कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएन
कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन ।
लैङ्गिक हिंसा रोक्न पाठ्यक्रम परिवर्तन
समाजमा बढ्दै गइरहेको लैङ्गिक हिंसा रोकथामका लागि सरकारले थुप्रै नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएपनि चित्तबुझ्दो नतिजा देखिएको छैन । मूलुकमा सरकारी, गैर सरकारी तथा नीजि क्षेत्रबाट समेत लैङ्गिक हिंसा उन्मुलनका लागि विविध कार्यक्रम सञ्चालन भइरहेका छन् । तर लैङ्गिक हिंसा न्युनीकरण तथा लैङ्गिक समानताको क्षेत्रको प्रगति भने निकै सुस्त छ । अझै पनि परिवार तथा महिला माथि हुने हिंसाको घटना बढिरहेको छ । महिला र पुरुषबीच परिवारबाटै हुने विभे्दमा न्युनीकरण गर्न सकिएको छैन ।
शिवराज नगरपालिकाले माध्यमिक तह निःशुल्क गर्ने
कपिलवस्तुको शिवराज नगरपालिकाले माध्यमिक तह पूर्णरुपले निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले नेपालको संविधानले सुनिश्चित गरेको निःशुल्क शिक्षा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
मनमोहन प्राविधिक विश्वविद्यालयलाई नेपाली सेनाले दियो हेलिकप्टर
नेपाली सेनाको स्वामित्वमा रहेको एनए-०३९ हेलिकप्टर प्रदेश १ को मनमोहन प्राविधिक विश्वविद्यालयलाई दिइएको छ।
कोरोनाले रोकिएका विद्यार्थी चीन पठाइने
सरकारले कोरोनाका कारण चीन जान नपाएका विद्यार्थीलाई चीन पठाउने प्रक्रिया अगाडि बढाएको छ । यसअघि कोभिड–१९ का कारण स्वदेश फर्किएका विद्यार्थी लकडाउनले गर्दा चीन जान पाएका थिएनन् ।
कोरियन भाषा परीक्षा सुरु
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरिया जान लिइने कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा बिहीबारदेखि सुुरु भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले पहिलो चरणमा कृषितर्फ १० हजार ८५८ आवेदकको परीक्षा सुुरु गरेको हो ।
त्रिविमा आंशिक प्राध्यापकलाई दस महिनापछि तलब !
त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकलाई १० महिनापछि मात्रै तलब दिने नीतिगत व्यवस्था गरेको छ तर उक्त व्यवस्था अव्यावहारिक भएको भन्दै आंशिक प्राध्यापकले विरोध जनाएका छन् । त्रिविले हालै सम्बन्धित क्याम्पसलाई पठाएको कोर्स सम्झौतासम्बन्धी विवरणमा स्नातक तथा स्नातकोत्तर तहमा सेमेस्टर प्रतिपिरियड पाँच सय रुपियाँ र सेमेस्टर प्रणालीमा प्रतिपिरियड एक हजार पाँच सय रुपियाँ दिने उल्लेख छ तर उक्त रकम सेमेस्टर प्रणालीमा भएमा पाँच महिनाभित्र र वार्षिक प्रणाली
त्रिविमा ताला लगाउने र फोड्नेबीच होडबाजी
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन् । विश्वविद्यालयका उपकु
अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा
काठमाडौँको टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । टोखाको मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै अब अभिभावकविहीन विद्यार्थीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पढ्न पाउने भएका हुन् ।