• ५ जेठ २०८१, शनिबार

कोरोनाले रोकिएका विद्यार्थी चीन पठाइने

blog

काठमाडौं, जेठ २० गते । सरकारले कोरोनाका कारण चीन जान नपाएका विद्यार्थीलाई चीन पठाउने प्रक्रिया अगाडि बढाएको छ । यसअघि कोभिड–१९ का कारण स्वदेश फर्किएका विद्यार्थी लकडाउनले गर्दा चीन जान पाएका थिएनन् । 

सरकारले सन् २०२० मै नेपाल आएका दुई सय ८१ विद्यार्थीलाई अध्ययनका लागि पुनः चीन पठाउने प्रक्रिया सुरु गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. कमल पोखरेलले बताउनुभयो । मन्त्रालयले यसअघिनै स्वदेश फर्किएका नेपाली विद्यार्थीलाई उनीहरुको अध्ययनमा निरन्तरता दिन भिसा प्रक्रियाका लागि समेत निवेदन दिन भनेको थियो । 

सरकारले निवेदनकै आधारमा स्वदेश फर्किएका नेपाली विद्यार्थीलाई चीन पठाउने छ । सरकारको निर्णयले दुई बर्षदेखि रोकिएका विद्यार्थीलाई राहत मिलेको छ । चीनको वुहानमा कोभिड–१९ सुरु भएपछि नेपाल सरकारले पहिलो चरणमा एक सय ७५ नेपाली विद्यार्थीलाई उद्दार गरी नेपाल आएको थियो । त्यतिवेला नेपाल ल्याईएका विद्यार्थीलाई भक्तपुरको खरीपार्टीस्थित क्वारेन्टाइनमा राखिएको थियो ।