प्रेमराज सिम्खडा
कालीकोट माघ ९ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सल्लाहकार परिषद् सदस्य अनिपाल शाहीले राजीनामा दिनुभएको छ । तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य शाहीले पार्टीमा एकात्मकवाद हाबि भएको भन्दै आफुले पदबाट राजीनाम दिएर स्वतन्त्र उम्मेदवार जिवन बुढालाई सघाउने बताउनुभयो ।
कालीकोट नेकपामा विवाद हुँदा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उहाँकै सहकमाण्डर जिवन बुढाले बागी उम्मेदवारी दर्ता गराएपछि विवाद उत्कर्षमा पुगेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपाले शाहीलाई टिकेट दिएपछि विवाद बढेको हो । बहुमत नेता कार्यकर्ताले जिवन बुढालाई टिकेट दिनुपर्ने भने पनि नेता शाही पक्षले नमानेपछि बुढाले बागी उम्मेदवारी दर्ता गराउनुभएको हो ।
नेकपा संयोजक प्रचण्डले नाम नलेखेर दिएको टिकेटमा शाहीले आफ्नो नाम बाटोमा थपेर आफै सधै पदमा जान चाहेको बुढा पक्षको आरोप छ । राजीनाम दिएर बुढालाई सहयोग गर्न अपिल गर्नुभएका नेता शाही पराक्रर्मी २०४८ सालदेखि मसाल हुँदै नेकपा माओवादीमा सहभागी भएर भूमिगत जिवन बिताउनुभएको नेता हुनुहुन्छ ।