दुई अस्थायी मतदान केन्द्र, २३ सय अस्थायी मतदाता कायम
प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको हो ।
जेनजी आन्दोलनको चाहना पूरा गर्न निर्वाचन
प्रजातन्त्र अथवा लोकतन्त्रको आधारस्तम्भ निर्वाचन हो । फागुन २१ गते देशमा प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । यो निर्वाचन अरू बेला हुने निर्वाचन जस्तो नभएर विशेष परिस्थितिमा हुन लागेको निर्वाचन हो । गत भदौ २३ र २४ गते भएको जेनजी
घरदैलोमै केन्द्रित बैतडीका उम्मेदवार
प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा बैतडीमा चुनावी गतिविधि तीव्र बनेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू आमसभा र ठुलो जमघटभन्दा घरदैलो अभियानमै बढी केन्द्रित भएका छन् ।
निर्वाचनकेन्द्रित आमसभा गर्दै दल
सबै राजनीतिक दलका उम्मेदवार फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा जनताको मत आफ्नो पक्षमा पार्न सघन रूपमा जुटेका छन् । निर्वाचन आयोगले गत सोमबारदेखि फागुन १८ गते मध्यराति १२ बजेसम्म दलका उम्मेदवारले प्रचारप्रसार गर्न पाउने समयसीमा निर्धारण गरेको छ । मतदान हुन जम्मा १४ दिन मात्रै भएपछि दलहरू निर्वाचनकेन्द्रित आमसभा गर्ने तयारीमा जुटेका हुन् ।
‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी
निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ ।
म मधेसको नेता होइन, बेटा हुन आएको हुँ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेसको नेता नभइ मधेसको बेटा हुन सर्लाहीबाट चुनावी मैदानमा आएको बताउनुभएको छ ।
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ ।
बदर मतको संख्या घटाउन मतदाता शिक्षा
सल्यानमा गत प्रतिनिधिसभा निर्वाचनमा बदर मत घटाउन जिल्ला निर्वाचन कार्यालय सल्यानले कार्यक्रम अघि बढाएको छ । प्रतिनिधि सभा निर्वाचन २०७९ मा सल्यानमा एक लाख ५७ हजार ७०१ मतदाता रहेका थिए ।
‘मुलुकलाई संकटमुक्त गराउने शक्ति एमाले हो’
नेकपा (एमाले) का नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एमालेले मात्र मुलुकलाई संकटमुक्त गराउन सक्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा दोलखाका युवाहरुको भेलामा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रतिनिधिसभा निर्वाचनः घरदैलो कार्यक्रममा व्यस्त काठमाडौँ–३ का उम्मेदवार
आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौँको निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार दलका घोषणापत्रसहित घरदैलोमा कार्यक्रममा व्यस्त छन् ।
मधेशको राजधानीबाट कांग्रेसले ल्यायो चुनावी प्रतिज्ञापत्र
नेपाली कांग्रेसको चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक भएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बुधबार जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।
सुदूरपश्चिमका जनतालाई बालेनको आग्रह- कामको सूची दिनुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले कामको सूची दिन सुदूरपश्चिम प्रदेशका जनतालाई आग्रह गर्नुभएको छ ।
ओखलढुङ्गाका १२ मतदान स्थल अति संवेदनशील
ओखलढुङ्गाका १२ मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका छन् ।
जनकपुरमा नेपाली कांग्रेसको सभा
नेपाली कांग्रेसको चुनावी 'प्रतिज्ञापत्र' सार्वजनिकीकरण कार्यक्रम जनकपुरधाममा सुरु भएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यमा मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पहिलो पटक चुनावी सभा भएको हो ।
देश बनाउने शक्ति एमाले हो : नेता पोखरेल
काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) बाट उम्मेदवार रहनुभएका नेता ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदातासँग भेटघाट तीव्र पार्नुभएको छ । नेता पोखरेलले घरदैलोको क्रममा टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुहुँदै आफ्ना योजना सुनाइरहनुभएको छ।
काठमाडौँ–१० : चुनावी मैदानमा १५ दलका २५ उम्मेदवार, कसका एजेन्डा के छन् ?
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. १० मा प्रत्यक्षतर्फ जम्मा २५ जना उम्मेदवार छन् । जसमध्ये पुरुष उम्मेदवार २० र महिला उम्मेदवार पाँच जना रहेका छन् ।
गोरखा–२ मा लेखनाथ न्यौपानेको पहिलो चुनावी परीक्षा
गोरखाको राजनीतिक भूमिमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आउनुभएका लेखनाथ न्यौपाने अन्ततः पहिलो पटक जनमतको औपचारिक परीक्षामा उत्रिनुभएको छ ।
मतदाता फकाउन उम्मेदवारहरु व्यस्त
लमजुङमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा उम्मेद्वारहरू घरदैलोमार्फत मतदाता फकाउन व्यस्त रहनुभएको छ । उम्मेदवारी दर्तापछि गाउँ पसेका उम्मेदवारहरु मतदाताको घरदैलोमा भेटघाट गरिरहेका छन् ।
उन्नाइस जना उम्मेदवारले लिए बैंकको खाता खोल्ने सिफारिस
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति लिएका छन् ।
झापामा ६२ उम्मेदवारले खोले निर्वाचन खाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई जानकारी गराउन थालेका छन् ।
सल्यानमा मतदान केन्द्र अनुगमन, ४३ स्थल अति संवेदनशील
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सल्यानमा मतदान केन्द्रहरूको अनुगमनलाई तीव्र बनाइएको छ।
मोरङ–२ मा चार पक्षबिच प्रतिस्पर्धा
आगामी २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच प्रतिस्पर्धा हुने भएको छ ।
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।
लामिछाने र बालेन्द्र शाहले आज धनगढीमा सम्बोधन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज (बुधबार) धनगढीमा सम्बोधन गर्नुहुने भएको छ ।