• ६ जेठ २०८१, आइतबार

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने अभियान

blog

जीबछ यादव

लहान, जेठ १६ गते । स्थानीय चुनावका कारण पछि परेको विद्यालय भर्ना अभियानलाई सामुदायिक विद्यालयहरुले प्राथकितामा राखेर ‘सबै बालबालिकालाई विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरौं’ मूल नाराका साथ विद्यार्थीलाई भर्ना गराउने अभियानलाई तीव्रता दिएका छन् । 

विगतको तुलनामा सामुदायिक विद्यालयतर्फ आकर्षण बढिरहेकाले भर्ना अभियानलाई सरोकारवालाको अगुवाइमा तीव्रता दिएको लाहान नगरपालिका शिक्षा शाखाका प्रमुख अमिरी यादवले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १७ वटै पालिकाले अभियानलाई अघि बढाइरहेका छन् । लाहान नगरपालिकाको ५९ वटै सामुदायिक विद्यालयमा सो अभियान सन्तोषजनक रहेको विद्यालयका प्रतिनिधिहरुको भनाइ छ । 

लहान–१० स्थित श्री जनता आधारभूत विद्यालय बैरिया गुँदीगाउँका प्रधानाध्यापक रङ्गलाल साहले भन्नुभयो, ‘सामुदायिक विद्यालयप्रति समुदायको ध्यान केन्द्रित भएको छ । विगत वर्षको तुलनामा विधार्थी भर्ना रफ्तारमा गति लिएको छ ।’

‘हामी निर्वाचित भएर आएका छौं । मतदातासँग सामुदायिक विद्यालयलाई संस्थागत विद्यालयजस्तै गुणस्तरीय पढाइ गराउने प्रतिबद्धता गरेका छौं’, भगवानपुर गाउँपालिकाको अध्यक्ष उग्रनारायण यादवले बताउनुभयो । 

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन समाजका अगुवाहरु, राजनीति दलका प्रमुखहरु र निर्वाचित जनप्रतिनिधिले समेत प्राथमिकतामा राखेर सकारात्मक सहयोग गर्न थालेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको चाप बढिरहेको लहान–१४ मा रहेको शैक्षिक इतिहास कायम गरेको श्री बस्तीपुर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम गिरीको भनाइ छ ।  

शिक्षा विकास समन्वय एकाइ सिरहाका प्रमुख महेन्द्र महतोका अनुसार सामुदायिक विद्यालय सुधारका लागि सबैको चासो बढ्न थालेपछि यसको सकारात्मक असर देखा पर्न थालेको बताइएको छ । अझै सरोकारवालाहरु सबैले साझा धारणा बनाएर अघि बढ्नुपर्ने र अनुगमन गर्ने निकायहरु सक्रिय हुनुपर्ने गिरीले तर्क गर्नुभयो ।