नेपालले आफ्नै भवन बनाउन सुरु गरेको छ । हालसम्म एक हजार २२४ जनाको उद्धार तथा संरक्षण गरेको उक्त संस्थाले भरतपुर महानगरपालिका-१५ विश्व प्रकाश टोलमा रहेको आफ्नै जग्गामा भवनको बनाउन लागेको हो ।
एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्दैछन् ।
गोरखामा सुन्तला खोज्दै व्यापारी बारीमा
सुन्तलाका लागि प्रख्यात जिल्ला भनेर चिनिएको गोरखामा सुन्तला पाक्ने मौसम सुरु भएसँगै खरीद बिक्रीमा सक्रियता बढेको छ ।
विवाहपञ्चमी महोत्सवमा आएका साधुसन्तको बिदाइ
सुनसरीको इनरुवामा कोशी प्रदेशमा नै पहिलो दाबी गरिएको रामजानकी रथ यात्रा तथा विवाहपञ्चमी महोत्सवमा आएका साधुसन्तको बिदाइ गरिएको छ ।
खहरे खोला तर्न अझै काठेपुलकै भर
जिल्लाका अधिकांश स्थानीय गाउँमा रहेका खहरे खोला तर्न अझै खाठेपुलकै भर पर्ने गरेका छन् । बर्खाको समय थोरै पानी पर्ने बित्तीकै ती खोला उर्लेर आउँने गरेकाले उनीहरु काठेपुलको भर पर्ने गरेका हुन् ।
बैतडीमा पाँच थान अवैध भरुवा बन्दुक बरामद
जिल्लाको पाटन नगरपालिका–७ उपल्लाबाटुलामा प्रहरीको संयुक्त टोलीले पाँच थान अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
हेलम्बुमा ७६ जना मोतियाबिन्दुको शल्यक्रिया
हेलम्बु गाउँपालिकामा ७६ जना मोतियाबिन्दु रोगीको सफल शल्यक्रिया गरिएको छ । हेलम्बु गाउँपालिकाद्वारा आयोजित नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा शिविरमा उक्त सङ्ख्याका मोतियाबिन्दु रोगीको सफल शल्यक्रिया गरिएको उक्त गापा अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
नेपालगन्जमा प्रहरीद्वारा पेस्तोल र गोली बरामद
केही दिनदेखि बाँकेका विभिन्न स्थानमा सुरक्षा चेकजाँच कडा पार्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट पेस्तोल र गोली बरामद गरेको छ ।
एमाले महाधिवेशन प्रतिनिधि छनोटमा बाजुरासहित जिल्लामा बढ्यो सक्रियता
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आगामी ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा प्रतिनिधि छनोट प्रक्रियाले देशभरि तीव्रता पाएको छ ।
गुल्मी प्रशासनमा सेवा प्रवाहलाई सहज बनाइदै
जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन महत्त्वपूर्ण कदम चाल्दै आएको छ । सेवाग्राहीहरुको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले वडाबाट सिफारिस भएको विषयमा थप निवेदन आवश्यक नपर्ने व्यवस्था गरेको छ ।
आजदेखि पृथ्वीराजमार्ग पूर्ण रूपमा खुला : स्तरोन्नति कार्यसँगै यात्रा सहज
पृथ्वीराजमार्गअन्तर्गत विजयपुरखोलामा निर्माणाधीन पुलमा चलिरहेको बिम राख्ने ‘ग्रीडर लन्चिङ’ कार्य सकिएसँगै आजदेखि मुग्लिन–पोखरा खण्डमा कुनै पनि प्रकारको यातायात अवरोध हटेको छ ।
गुल्मी प्रहरीले लैङ्गिक हिंसाविरुद्ध प्रहरीलाईनै सचेत बनाउँदै
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय गुल्मीले आफ्नै प्रहरी कर्मचारीलाई लैङ्गिक हिंसाको बारेमा सचेतना दिएको छ ।
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ ।
माटोका भाडा बनाएर आम्दानी गर्नुहुँदै कालिकादेवी
देउखुरीको गढवा गाउँपालिका–६, कुमाल गाउँमा प्रायः पुरुषले मात्र माटोका भाडा बनाउने काम गर्दै आएका छन् । भाडा बिक्रीका लागि महिलाले सहयोग गर्ने गरेपनि कुमाल समुदायको परम्परागत पेसाका रुपमा रहेको माटोका भाडा बनाउने काममा महिला संलग्न थिएनन् ।
सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका
नेपालकै ठूलो मानिएको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका जुटेको छ । प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको सिद्धगुफाको प्रचारप्रसार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गाउँपालिका लागिपरेको हो ।
इन्टरनेटजन्य असुरक्षाबाट बच्न डिजिटल साक्षरता कार्यक्रम
काठमाडौँ महानगरपालिकाले नगरवासीलाई विद्युतीय सेवासम्बन्धी काम गर्न सक्षम बनाउनका लागि डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिने भएको छ ।
पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी गर्दै पौवादुङमा
पकेट क्षेत्र घोषणा गरी गाउँपालिकाले लगानी बढाएपछि भोजपुरको पौवादुङमाका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । श्यामशिलाका १७ किसान अहिले सङ्गठित रूपमा किबी उत्पादनमा जुट्दै दिगो आयस्रोतको नयाँ सम्भावना निर्माण गरिरहेका छन् ।
हङकङमा भीषण आगलागी : मृतकको सङ्ख्या ९४ पुग्यो
हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको छ ।
बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै
बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
देवचुलीलाई पोषणमैत्री पालिका बनाइने
नवलपुरको देवचुली नगरपालिकालाई पोषणमैत्री नगरपालिका बनाउने कार्यको थालनी गरिएको छ । देवचुली नगरपालिका देशकै दोस्रो र गण्डकी प्रदेशको पहिलो बालमैत्री पालिका समेत हो । अब यस पालिकालाई पोषणमैत्री पालिका घोषणा गर्नेगरी काम अगाडि बढाइएको छ ।
तीन सय वर्ष पुरानो मौलिक घरको संरक्षण
म्याग्दीको मङ्गला गाउँपालिका–२,सिममा करिब तीन सय वर्ष पुरानो मौलिक घरहरुको संरक्षण गरिएको छ । स्थानीयवासी ध्रुवकुमार खत्रीले आफ्नो पुर्खाले मल्लकालीन वास्तुकला अनुसार निर्माण गरेका घरहरु संरक्षण गरेर राख्नुभएको हो ।
जाजरकोट भूकम्प : पहिलो किस्ताको राहत पर्खिदै सल्यानका भूकम्पपीडित
जाजरकोट केन्द्रबिन्दु भएको विनाशकारी भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि सल्यानका अधिकांश भूकम्पपीडितले अझै पहिलो किस्ताको राहत रकम पाएका छैनन् ।
गलेश्वर मन्दिरमा हाई मास्ट लाइट जडान
म्याग्दीको बेनी नगरपालिका –९,स्थित विश्वकै अलौकिक तिर्थस्थल गलेश्वरधाम मन्दिरमा हाई मास्ट लाइट जडान गरिएको छ । रातिको समयमा मन्दिर परिसर उज्यालोसहितको सुरक्षित र आकर्षक बनाउन जडान गरिएको लाइटको हो ।