छिटपुट घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण र उत्साहजनक
शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म एकै चरणमा भएको स्थानीय तह निर्वाचन छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ।
इलाममा १११ वर्षीय वृद्धाद्वारा मतदान
इलामको सूर्योदय नगरपालिका १४ लक्ष्मीपुमा १११ वर्षीय ज्येष्ठ विष्णुमाया अधिकारीले मतदान गर्नुभएको छ । सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा अधिकारीले मतदान गर्नुभएको हो ।
शुक्रबार अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान
निर्वाचन आयोगले शुक्रबार अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको जनाएको छ।
दाङमा ५६ प्रतिशत मत खस्यो
दाङमा ५६ प्रशितश मत खसेको छ । शुक्रबार दिउँसोसम्म जिल्लाका १० पालिकाका, ९९ वडामा ५६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
ओखलढुङ्गामा १२१ वर्षीय वृद्धद्वारा मतदान
ओखलढुङ्गामा १२१ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौर निवासी १२१ वर्षीय वृद्ध जीतबहादुर तामाङले मतदान गर्नुभएको हो ।
स्थगितमध्ये तीन मतदान केन्द्रमा पुनः मतदान सुरु
राजनीतिक दलहरुबीच भएको विवादका कारण मतदान स्थगित भएका काभ्रेका चार मतदान केन्द्रमध्ये तीन मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ ।
सुर्खेतमा भीषण हावाहुरी र वर्षाका कारण मतदान प्रभावित
सुर्खेमा एक्कासीिआएको भिषण हावाहुरीसहितको वर्षाका कारण मतदान प्रभावित भएको छ । सुर्खेतको पश्चिम क्षेत्रबाट प्रवेश गरेको हावाहुरीसहितको मौसमका कारण मतदान प्रभावित भएको हो ।
तिङ्करमा मतदान सकियो
व्याँस गाउँपालिका–१ को तिङ्करमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् ।
रसुवामा ६० प्रतिशत मतदान
वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ । उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो ।