हावाको गतिले घटायो वायु प्रदूषण
हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा पनि घटेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका आज भने प्रदूषणको मात्रा घटेर सातौँ नं मा सूचीकृत भएको छ ।
अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न संस्कृति मन्त्रालयको आह्वान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्नका लागि आवेदन आह्वान गरेको छ ।
दक्षिण कोरियाको संवैधानिक अदालतद्वारा राष्ट्रपति युनको महाभियोगलाई समर्थन
दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योललाई छोटो समयका लागि मार्शल ल लगाएकोमा महाभियोग लगाउने राष्ट्रियसभाको प्रस्तावलाई समर्थन गरेको छ ।
भालुको आक्रमणबाट एक जना गम्भीर घाइते
जङ्गली भालुको आक्रमणबाट बर्दिवासका एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दिवास नगरपालिका–३ पाटुका ५१ वर्षीय जिस्नुप्रसाद दुलाल रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
समयमै काम गर्दा पनि भुक्तानी नपाएपछि व्यवसायी तनावमा
टोपलाल अर्यालरेसुङ्गा, चैत २२ गते । गुल्मी जिल्लामै दर्जनौँ विकास योजना निर्माण व्यवसायीले काम नगरेर अलपत्र छन् । तर समयमै काम गर्ने निर्माण व्यवसायीलाई सरकारले पुरस्कार र ऊर्जाको सट्टा मानसिक र आर्थिक दण्ड दिइरहेको पाइएको छ । त्यसको उदाहरण रेसुङ्गा नगरपालिका–९ का निर्माण व्यवसायी विजय खनाल हो । उहाँले धेरै योजनाहरू समयमै गरे पनि पैसा नपाएर पीडित हुनुहुन्छ । देशभर १५ शय्याको अस्पताल निर्माणको अभियान चलेपछि विभिन्न स्थानीय सरकारले अस्पतालको टेन्डर खोले । निर्माण व्यवसायी खनालले आर्थिक वर्ष ०७७/०७८ मा बिकेओआइ–अर्जुन–न्यु लिजा जे.भी मार्फत गुल्मी दरबार काम गर्नुभयो । उहाँले जिल्लामा सबैभन्दा छिटो अस्पताल बनाएपछि गुल्मी दरवारको सवैतिर चर्चा भयो । तर निर्माण व्यवसायी खनालले सम्झौता अनुसारको रकम पाउनु भएन । श्रोत, साधन नभएपछि लामो समय अस्पताल निर्माण भएर पनि अलपत्र बन्यो । अहिले दुई महिनादेखि पालिकाले आधारभूत अस्पताल सञ्चालन गरेको छ । निर्माण व्यवसायीले आफूले पाउनुपर्ने रकम ७४ लाख ४६ हजार ९५ रुपियाँ पालिकाले नदिएपछि दर्दनाक पत्र पठाउनु भएको छ । पालिकाले अस्पतालबाट सेवा दिन थाले पनि सम्झौता अनुसारको बाँकी पैसा नदिएका कारण आर्थिक अवस्था निकै बिग्रेको, मानसिक तथा नैतिक समस्यासँगै रोगहरू समेत लागेको निर्माण व्यवसायी विजय खनालले पत्रमा लेख्नु भएको छ । ‘पैसाको कारण मानसिक र नैतिक रूपमा कमजोर र रोग समेत लागेका छन् । पैसाको लागि पालिकादेखि मन्त्रीसम्म गुहार मागे पनि काम लागेन,’उहाँले भन्नुभयो,‘ यही कारण म बाट केही भए कार्यालयले सबै जिम्मेवारी लिनुपर्नेछ ।’ अस्पताल निर्माणको पैसा स्वास्थ्य मन्त्रालयबाट नआएका कारण आफूहरूलाई भुक्तानीमा समस्या परेको गुल्मी दरवार गाउँपालिकाका योजना शाखा प्रमुख टङ्क पन्थीले बताउनुभयो । उहाँले गत वर्ष पालिकाले केही पैसा बिनियोजन गरेर निर्माण व्यवसायीलाई दिए पनि अब अवस्था नरहेको बताउनुभयो । निर्माण व्यवसायी खनालले गुल्मीको अग्लुङ्ग फेदी खोला पुल चार महिनामै निर्माण गर्नुभयो । गुल्मीको पञ्चमी पोखरी–अग्लुङ्ग हुँदै प्युठान जोड्ने सडकमा पुल चार महिनामै निर्माण गरे पनि भौतिक पूर्वाधार कार्यालयले साढे दुई करोड रकम दिएको छैन । आफूले निर्माण गर्ने ९९ प्रतिशत योजनामा म्याद थप नगरेको खनालले बताउनुहुन्छ । तर, काम गरेको पैसा समयमै नपाउँदा निकै पीडा बोकेर हिँड्नु परेको उहाँको गुनासो छ । खनालले गुल्मी र पाल्पाबाट समयमै काम गरेका योजनाको १२ करोड बढी रकम पाउनुपर्ने रहेको दाबी गर्नुभयो । सडक पूर्वाधार कार्यालय गुल्मीका इन्जिनियर सचिदानन्द चौधरीले गत र अहिले गरेर निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने ३८ करोड दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पुँजीगत बजेट खर्च नगरे पनि सुख छैन ।’’ ‘‘समयमै काम गरे निर्माण व्यवसायीले रकम पाउँदैनन्,’’ चौधरीले भन्नुभयो, ‘‘गत वर्ष भौचर काटेको १२ करोड प्रदेशबाट भुक्तानी भएन ।’’ यो वर्ष सडक पूर्वाधार कार्यालयमा २१३ योजना रहेका छन् । योजना धेरै बजेट कम भएका कारण कार्यालय सङ्कटमा रहेको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
डोजर रोकेर मजदुर बसे जाग्राम
काम सकिएको दुई वर्ष बितिसक्दासम्म पनि आफूहरूले पाउनुपर्ने २१ लाख रुपियाँभन्दा बढी रकम नपाएको भन्दै मजदुरहरूले ठेकेदारको गाडी रोकेर रातभर जाग्राम बसेका छन् ।
पुल निर्माणपछि फेरिएको भौरा टापु
चारैतिरबाट कर्णाली नदीले घेरिएको भौरा टापुसँग जोडिने पुल निर्माण भएपछि अहिले त्यो क्षेत्रको मुहार नै परिवर्तन भएको छ ।
दुई किमी सडक चार वर्षमा पनि बनेन
सरावल गाउँपालिकाको केन्द्र जोड्ने पहुँचमार्गको निर्माण पूरा हुन नसक्दा यात्रुलाई समस्या भएको छ । परासी–नारायणचोक हुलाकी सडकखण्डको भिमटाँडीदेखि सरावल गाउँपालिकाको केन्द्रसम्म पुग्ने जम्मा दुई किमी १०० मिटर लामो सडकको काम चार वर्ष पूरा हुन लाग्दा पनि पूरा भएको छैन ।
भूमिसम्बन्धी समस्या समाधान हुने
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले भूमिहीनका समस्या समाधान गर्ने दाबी गर्नुभएको छ ।
हेलिकोप्टरबाट गर्भवतीको उद्धार
जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१ की सबिना बुढामगरलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । गर्भावस्थामा अत्यधिक रक्तस्राव भएका कारण उहाँलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । सुत्केरी हुने धेरै समयअगाडि नै अत्यधिक रक्तस्राव भएपछि उहाँलाई जिल्ला अस्पताल कालीकोटमा भर्ना गरिएको थियो ।
किन बढ्दै छ, वायु प्रदूषण ?
वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो ।
ढोरपाटन सिकार आरक्षमा रेडपान्डा संरक्षणमा चुनौती
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपान्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपान्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो ।
डढेलो लाग्न नदिन उच्च सतर्कता
वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ । कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ ।
कामपाले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन
काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ ।
सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का
काठमाडौँ, चैत २२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको बताउनुभएको छ ।तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाटको जलविद्युत् केन्द्रमा प्रयोग गरिने टनेल बोरिङ मेसिनबारे चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीसँग गए राति आयोजित हस्ताक्षर समारोहमा मन्त्री खड्काले निजी क्षेत्रलाई अगाडि बढाएर सरकारले ऊर्जा क्षेत्रको विकास गर्न चाहेको बताउनुभएको हो ।“सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने र निजी क्षेत्रबाट धेरैभन्दा धेरै कर लिएर मुलुक समृद्ध बनाउन चाहन्छ, निजी क्षेत्रलाई साथमा लिएर मुलुक समृद्ध हुन्छ भनेर हामीले द्रुत गतिमा अध्यादेशमार्फत कानुन ल्याएका हौँ”, उहाँले भन्नुभयो ।मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उक्त लक्ष्यलाई पूरा गर्न टनेल बोरिङ मेसिनजस्ता प्रविधिबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्रोतको प्रयोग गरेर जलविद्युत् केन्द्र निर्माण गर्दैगर्दा स्थानीयस्तरमा रोजगारी समेत सिर्जना हुने बताउनुभयो ।“स्रोतमाथिको अधिकार सबै नागरिकको बराबर हुन्छ, विपन्न वर्गले पनि स्रोतको उपयोग गर्न पाउनुपर्छ भनेर सरकारले गरिब तथा विपन्न वर्गका लागि जलविद्युत् आयोजनालाई धरौटी राखेर रु दुई लाखदेखि रु पाँच लाखसम्मको शेयरको व्यवस्था गर्न लागेको छ, यसमा निजी क्षेत्र पनि आबद्ध हुनुपर्छ”, मन्त्री खड्काले भन्नुभयो । एउटा वर्ग र समुदाय धनी भएर मुलुक समृद्ध बन्न नसक्ने उहाँको भनाइ थियो ।भारत र चीनको बीचमा रहेको नेपालले दुवै देशका लगानीकर्तालाई भित्र्याएर फाइदा लिनुपर्ने मन्त्री खड्काले उल्लेख गर्नुभयो । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले २०४६ सालको परिवर्तनपछि सरकारले लिएको नीतिका कारण ऊर्र्जा क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताउनुभयो । नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उहाँले उल्लेख गर्नुभयो ।सचिव भट्टराईले तमोर आयोजनाको निर्माणसँगै ताप्लेजुङ जिल्ला, सिङ्गो कोशी प्रदेश र मुलुकलाई नै फाइदा हुने बताउनुभयो ।तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले नेपालमा वर्तमान समयमा भइरहेको लोडसेडिङ अन्त्यका लागि यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।आगामी चार वर्षभित्र सक्ने लक्ष्यका साथ उक्त आयोजना रु ५१ अर्ब लगानीमा निर्माण हुन लागेको हो । जसमा रु १२ अर्ब लगानीकर्ता, रु आठ अर्ब पब्लिक शेयर, रु २९ अर्ब बैंक तथा वित्तीय संस्थाबाट र बाँकी रु दुई अर्ब बत्ती बलेपछि भुक्तानी गर्ने गरी लगानी जुटाइएको छ ।चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीका प्रतिनिधि लु सियारुङले सबैको साथ र सहयोग लिएर उक्त आयोजनालाई समयमै सम्पन्न गरिने बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासमा आफ्नो कम्पनीले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो । उक्त कम्पनीले हालसम्म एक सयभन्दा बढी जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । रासस
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठपर्व सम्पन्न
जनकपुरधामलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठपर्व हर्सोल्लासका साथ सम्पन्न भएको छ ।
खाद्यवस्तुको जाँच अव घुम्ती खाद्य प्रयोगशालाबाट
काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, चैत २२ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८० रुपैयाँ २४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४ रुपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २१ पैसा र बिक्रीदर २० रुपैयाँ ३० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ३२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
मुस्ताङ पुगे तीन लाख ९७ हजार पर्यटक
