कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्ड बैठक सुरु
राष्ट्रिय परीक्षा बोर्ड बैठक शुक्रबार दिउँसोबाट सुरु भएको छ । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नतिजा प्रकाश गर्न बोर्डको बैठक भर्खर सुरु भएको जानकारी दिनुभयो ।
विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौं : शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ ।
पूर्वाग्रहभन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।
गुणस्तरीय शिक्षामा बेलायतको साथ
नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोल्लिटले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था आउन नहुने बताउनुभएको छ। नेपाली बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि बेलायत सरकार सधैँ साथमा रहेको जनाउँदै उहाँले यस्तो बताउनुभएको हो। झापाको मेचीनगर–१२ स्थित सहरेडागी सरस्वती बालकल्याण माध्यमिक विद्यालय परिसरमा गोर्खा वेलफेयर ट्रस्टद्वारा निर्मित भवनको उद्घाटनका लागि झापा आउनुभएकी राजदूत पोल्लिटले १२ वर्षभन्दा कम उमेर समूहका सबै बालबालिकाको पढाइको विषयमा सबै चिन्तित हुनुपर्नेमा जोड दिनुभयो।
एकैदिन ३ वटा विद्यालय भवनको उद्घाटन
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका रुपमा विकास गर्ने उद्घोष गर्नुभएको छ ।
छात्रछात्रालाई पोसाक र स्टेशनरी वितरण
पाँचथरको याङवरक गाउँपालिका –३ को बुद्ध आधारभूत विद्यालयमा अध्ययनरत १ सय ६ जना छात्रछात्रालाई पोशाक र स्टेशनरी वितरण गरिएको छ । कर्मचारी सञ्चयकोष प्रधान कार्यालय ललितपुरको सहयोगमा स्टेशनरी र फिदिमका युवा व्यवसायी रोमन न्यौपानेको सहयोगमा जुत्ता र मोजा वितरण गरिएको हो ।
सपना जस्तो लाग्ने फोनका कुरा जब विपनामा पूरा भए...
शुक्रबारको मध्यान्ह । घाम चर्किँदै थियो । लमही–१ स्थित श्री सूर्यविनायक मावि, नर्तिका विद्यार्थी शुक्रबारे आधा छुट्टीका कारण घरघर लागिसकेका थिए । त्यहीँ विद्यालयमा अवस्थित लावाजुनी छात्रावासका मुक्त कमलहरी भने उत्साहित थिए ।
नहुने भयो आज कक्षा १२ को नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरे पनि नहुने भएको छ ।
कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।