बजेट निर्माणका लागि मार्गदर्शन तयार
हचुवाका भरमा बजेट नमाग्न मन्त्रालयहरूलाई अर्थ मन्त्रालयको निर्देशनकाठमाडौँ, फागुन २० गते । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माणका लागि मार्गदर्शन तयार भएको छ । अर्थ मन्त्रालयले बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम यो मार्गदर्शन तयार गर्दै जारी समेत गरेको हो । स्रोत व्यवस्थापनमा परेको दबाब तथा सार्वजनिक खर्चको उपलब्धि बढाई आर्थिक गतिविधि बिस्तार गर्नुपर्ने आवश्यकतालाई समेत दृष्टिगत गरी आयोजना तथा कार्यक्रम प्राथमिकीकरण गर्नुपर्ने अवस्था रहेकाले मार्गदर्शनलाई अर्थ मन्त्रालयले गम्भीरतापूर्वक लिन बजेट बनाइरहेका मन्त्रालयहरूलाई भनेको छ । अर्थ सचिव घनश्याम उपाध्यायले जारी गर्नुभएको मार्गदर्शनमा आगामी आर्थिक वर्षको बजेट तर्जुमालाई यथार्थपरक, कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन खर्चको दक्षता अभिवृद्धि हुने गरी क्रियाकलाप निर्धारण गरी आफ्नो मन्त्रालय वा अन्तर्गतका आयोजना तथा कार्यक्रमहरू मिति चैत्र १५ गते भित्र मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गर्न भनिएको छ । मार्गदशनअनुसार सीमा भित्र रही मन्त्रालयहरूले बजेट प्रस्ताव गर्नुपर्नेछ । प्राप्त बजेट सीमाभित्र रहेर वार्षिक कार्यक्रम तथा बजेट प्रस्ताव गर्नु पर्ने र कार्यान्वयनको क्रममा सामान्यतया रकमान्तर र कार्यक्रम संशोधन गर्न नपर्ने गरी यथार्थपरक बजेट प्रस्ताव गर्न मन्त्रालयहरूलाई अर्थ मन्त्रालयले भनेको छ । त्यस्तै आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८० अनुकूल हुने गरी कार्यक्रम तथा आयोजना प्रस्ताव गर्नुपर्नेछ । साथै आयोजनागत विनियोजनको न्यूनतम सीमा समेत सोही बमोजिम कायम गर्नु भनिएको छ । विनियोजन दक्षता कायम गर्न आयोजनाको उद्देश्यसँग प्रत्यक्ष सम्बन्धित क्रियाकलापमा मात्र बजेट प्रस्ताव गर्नुपर्नेछ भने आयोजना तथा कार्यक्रममा दीर्घकालीन दायित्व सिर्जना गर्ने प्रकृतिका क्रियाकलाप समावेश नगर्नु अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई भनेको छ । चालु खर्चमा मितव्ययिता कायम गर्ने गरी अत्यावश्यक बजेट मात्र प्रस्ताव गर्नु, अनिवार्य दायित्वका खर्च शीर्षकमा पछि थप निकासा माग गर्न नपर्ने गरी पर्याप्त बजेट प्रस्ताव गर्न समेत भनेको छ । एकै प्रकृतिका क्रियाकलापहरू विभिन्न उपशीर्षक तथा कार्यक्रममा समावेश भएकोमा आगामी आर्थिक वर्षदेखि त्यस्ता क्रियाकलापलाई एकीकृत गरी व्यवस्थित गर्न समेत मार्गदर्शनबाट अर्थ मन्त्रालयले भनेको छ ।आगामी बजेटको तयारी गरिरहेका मन्त्रालयहरूले नयाँ बजेटमा नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव गर्दा गुणस्तरीय आयोजना मात्र समावेश गर्नुपर्नेछ । नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव गर्दा पूर्व तयारी पूरा भएका तथा लागत लाभ विश्लेषणबाट कार्यान्वयनयोग्य देखिएका गुणस्तरीय आयोजना मात्र समावेश गर्न र हाल कार्यान्वयनमा रहेका आयोजनाहरू आगामी आर्थिक वर्षमा सम्पन्न हुने भएमा सोको लागि पर्याप्त बजेट विनियोजन गरिसकेपछि मात्र नयाँ कार्यक्रम तथा आयोजनाका लागि बजेट प्रस्ताव अर्थले भनेको छ ।सीमित स्रोतको उपलब्धिमूलक उपयोग गर्न ससाना आयोजनामा स्रोत छर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न समेत अर्थ मन्त्रालयले भनेको छ भने क्रमगत आयोजनाको सङ्ख्या घटाउने, कार्यान्वयन हुन नसक्ने तथा कम प्राथमिकताका आयोजना स्थगन गरी कार्यान्वयनयोग्य आयोजना मात्र प्रस्ताव गर्ने व्यवस्था मिलाउन समेत भनेको छ । आयोजना प्रस्ताव गर्दा राष्ट्रिय योजना आयोगको आयोजना बैङ्कमा प्रविष्ट भएका आयोजना मात्र समावेश गर्नुपर्ने, अध्ययन पूरा नभएका नयाँ आयोजनामा कार्यान्वयनको लागि बजेट विनियोजन नहुने हुँदा त्यस्तो आयोजनाको अध्ययन तथा तयारी कार्यको लागि मात्र बजेट प्रस्ताव गर्न समेत मार्गदशनबाट अर्थ मन्त्रालयले भनेको छ । स्रोतको सुनिश्चितता नगरी नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव नगर्न र चालु कार्यक्रम तथा आयोजनाहरूको हालसम्मको कार्यान्वयन अनुभवको आधारमा पुनर्संरचना तथा एकीकृत गर्नुपर्ने देखिएमा सो बमोजिम गरी व्यवस्थित एवं उपलब्धिमूलक बनाउनसमेत बजेट निर्माणमा लागिरहेका अधिकारीहरूलाई मन्त्रालयले मार्गदशनबाट भनेको छ ।मार्गदशनअनुसार आयोजना प्रस्ताव गर्दा अन्तर–तह तथा अन्तर मन्त्रालय दोहोरोपना नपर्ने सुनिश्चित गर्नुपर्ने, विपद् संवेदनशीलताको आधारमा जोखिम न्यूनीकरण गर्ने गरी अन्तरनिकाय समन्वय कायम गर्नुपर्नेछ भने विपद् पछिको पुनः निर्माण कार्यलाई प्राथमिकता दिई बजेट प्रस्ताव गर्न भनिएको छ ।
दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न जापानलाई आग्रह
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारसँग आग्रह गर्नुभएको छ ।
हिमालय एअरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने
हिमालय एअरलाइन्सले पोखरा र ल्हासाबिच साप्ताहिक उडान सुरु गर्ने भएको छ । आगामी चैत १८ गतेदेखि यो नयाँ रुटको उडान सुरु हुने छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ ।
विनियोजन दक्षता र मितव्यियता कायम गर्न निर्देशन
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्रभावकारी र परिणाममुखी बनाउने गरी बजेट तयार गरी पेस गर्न मन्त्रालयहरू, आयोग तथा कार्यालयलाई आग्रह गरेको छ ।
नेप्से परिसूचक घट्यो
साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।
बराह सहकारी पीडितद्वारा जाहेरी दर्ता
बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानले रकम हिनामिना तथा अपचलन गरेको कसुरमा दुई सय ६२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।
सरकारले तोकेको मूल्य पाउँदैनन् दुग्ध उत्पादक किसान
दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
कोषका सहभागीलाई विशेष छुट
नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको पेइङ क्लिनिक, सिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।
पल्लभीको आइपिओ आउने
पल्लभी लुब्रिकेन्टस लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैङ्क लिमिटेडलाई नियुक्त गरेको छ ।
चोभार बन्दरगाहका लागि तातोपानीबाट सवारी
काठमाडौँको चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि तातोपानी नाकाबाट सवारीसाधन आउन सुरु गरेका छन् ।
झुक्याउन नपाइने, सूचीकृत हुनुपर्ने
अनलाइनमार्फत हुने व्यापार कानुनी दायरामा आएको छ ।
ठुला आयोजनामा केन्द्रित हुन सुझाव
पूर्वअर्थ सचिवले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव सरकारलाई दिएका छन् । अर्थ मन्त्रालयले पूर्वअर्थ सचिवसँग अर्थतन्त्र सुधारबारे गरेको छलफलमा त्यस्तो सुझाव दिएका हुन् ।
अबको प्राथमिकता ‘पम्प स्टोरेज’
नेपाल विद्युत् प्राधिकरणले पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने जनाएको छ ।
अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवसँग छलफल : ठूला आयोजनामा केन्द्रित हुन सुझाव
अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ। पूर्व अर्थ सचिवले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन्।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि : म्युचुअल फन्ड उपसूचकबाहेक सबै हरियो
साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० को विन्दुमा कायम भएको छ । जुन दुई दशमलव ६७ प्रतिशतको वृद्धि हो ।
कारबाहीको पत्रपछि पुल निर्माण तीव्र
बाँकेको जानकी गाउँपालिका–४, छत्रपुर र खजुरा गाउँपालिका–४, चल्तुवास्थित किरण नालामा निर्माणाधीन पुलको कामले गति लिएको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
आधा पालिकाले बुझाएनन् विवरण
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरी कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्ने कार्यमा पालिकाले चासो देखाएका छैनन् ।
यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
उपत्यकामा थपिँदै छन् विद्युत्का पूर्वाधार
काठमाडौँ उपत्यकाभित्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन छ वटा सबस्टेसन निर्माणाधीन रहेको र यसपछि २० वटा थप निर्माणको प्रक्रियामा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
बोटिङ र र्याफ्टिङको सम्भाव्यता अध्ययन
बाँकेमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न निकुञ्जले विभिन्न काम गरिरहेको छ । त्यसै क्रममा निकुञ्जमा पर्यटक भित्र्याउन बाँके निकुञ्जनजिकको अगैया क्षेत्रमा रहेको राप्ती नदीमा बोटिङ र र्याफ्टिङका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ ।
खाद्यान्न आयात बढ्यो
यस वर्ष खाद्यान्न आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा गत वर्षको सोही अवधिको भन्दा आठ अर्ब रुपियाँ धेरैको अन्न आयात भएको छ ।