अस्तित्व सङ्कटमा राष्ट्रकविले खोल्नुभएको विद्यालय
गाउँसहरस्थित लमजुङ माध्यमिक विद्यालयको अस्तित्व सङ्कटमा परेको छ । विद्यालयमा निरन्तर विद्यार्थी घट्दै जाँदा पठनपाठन नै बन्द गर्नुपर्ने अवस्था आएको छ । पठनपाठनका लागि बनाइएका विद्यालयका भवन जीर्ण बन्दै गएका छन् । संरक्षणका लागि पर्याप्त स्रोत नहुँदा अन्य संरचना पनि बिस्तारै मक्किन थालेका छन् । विद्यालय परिसरमा प्रशस्त जग्गा भए पनि संरक्षणका लागि आर्थिक अभाव हुँदा झारले ढाकेका छन् । २००५ सालमा स्थापना भएको यो विद्यालय लमजुङको पुरानोमध्येको पर्छ । त्यति बेला राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरे संस्थापक प्रधानाध्यापक रहनुभएको थियो । स्वर्गीय कप्तान प्रेमबहादुर थापा अध्यक्ष तथा अन्य आठ जना संस्थापक सदस्य रहनुभएको थियो ।
दुर्गम क्षेत्रका सात विद्यार्थीलाई छात्रवृत्ति प्रदान
ताप्लेजुङको दुर्गम र हिमाली क्षेत्रका सात जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । हाल उच्च शिक्षा अध्ययनरत दुर्गम क्षेत्रका जेहेन्दार विद्यार्थीलाई जर्ज बैन्ड मेमोरियल छात्रवृत्ति प्रदान गरिएको हो ।
विद्यार्थीका लागि नेवाः संस्कार र संस्कृति प्रदर्शनी
भुटेको गेडागुडी, सखरखण्ड र पिँडालुको कला प्रदर्शन गर्ने चाड सकिमिला पुन्हिको अवसरमा जगत सुन्दर ब्वनेकुथी लखुतिर्थले विद्यालय प्रागणमा नेवाः संस्कार र सस्ंकृति प्रदर्शन गरिएको छ ।
कैलालीका विद्यालयको सामाजिक परीक्षण गर्दैनन्
कैलालीका अधिकांश सामुदायिक विद्यालय समयमै सामाजिक परीक्षण गर्दैनन् । हरेक सामुदायिक विद्यालयले तोकेको समयमै सामाजिक परीक्षण गर्नुपर्ने भए पनि सङ्ख्यात्मकता कमै विद्यालयले समयमै गर्ने गरेका छन् ।
शनिबार विद्यालय पढ्न पाएपछि विद्यार्थी खुसी
वर्षको ६ महिना पनि विद्यालय जान नपाएका बालवालिका शनिबार र बिदाको दिनमा समेत विद्यालयमा पढ्न पाएपछि खुशी भएका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्र बुढीनन्दा नगरपालिकाका –७ डाप्कमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिले शनिबार र विदाको दिन समेत बालवालिकालाई विद्यालयमा पठनपाठनको व्यवस्था गरेपछि विद्यार्थी खुशी भएका हुन् ।
मदन भण्डारी विश्वविद्यालयको ‘माष्टर प्लान’ निर्माण
काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने मदन भण्डारी विश्वविद्यालयको ‘माष्टर प्लान’ निर्माण सम्पन्न भएको छ । निर्माण प्रक्रिया अघि बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन [इआइए]को तयारी गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको छ ।
महिनौँ देखि विद्यार्थी चौरमा पढ्न बाध्य
दक्षिणी क्षेत्रको एक विद्यालयको भवन भत्किएपछि विद्यार्थीहरू खुल्ला धुलो भएको चौरमा अध्ययन गर्न बाध्य हुँदै आएका छन् । गत असोज तेस्रो साता परेको वर्षासँगै गएको पहिरोले भवन भत्काएपछि विद्यार्थीहरू खुल्ला चौरमा पढ्न बाध्य हुँदै आउनु भएको हो ।
शिक्षा प्रमुखको धन्दा, किर्ते हस्ताक्षर देखि फर्जी बिलसम्म
जिल्ला शिक्षा तथा समन्वय इकाई कार्यालय कालिकोटमा व्यापक अनियमितता भएको पाइएको छ । कार्यालय प्रमुख चन्द्रप्रसाद अधिकारीले आफै पेस्की लिने, कार्यक्रम गर्ने र विल भरपाई किर्ते गरी अनियमितता गरेको पाइएको हो ।
भकिम्लीवासीले बनाए सुविधासम्पन्न विद्यालय भवन
यहाँका एक गाउँका स्थानीयवासीको सक्रियतामा करोडौँ रकम जुटाएर गाउँमा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरेका छन् । सामूहिक एकता र इच्छाशक्ति भए नमुना काम गर्न सकिने म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीका स्थानीयहरूले उदाहरण प्रस्तुत गरेका छन् ।