शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अविनाश चौधरी
धनगढी, माघ ९ गते । कैलालीमा दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका मोहनसिंह राठौर र क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका जनकराज पाठकले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
नेपाली कांग्रेसका राठौरले पार्टीले टिकट नदिएपछि आफ्नै पार्टीका उम्मेवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउनुभएको थियो । क्षेत्र नम्बर २ मा कांग्रेसले विजयबहादुर स्वाँरलाई उम्मेदवार बनाएको छ ।