• ९ माघ २०८२, शुक्रबार

धार्मिक र सामाजिक सद्भावको मेला सुरु

blog

बाँकेको खजुरा गाउँपालिका–४ स्थित मुसबेटवा बाबा मजार मेलामा सहभागीहरु । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 
बाँके, माघ ९ गते । हिन्दु र मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार मेला शुक्रबारदेखि सुरु भएको छ ।

शुक्रबार बिहान इस्लाम धर्मगुरुसहित खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले स्थानीय अगुवासहित संयुक्त रुपमा च्यादर ओडाएर मेलाको शुभारम्भ गर्नुभयो  ।

हरेक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म लाग्ने मेलामा धार्मिक सद्भावको नमुना अन्यत्र विरलै देख्न पाइने पाइने स्थानीय झकबहादुर पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो मजारमा मुस्लिम धर्मगुरु रहने भए पनि हिन्दु समुदायको समेत उत्तिकै आस्था र विश्वास छ, आजको दिन भारतबाट समेत आस्थावानहरु आउने गरेका छन् ।’’  

मजारमा हिन्दु र मुस्लिम समुदाय अन्य दिनमा भन्दा मेलाको समयमा अधिक आउने गर्दछन् । यहाँका भारतका विभिन्न स्थानमा मनोकामना पूरा हुने भन्दै भक्तजनहरु आउने गरेका छन् । हिन्दु र मुस्लिम समुदायले एकसाथ विश्वास गर्ने भएकाले सद्भावको केन्द्र मुसबेटवा बाबाको मजार बनेको छ । यहाँ एक सय सय वर्षभन्दा पहिलेदेखि श्रीपञ्चमीको दिनमा मेला लाग्दै आएको ज्येष्ठ नागरिकहरुको भनाइ छ ।