अर्जुन काफ्ले
स्याङ्जा, माघ ९ गते । प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा शुक्रबार दुई खेल हुँदै छन् । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा शुक्रबार पहिलो खेल समूह सीको आँधीखोला गाँपालिका र गल्याङ नगरपालिकाबिच हुनेछ । दुबै पालिकाले एक एक खेल जितेका छन् भने आजको खेल जित्ने पालिका सेमिफाइनमा पुग्ने छ ।
यस्तै दोस्रो खेल समूह एको बिरुवाविरुद्ध पुतलीबजार नगरपालिका भिड्ने छ । दुई खेलाडी बाहिरबाट खेलाउन मिल्ने यो प्रतियोगितामा पुतलीबजारले आदिल आलमलाई आज खेलाउदै छ । यो समूहका पालिका बिचको पहिलो खेल हो । यस अघिको खेलमा समूह बीबाट वालिङ नगरपालिका समेफाइनमा प्रवेश गरी सकेको छ ।
यहाँ आयोजित प्रतियोगितामा जिल्लाकै ११ पालिकाको सहभागिता रहेको छ भने चार समूहमा विभाजन गरेर खलाइएको फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताउनुभयो । समूह ए, बी, सीमा तीन तीन पालिका रहेका छन् भने समूह डीमा दुई पालिका रहेका छन् ।
स्यास्थ्य, शिक्षा, खेलकुद र रोजगारीमा सहयोग गर्ने लक्ष्य लिएर स्थापना भएको फाउण्डेसलने स्याङ्जालाई क्रिकेट लगायतका खेलको हबका रुपमा विकसित गराउने र जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाउण्डेनसका सचिव धु्रब शर्माले बताउनुभयो ।
प्रतियोगितामा विजेताले दुई लाखसहित कप मेडल र प्रमाणपत्र हात पार्ने छ भने उपविजेताले एक लाख ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यस्तै, तृतीयले एक लाख र सान्त्वनाले ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा प्लेयर अफ दि म्याचले पाँच हजार र प्रतियोगिताका विधागत बेष्ट प्लेयरले १०/१० हजार पुरस्कार पाउने फाउन्डेसनले जनाएको छ ।