• ५ जेठ २०८१, शनिबार

त्रिविमा आंशिक प्राध्यापकलाई दस महिनापछि तलब !

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २० गते । त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकलाई १० महिनापछि मात्रै तलब दिने नीतिगत व्यवस्था गरेको  छ तर उक्त व्यवस्था अव्यावहारिक भएको भन्दै आंशिक प्राध्यापकले विरोध जनाएका छन् ।  त्रिविले हालै सम्बन्धित क्याम्पसलाई पठाएको कोर्स सम्झौतासम्बन्धी विवरणमा स्नातक तथा स्नातकोत्तर तहमा सेमेस्टर प्रतिपिरियड पाँच सय रुपियाँ र सेमेस्टर प्रणालीमा प्रतिपिरियड एक हजार पाँच सय रुपियाँ दिने उल्लेख छ तर उक्त रकम सेमेस्टर प्रणालीमा भएमा पाँच महिनाभित्र र वार्षिक प्रणाली भएमा १० महिनाभित्र भुक्तानी गर्ने विवरणमा उल्लेख छ । महेन्द्ररत्न क्याम्पसका आंशिक प्राध्यापक शेरबहादुर खत्रीले मासिक रूपमा रकम वितरण गर्ने व्यवस्था गर्न अनुरोध गर्नुभयो ।