पाठेघर खसेका महिला उपचारमा खुल्न थाले
महिलाहरुले पाठेघरमा भएको समस्याको खुलेर उपचार गराउन थालेका छन् । लाज, डर र अज्ञानताका कारण पाठेघरमा भएको समस्या बाहिर ल्याउन नरुचाउने महिलाहरु अहिले खुलेर उपचार गराउन थालेका हुन् ।
मतदातालाई विकासबारे स्मरण गराउनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिनुभएको छ। झापाको क्षेत्र नं ५ को क्षेत्रीय समन्वय कमिटीको आजको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो निर्देशन दिनुभएको हो ।
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरानभर जारी विरोध प्रदर्शनमाथि भएको कडा दमनका क्रममा मृत्यु हुनेको सङ्ख्या कम्तीमा पाँच हजार दुई पुगेको छ ।
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतारचढाव
जापानको उपभोक्ता मूल्य सूचकाङ्क सन् २०२५ मा औसत ३.१ प्रतिशतले वृद्धि भएको छ । यो लगातार चौथो वर्ष हो जब जापानमा उपभोक्ता मूल्य बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।
कैलालीमा दुई उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
कैलालीमा दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका मोहनसिंह राठौर र क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका जनकराज पाठकले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
अमेरिका डब्लुएचओबाट फिर्ता, विश्व स्वास्थ्यमा अनिश्चितता
संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
म्याग्दीमा एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका स्वतन्त्र उम्मेदवार नविन जिसीले शुक्रबार मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हो ।
ताकाइचीद्वारा संसद् विघटन, जापानमा मध्यावधि चुनाव
जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप) चुनाव गराउने मार्ग प्रशस्त गर्नु भएको छ ।
कांग्रेसका नवनिर्वाचित सभापति थापाको पदवहाली
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्दै हुनुहुन्छ । काठमाडौँमा यही माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन हुनुभएको थियो ।
पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा भएको प्रहरी मुठभेडमा सशस्त्र डकैती गिरोहका ६ सदस्यको मृत्यु भएको छ। उक्त घटना बिहीबार प्रान्तीय राजधानी कराँचीको पाक कोलोनी क्षेत्रमा भएको हो।
मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’
नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रमा आज हलो गोरु पूजा गरिएको छ । प्रत्येकवर्ष झै श्रीपञ्चमीको अवसर पारेर महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले आजका दिन आ–आफ्ना हलो र गोरुको पूजा गर्दै हलो गोरु पूजा मनाइरहेका छन् ।
सरस्वती मन्दिरमा भक्तजनको भिड
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी मनाइएको छ । यस्तै धनकुटाको सल्लेरी वनमा रहेको सरस्वतीको मन्दिरमा विहानैदेखी श्रद्धालु भक्तजनको पुजाका लागि भिड लागेको छ ।
नसर्ने रोगको पहिचानको लागि एक महिने अभियान सञ्चालन
सरकारले यस वर्षको नसर्ने रोगको स्क्रिनिङ तथा व्यवस्थापन अभियान तय गरिएको समयभन्दा एक महिना अगावै सञ्चालन गर्ने भएको छ।
कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत
कुनै समय बाँके र बर्दियाका खेतका फाँटहरूमा मगमग बास्ना चल्थ्यो । जब कालानमक धान पाक्ने बेला हुन्थ्यो, बाटो हिँड्ने बटुवा पनि त्यसको सुगन्धले लोभिन्थे ।
म्याग्दीका ६० मतदानस्थलको अनुगमन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारण गरिएका जिल्लाका मतदानस्थलको सुरक्षा निकायद्वारा अनुगमनलाई तिव्र पारिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ सङ्कलन खुला
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खरखडाइ सङ्कलन गरिने भएको छ ।
उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
बागलुङका ५५ मतदानस्थल अति संवेदनशील
बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मतदानस्थल अति संवेदनशिल रहेको पाइएको छ ।
इजाजतप्राप्त हतियार बुझाउन मुस्ताङ प्रशासनको निर्देशन
जिल्ला प्रशासन कार्यालय मुस्ताङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ ।
धार्मिक र सामाजिक सद्भावको मेला सुरु
हिन्दु र मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार मेला शुक्रबारदेखि सुरु भएको छ ।
अन्नपूर्ण आधार शिविरमा टेलिकम र विद्युत् लाइन विस्तार गर्न सर्वे
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ ,नारच्याङस्थित पर्यटकीय स्थल अन्नपूर्ण आधार शिविरमा नेपाल टेलिकमको टावर र विद्युत लाइन विस्तारका लागि सर्वे गरिएको छ ।
मकवानपुरका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरिएको छ । निर्वाचन आयोग नेपालले दिएको जानकारी अनुसार मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ र निर्वाचन क्षेत्र नं. २ का लागि अधिकतम ३३ लाख रुपियाँ खर्च गर्न सक्ने उल्लेख छ ।
हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान
आजदेखि आगामी १० दिनसम्म डुडुवा गाउँपालिकामा अभियान सञ्चालन भएको हो । अभियानलाई प्रभावकारी बनाउन दिनभर, साँझ र राति पनि स्वास्थ्यकर्मी बिरामीका घरदैलोमा पुगेर औषधि खुवाउने डुडुवाका स्वास्थ शाखा प्रमुख सीताराम चौधरीले बताउनुभयो ।
माघ दोस्रो साता लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी हुने
दशौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी यही माघको १४ देखि नेपालगन्जमा हुने भएको छ । महिला उद्यमी सङ्घ नेपाल बाँकेको आयोजनामा हुने प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।