शिक्षामा दलका महत्त्वाकाङ्क्षी योजना
शिक्षा क्षेत्रको विकासका लागि तत्काल सम्भव नदेखिए पनि राजनीतिक दलले मतदाता रिझाउन महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारीमा जुटेका उनीहरूले घोषणापत्रमार्फत अघि सारेका शिक्षा विकासका कतिपय मुद्दा अमूर्तसमेत रहेका छन् । ती मुद्दा कार्यान्वयनका लागि निर्वाचनमार्फत आफ्नो दललाई बहुमत दिलाउन उनीहरूले मतदातालाई आह्वान गरेका छन् ।
दिवा खाजा सुरु पछि विद्यार्थी भर्नादर बढ्दो
जिल्लाको दुर्गम बस्तीका अधिकांश विद्यालयमा दिवा खाजा कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्व खाद्यान्न कार्यक्रमको आर्थिक सहयोगमा बाजुराका २३९ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु भएपछि विद्यार्थीको भर्नादर समेत बढ्दो रहेको छ ।
बजेट नछुट्टिँदा विद्यालय भवन अलपत्र, तीन कोठामा पाँच कक्षा
जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुआत भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
विद्यार्थीलाई कृषिसम्बन्धी व्यावहारिक ज्ञान दिंदै विद्यालय
नेपालको शिक्षा व्यावहारिक हुन नसकेको सर्वत्र गुनासो भइरहेका बेला पाल्पाको एक विद्यालयले विद्यालयमा पढेको विषय व्यवहारमा लागू गर्न सकिनेगरी व्यवस्थापन गरेको छ ।
विद्यालयलाई जापानको सहयोग
जापान सरकारले नेपालस्थित सङ्खुवासभाको विद्यालय निर्माण गर्न सघाउने भएको छ। सङ्खुवासभास्थित दुर्गम भेगमा जीर्ण अवस्थामा रहेको श्री हिमालयन माध्यमिक विद्यालयका कक्षाकोठा निर्माण गर्न जापानका तर्फबाट नेपालका लागि राजदूत किकुता याताका र सङ्खुवासभाको स्वयंसेवी संस्था एनपीओका अध्यक्ष लाक्पा नोर्बु शेर्पाबीच बिहीबार दुईपक्षीय सम्झौता भएको छ।
व्यावहारिक शिक्षाका लागि ‘क्लोज क्याम्प’
घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रेष कुमाखी घोराहीमै जन्मिनुभयो, बजार मै हुर्किँदै हुनुहुन्छ । करिब १४ वर्षीय उहाँले अहिलेसम्म खाना पकाउनुभएको छैन, न त आफ्ना कपडा धुने काम गर्नुभयो ।
माध्यमिक तहमा दोहोरो रजिस्ट्रेसन अन्त्य
माध्यमिक तहमा एक पटक मात्र रजिस्ट्रेसन गरिने भएको छ। सरकारले विगत १२ वर्षअघि कक्षा ९–१२ लाई विद्यालय शिक्षाको संरचनाभित्र समावेश गरेको थियो। यसैअनुरूप माध्यमिक तहभित्र कक्षा ९ र ११ मा दोहोरो रजिस्ट्रेसन गर्नुपर्ने प्रावधान रहँदै आएको छ।
बाउन्न विद्यालय भवन बन्ने
डडेल्धुरामा यस आर्थिक वर्षमा ५२ वटा विद्यालय भवन बन्ने भएका छन् । सामाजिक विकास कार्यालय डडेल्धुराअन्तर्गत विभिन्न विद्यालयमा चार र दुईकोठे गरेर ५२ वटा भवन निर्माण गरिने भएको छ । आर्थिक वर्ष २०७९/८० मा वर्षको बजेट र योजनाबारे सो कार्यालयले आइतबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा दिइएको जानकारीअनुसार ४० लाख रुपियाँका दरले ११ वटा चारकोठे र २१ लाख रुपियाँका दरले ४१ वटा दुईकोठे भवन निर्माण गरिनेछन् । यस्तै २० लाख रुपियाँमा एउटा दुईकोठे भवन निर्माण गरिने सो कार्यालयका प्रमुख प्रयागराज जोशीले जानकारी दिनुभयो ।
शिक्षाका सबै सूचना अब एकै ठाउँमा
देशभर सञ्चालित विद्यालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षाप्रदायक संस्थासँग सम्बन्धित सम्पूर्ण गतिविधि तथा विवरण एकै ठाउँबाट उपलब्ध हुने भएको छ। यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीसम्बन्धी निर्देशिका जारी गरेको छ। उक्त निर्देशिका कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सबै प्रदेश तथा स्थानीय तहलाई जानकारी गराइने मन्त्रालयले जनाएको छ।