कोरोनाले रोकिएका विद्यार्थी चीन पठाइने
सरकारले कोरोनाका कारण चीन जान नपाएका विद्यार्थीलाई चीन पठाउने प्रक्रिया अगाडि बढाएको छ । यसअघि कोभिड–१९ का कारण स्वदेश फर्किएका विद्यार्थी लकडाउनले गर्दा चीन जान पाएका थिएनन् ।
कोरियन भाषा परीक्षा सुरु
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरिया जान लिइने कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा बिहीबारदेखि सुुरु भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले पहिलो चरणमा कृषितर्फ १० हजार ८५८ आवेदकको परीक्षा सुुरु गरेको हो ।
त्रिविमा आंशिक प्राध्यापकलाई दस महिनापछि तलब !
त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकलाई १० महिनापछि मात्रै तलब दिने नीतिगत व्यवस्था गरेको छ तर उक्त व्यवस्था अव्यावहारिक भएको भन्दै आंशिक प्राध्यापकले विरोध जनाएका छन् । त्रिविले हालै सम्बन्धित क्याम्पसलाई पठाएको कोर्स सम्झौतासम्बन्धी विवरणमा स्नातक तथा स्नातकोत्तर तहमा सेमेस्टर प्रतिपिरियड पाँच सय रुपियाँ र सेमेस्टर प्रणालीमा प्रतिपिरियड एक हजार पाँच सय रुपियाँ दिने उल्लेख छ तर उक्त रकम सेमेस्टर प्रणालीमा भएमा पाँच महिनाभित्र र वार्षिक प्रणाली
त्रिविमा ताला लगाउने र फोड्नेबीच होडबाजी
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन् । विश्वविद्यालयका उपकु
अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा
काठमाडौँको टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । टोखाको मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै अब अभिभावकविहीन विद्यार्थीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पढ्न पाउने भएका हुन् ।
दृष्टिविहीनलाई पाठ्यपुस्तक अन्यलाई अनिश्चित
मुलुकभर सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव भइरहेका बेला दृष्टिविहीन विद्यार्थीका हातमा भने पाठ्यपुस्तक पुगिसकेको छ । विगतमा भने ब्रेल पाठ्यपुस्तकको अभावमा दृष्टिविहीनको पढाइ अवरुद्ध हुने गरेको थियो । शैक्षिक सत्र सु
जनक शिक्षामा अझै ३३ लाख थान पाठ्यपुस्तक छपाई बाँकी
यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।
सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव
पूर्वी नवलपरासीका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिकसत्र सुरु भएकोे तीन साता बितिसक्दा पनि हालसम्म विद्यार्थीहरुले पर्याप्त पाठ्यपुस्तक पाएका छैनन् ।
सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने अभियान
स्थानीय चुनावको कारण पछिपरेको विद्यालय भर्ना अभियानलाई सामुदायिक विद्यालयहरुले प्राथकितामा राखेर ‘सबै बालबालिकालाई विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरौं’ मूल नाराकासाथ विधार्थीलाई भर्ना गराउने अभियानलाई तीब्रता दिएका छन् ।