हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान
आजदेखि आगामी १० दिनसम्म डुडुवा गाउँपालिकामा अभियान सञ्चालन भएको हो । अभियानलाई प्रभावकारी बनाउन दिनभर, साँझ र राति पनि स्वास्थ्यकर्मी बिरामीका घरदैलोमा पुगेर औषधि खुवाउने डुडुवाका स्वास्थ शाखा प्रमुख सीताराम चौधरीले बताउनुभयो ।
माघ दोस्रो साता लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी हुने
दशौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी यही माघको १४ देखि नेपालगन्जमा हुने भएको छ । महिला उद्यमी सङ्घ नेपाल बाँकेको आयोजनामा हुने प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।
बर्सेनि सार्वजनिक विकासका लागि स्थानीयद्वारा जनश्रमदान
जिल्लाकै घना बस्तीका रूपमा परिचित सिमकोट गाउँपालिका–८ स्थित स्याँडा गाउँका स्थानीयवासीले बर्सेनि जनश्रमदानमार्फत विकास निर्माणका काम गर्दै आएका छन् ।
अनुदानले गर्दा व्यावसायिक बाख्रापालनमा किसानआकर्षित
आर्थिक वर्ष २०७६/०७७ देखि सल्यानको त्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रमले किसानहरु बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका छन् ।
वसन्त पञ्चमीले प्रकृतिमा नयाँ ऊर्जा ल्याउछः प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले वसन्त पञ्चमीले प्रकृतिमा नयाँ ऊर्जा, आशा र उल्लास ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
इजाजत प्राप्त हातहतियार बुझाउन बागलुङ प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय, बागलुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी इजाजतपत्र हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ ।
प्रतिनिधिसभा निर्वाचनः काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’
जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा २३ वटा ‘अति संवेदनशील’ रहेका बताएको छ ।
नेकपा एस तेह्रथुम जिल्ला कमिटी नेकपा एमालेमा समाहित
नेकपा एकीकृत समाजवादी तेह्रथुम जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ । एकीकृत समाजवादी जिल्ला कमिटीद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेमा समाहित भएको घोषणा गरेको हो ।
नेकपाका केन्द्रीय सल्लाकार परिषद् सदस्यद्वारा राजीनामा
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सल्लाहकार परिषद् सदस्य अनिपाल शाहीले राजीनामा दिनुभएको छ ।
आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । वसन्तपञ्चमी(श्रीपञ्चमी)को अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको हो ।
सरस्वती पूजाको अवसरमा पुस्तक प्रदर्शनी
पुस्तक पढ्ने बानी बसाल्नका लागि राजविराज नगरपालिकाले सरस्वती पूजाको अवसरमा राजविराजस्थित रहेको साझा प्रकाशनमा विद्यार्थीहरूका लागि एक दिने पुस्तक प्रदर्शनी गरेको छ ।
एमाले स्याङ्जाले बनायो निर्वाचन परिचालन कमिटी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा क्रियाशिल दलहरुले आन्तरिक तयारी सुरु गरेका छन् । उमेदवारको मनोनयन दर्ता गरेसँगै दलहरुले मतदाता केन्द्रित अभियान चलाउन सुरु गरेका हुन् ।
पात्लेखेतको एउटै बगानबाट ६ लाखको सुन्तला बिक्री
जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ४ तंग्राम पात्लेखेत गाउँका कृष्णबहादुर र खिमबहादुर पुन दाजुभाईले सुन्तला बिक्री गरेर यसवर्ष ६ लाख रुपियाँभन्दा बढी रकम गाउँ भित्र्याउन सफल हुनुभएको छ ।
श्रीपञ्चमीः मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा
मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी छ । चन्द्रमास गणनाको माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी मिथिलामा कृषि नववर्ष उत्सवका रूपमा मनाइने परम्परा छ । वसन्तपञ्चमी पनि भनिने यो पर्व यसपालि आज मनाउँदैछन् ।
बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो
कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ ।
तेस्रो म्याग्दी कप भलिबल प्रतियोगिता सुरु
म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा तेस्रो म्याग्दी कप महिला/पुरुष तथा शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ ।
कैफियत देखिएपछि विभागको दुई लाख एक हजार जरिवाना
नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिनमा काठमाडौँ, भक्तपुर र ललितपुरका १८ वटा फर्ममा निरीक्षण गरेको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा आज दुई खेल हुँदै
प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा शुक्रबार दुई खेल हुँदै छन् । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा शुक्रबार पहिलो खेल समूह सीको आँधीखोला गाँपालिका र गल्याङ नगरपालिकाबिच हुनेछ ।
१०औँ थारु साहित्य राष्ट्रिय सम्मेलन हुँदै
माघको दोस्रो सातादेखि १०औँ थारु साहित्य राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । थारु लेखक संघ नेपालको आयोजनामा तथा थारु अतिथि सेवा सदन समितिको व्यवस्थापनमा पटेर्वा सुगौली गाउँपालिका २, बेलवा, पर्सामा माघ १५ देखि १७ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको संघका केन्द्रीय अध्यक्ष डा. कृष्णराज सर्वहारीले जानकारी दिनुभयो ।
सरकार प्रमुख जनताबाट सोझै निर्वाचित हुनुपर्दछ : उपाध्यक्ष चौधरी
सरकार प्रमुख जनताबाट सोझै निर्वाचित हुनुपर्ने जनता समाजवादी पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् पूर्व सांसद गोविन्द चौधरीले बताउनुभएको छ ।
तनहुँका आठ अतिसंवेदनशील केन्द्रमा विशेष निगरानी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा अतिसंवेदनशील मतदान केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था अपनाइने भएको छ ।
शिक्षालाई व्यवहार र मूल्यसँग जोड्न जरुरीः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षालाई पाठ्यपुस्तकमा सीमित नराखी जीवन, व्यवहार र मूल्यसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ ।
एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो
जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाइ गरेको छ ।