मुस्ताङ, चैत २२ गते । चालु आर्थिक वर्षको नौ महिना नपुग्दै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ जना पर्यटक भित्रिएका छन् । यस वर्षको साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कानुसार मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक गरी उक्त सङ्ख्यामा पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ ।मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ नेपाली आन्तरिक पर्यटक र ६३ हजार ५६ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक अधिकारीका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला आन्तरिक नेपाली पर्यटक यहाँ भित्रिएका हुन् । यसैगरी ३५ हजार ६१८ पुरुष र २७ हजार ४३८ महिला विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन् ।यस आवको तीन महिना बाँकी नै रहँदा नेपाली आन्तरिकतर्फ साउनमा १० हजार ९८३, भदौमा १७ हजार ४९२, असोजमा ४७ हजार २९३, कात्तिकमा ९९ हजार १७६, मङ्सिरमा ५८ हजार ४४३, पुसमा २८ हजार ७२२, माघमा २४ हजार ८०२, फागुनमा ४६ हजार ९३४ र चैत १८ गतेसम्ममा ४४ हजार ८०६ जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।त्यसैगरी, विदेशीतर्फ साउनमा तीन हजार ५४, भदौमा छ हजार ३४७, असोजमा १२ हजार ५३८, कात्तिकमा १४ हजार १२४, मङ्सिरमा सात हजार ४६४, पुसमा छ हजार ८३५, माघमा तीन हजार ४५६, फागुनमा नौ हजार २३८ र चैत १८ गतेसम्ममा १३ हजार ४०५ जनाले जिल्लाको भ्रमण गरेका छन् ।जिल्लामा चालु वर्षको साउनदेखि हालसम्म नेपाली आन्तरिक पर्यटक ८१ प्रतिशत र विदेशी पर्यटक १९ प्रतिशतले भ्रमण गरेका प्रहरी निरीक्षक विशाल अधिकारीको भनाइ छ । उहाँका अनुसार मुुस्ताङ भित्रिने पर्यटक सङ्ख्यामध्ये ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका पर्यटक छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०८०÷८१ मा नेपाली आन्तरिक तथा बाह्य पर्यटक गरी चार लाख ५४ हजार ३२६ जनाले मुस्ताङ भ्रमण गरेका थिए । जसमध्ये आन्तरिक तीन लाख ५४ हजार ९२७ र ९९ हजार ३९९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी तथ्याङ्क छ ।पछिल्लो समय सडक सञ्जाल क्रमिक रूपमा सुधार हुँदै जान थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ । जिल्लाको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथधाम र कागबेनी श्राद्धस्थलमा तीर्थ गर्न नेपाली आन्तरिक पर्यटकको लर्को नै लाग्ने गरेको छ । मुस्ताङ भित्रिएका नेपाली पर्यटक मुक्तिनाथ दर्शन गरी उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँगै सिमाना जोडिएको कोरलानाकासम्म पुग्ने गरेका छन् ।मुस्ताङ धार्मिक तथा सांस्कृतिक विविधतापूर्ण जिल्ला भएको र यहाँको पृथक प्रकारको भूगालको आकर्षणले यहाँ पर्यटक सङ्ख्या बर्सेनि वृद्धि हुँदै जान थालेको हो । राष्ट्रिय गौरवको कोरला सडक सहज हुँदै गएपछि कोरलानाकासम्म आन्तरिक पर्यटक पुग्ने गरेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरूङले बताउनुभयो ।मुस्ताङमा अवस्थित सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, मठमन्दिर र यहाँका ऐतिहासिक तथा पुरातात्विक सम्पदा र गुफाका कारण जिल्ला पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण गन्तव्य बन्दै गइरहेको छ । उपल्लो मुस्ताङमा सात सय वर्ष पुरानो मुस्ताङी सांस्कृतिक राजाको दरबारका साथै गुरु पद्यसम्भवसँग जोडिएका दर्जनौँ धार्मिक गुम्बा पर्यटकका लागि विभिन्न खोजअनुसन्धानको केन्द्र बनेको छ । मुस्ताङको धार्मिक तथा सांस्कृतिक सम्पदा, यहाँको रहनसहन जीवनशैली र स्थानीय चाडपर्वको मौलिकता अवलोकन गर्न बर्सेनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताउनुभयो ।
फिदिम र यासोकमा आगलागी, सात घर जले
पाँचथरको फिदिम नगरपालिका र कुम्मायक गाउ‘पालिकाका दुईवटा जंगलमा जथाभावी लगाइएको डढेलोमा परेर पाँच जना घाइते भएका छन् ।
अब प्रतिगमनलाई जनताले स्वीकार गर्दैनन् : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनलाई कुनै पनि हालतमा नेपाली जनताले स्वीकार नगर्ने बताउनु भएको छ।
सिकाइमैत्री वातावरण बनाउन शिक्षकलाई तालिम दिन सुरु
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सिकाइमैत्री विद्यालय वातावरण निर्माण गर्न शिक्षकलाई तालिम दिन सुरु गरिएको छ। गुणस्तरीय शिक्षाका लागि सिकाइमैत्री वातावरण निर्माण गर्न आधारभूत तहका शिक्षकलाई बिहीबारदेखि पाँच दिने तालिम दिन सुरु गरिएको हो।
जुम्ला कालढुङ्गीको एक घरमा आगलागी
चन्दननाथ नगरपालिका –४ कालढुङ्गीनजिक एक घरमा भिषण आगलागी भएको छ । शिवलक्ष्मी न्यौपानेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । तीन तल्लाको घरको दोस्रो तल्लाबाट आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।