• २६ वैशाख २०८३, शनिबार

दाङमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

blog

घोराही समाचारदाता

घोराही, वैशाख २६ गते । दाङमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ ।

दाङको राजपुर गाउँपालिका–४, फोहोरामा ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो धारिलो हतियार बन्चरो प्रहारबाट मृत्यु भएको हो ।

सामुदायिक वनमा काठ काटेको विषयमा विवाद हुँदा राजपुर गाउँपालिका–४, सन्तपुरुवा निवासी २३ वर्षीय ईच्छाकुमार रैदासले बन्चरो प्रहार गर्दा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ ।

प्रहरी नायब उपरीक्षक बोहराका अनुसार टाउकोमा गम्भीर चोट लागेका यादवको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीय रामजानकी सामुदायिक वन क्षेत्रबाट काचो काठ काटेको विषयमा विवाद हुँदा करिब १ः३० बजेतिर रैदासले धारिलो हतियार प्रहार गरेका थिए ।

घट्नापछि धारिलो हतियार प्रहार गर्ने रैदास फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।