सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) माघ ९ गते । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी मनाइएको छ । यस्तै धनकुटाको सल्लेरी वनमा रहेको सरस्वतीको मन्दिरमा विहानैदेखी श्रद्धालु भक्तजनको पूजाका लागि भिड लागेको छ ।
विहानैैदेखी मन्दिरमा स्थानिय तथा विद्यार्थीहरुको भिड लागेको थियो । त्यसो त विद्यालय तथा क्याम्पसमा पनि विद्याकी देवी सरस्वतीको पूजाका लागि विहानै विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो । विषेशगरि विद्यार्थीहरु विद्याकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकारेका थिए। यस्तै धनकुटा बहुमखी क्याम्पस लगायतका विद्यागलयमा सरस्वतीको पुजाका लागि शिक्षक, विद्यार्थी, कर्मचारी साथै स्थानियहरुको समेत उपस्थिती रहेको थियो ।
त्यस्तै धनकुटामा रहका कतिपय विद्यायलहरुले सहयोग रकम संकलन गरी सरस्वतीको मन्दिर निर्माण समेत गरेका छन् । उक्त मन्दिर आज विषेश पुजा आरधना गरी उद्धघाटन गरेको भाषा मावीका प्रधानाध्यापन गोविन्द राईले बताउनु भयो । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहि आएको छ । त्यसैले पनि सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ ।
जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी विद्यार्थीहरुको घुइँचो लागेको छ ।