शिक्षाक्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक: प्राडा. सुवेदी
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा. भीमप्रसाद सुवेदीले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ । विश्वविद्यालय अनुदान आयोग र मंगल बहुमुखी क्याम्पसद्वारा संयुक्त रुपमा आयोजित पाँच दिने कार्यशाला समापन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।
भोकभोकै विद्यालय जान्छन् आमाबाबुविहीन बालबालिका
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक–शिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको अवस्था देखेर चिन्तित हुनुहुन्छ । अरुले दिएमात्र खान पाउने, नभए विद्यालयले दिने दिवाखाजाका भरमा दिन बिताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमाविहीन ११ वर्षीया अञ्जु परियार, साथीहरूको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुवाआमा दुवैले अर्को विवाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्था अत्यन्त दयनीय रहेको विद्यालयले जनाएको छ ।
नुवाकोटमा पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या
नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् ।
त्रिविको ताल्चा खोलियो
त्रिभुवन विश्वविद्यालयमा १४० दिनदेखि लगाइएका दुईमध्ये एउटा ताला शुक्रबार खोलिएको छ । विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक छुट्टाछुट्टै ताला लगाएर आन्दोलनमा उत्रेका थिए ।
पाठ्यपुस्तक छपाइ : निजी मुद्रक संस्थालाई दिन माग
पढाइ सुरु भएको महिना दिन बित्न लाग्दा पनि सामुदायिक विद्यालयमा पुस्तक अभावको समस्या सल्टेको छैन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ८० प्रतिशत पुस्तक छपाइ सकिएको दाबी गरेको छ । तर राजधानीकै विद्यालयमा समेत पुस्तक अभाव छ ।
रङको तामझाम, मूल्यको भारी
निजी प्रकाशकहरूले बढी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्यपुस्तक भिडाउने गरेका छन् । प्रतिपृष्ठका आधारमा पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी प्रकाशकहरूलाई बढी मूल्य लिन सहयोग मिलेको छ ।
प्रश्नपत्र किन दाेहाेरिन्छन् ? दाेषीकाे पहिचान कहिले ?
त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकायको स्नातकोत्तर तहकाे परीक्षामा अघिल्लो सालको प्रश्नपत्रसँग हुबहु सोधिएको विषयमा छानविन गरिने भएको छ ।
कहाँ–कहाँ पुगेन पाठ्यपुस्तक ? विवरण माग्दै सरकार
नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्ययपुस्तक अभावका गुनासो अन्त्य भएको छैन । नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ ।
सुविधासम्पन्न भवन विद्यालयलाई हस्तान्तरण
झापाको शिवसताक्षी नगरपालिकामा जापान सरकार र नगरपालिकाको लगानीमा निर्माण भएको सुविधा सम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको वडा १ मा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालयको भवन जापान सरकारको सहयोगमा बनेको हो ।