• १२ मंसिर २०८२, शुक्रबार

विवाहपञ्चमी महोत्सवमा आएका साधुसन्तको बिदाइ

blog

विवाहपञ्चमी महोत्सवमा आएका साधुसन्तलाई बिदाइ गरिँदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 
इनरुवा, मङ्सिर १२ गते ।
सुनसरीको इनरुवामा कोशी प्रदेशमा नै पहिलो दाबी गरिएको रामजानकी रथयात्रा तथा विवाहपञ्चमी महोत्सवमा आएका साधुसन्तको बिदाइ गरिएको छ । प्रत्येक वर्ष विवाहपञ्चमीको अवसरमा निकाल्दै आएको रामजानकी रथयात्रा नगर परिक्रमा गरेर सम्पन्न गरेको अवसरमा विवाहपञ्चमी महोत्वमा आएका साधुसन्तलाई बिदाइ गरेको हो ।

इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित रामजानकी गुठी संस्थाले भगवान राम र सीताको विवाहको अवसरमा १५१ साधुसन्तलाई विवाह समारोह सकिएकोपछि बिदाइ गरेको आयोजक गुठी संस्थाका अध्यक्ष हरिलाल मेहताले जानकारी दिनुभयो ।

दशकदेखि इनरुवामा कोशी प्रदेशमा नै ठुलो पहिलो रामजानकी रथ यात्रा निकाल्दै आएको र १० हजारभन्दा बढीको सहभागितामा नगर परिक्रमा गर्दै ऐतिहासिक रामजानकी रथ यात्रा सम्पन्न गरेको थियो । रथयात्रा इनरुवाको गौरव र सान भएको इनरुवा नगरपालिकानगर प्रमुख केदार भण्डारीले बताउनुभयो ।

विवाहपञ्चमी महोत्सको अवसरमा कुमरन (मटकोर) र बृहत् रथयात्रासहित साधुसन्तको बिदाइ कार्यक्रम गरेको गुठी संस्थाका अध्यक्ष मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम इनरुवा नगर प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा उपप्रमुख विनीता मेहता, उद्याेग वाणिज्य सङ्घका वीरेन्द्र साह, समाजसेवी रामधिन यादव, पत्रकार जयकृष्ण यादव र सुरेन्द्र कुशुवाहसहित हजार बढीको सहभागिता रहेको संस्थाका सचिव डा.सूर्यनारायण मेहताले जानकारी दिनुभयो ।