• ७ जेठ २०८१, सोमबार

छात्रछात्रालाई पोसाक र स्टेशनरी वितरण

blog

वुद्ध आधारभुत विद्यालयका छात्रछात्रालाई स्टेशनरी र पोशाक वितरण गरिदै । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, भदौ १५ गते । पाँचथरको याङवरक गाउँपालिका –३ को बुद्ध आधारभूत विद्यालयमा अध्ययनरत १ सय ६ जना छात्रछात्रालाई पोसाक र स्टेशनरी वितरण गरिएको छ । कर्मचारी सञ्चयकोष प्रधान कार्यालय ललितपुरको सहयोगमा स्टेशनरी र फिदिमका युवा व्यवसायी रोमन न्यौपानेको सहयोगमा जुत्ता र मोजा वितरण गरिएको हो ।

सामग्री वितरणको संयोजन जनसेवा समाज नामक सामाजिक सस्थाले गरेको छ । विपन्न समुदायका १५ जनालाई जुत्ता र मोजासहित ९१ जनालाई स्टेशनरी प्रदान गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताउनुभयो ।

दाताले उपलब्ध गराएका सामग्री विद्यालयमा आयोजित एक समारोहबीच प्रदान गरिएको उहाँको भनाइ छ । सामग्री वितरण कार्यक्रममा आयोजक सस्थाका प्रमूख सल्लाहकार हर्क नेम्वाङ (मिक्सो) र याङवरक ३ का वडाध्यक्ष विमल राई लगायतले दातालाई धन्यवाद दिनुभयो ।