ओलाङचुगोलामा बुनेको गलैँचाको माग उच्च
ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको स्रोत बनेको छ । यहाँको परम्परागत गलैँचा उत्पादन चीनको बजारमा राम्रो मागको साथ निर्यात हुने गरेको छ । तर कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन । नाका खुलेसँगै, ओलाङचुगोलामा उत्पादन भएको गलैँचा अहिले चीनका विभिन्न बजारमा निर्यात हुन थालेको उद्यमी फुप् ल्हमु श्रेष्ठले जानकारी दिनुभयो । यसले यहाँका ग्रामीण समुदायलाई थप आर्थिक अवसर प्रदान गरेको छ । ओलाङचुगोला उत्पादित गलैँचा नेपाली बजारमा पनि लोकप्रिय छ । यस क्षेत्रको गलैँचा फुङ्लिङ बजार हुँदै काठमाडौसम्म पुग्ने गर्दछ । नेपाली बजारमा यी गलैँचाको मूल्य प्रतिएकाइ रु दश हजारदेखि २५ हजारसम्म पर्ने उहाँले बताउनुभयो । उद्यमी श्रेष्ठका अनुसार चीनका बजारमा ती नै गलैँचाको मूल्य निकै उच्च छ, जहाँ रु १५ हजारदेखि ४५ हजारसम्ममा खरिद बिक्री गरेको छ । यो अन्तर्राष्ट्रिय बजारमा मूल्य फरक भएको कारण स्थानीय उत्पादनकर्तालाई राम्रो मुनाफा हुने गर्दछ । यसरी चीनमा निर्यात हुने गलैँचा ओलाङचुगोलामा रहेका उद्यमी र हस्तकलाकारको आर्थिक समृद्धिका लागि ठूलो अवसरको रूपमा प्रस्तुत भएको छ । नाका खुलेसँगै यो व्यापारको सञ्जाल थप फैलिएको छ । स्थानीयस्तरमा रोजगारीको सिर्जनासमेत गरेको छ । निर्यातका अवसरले ओलाङचुगोला क्षेत्रको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्न थालेको छ ।
वैदेशिक रोजगारीको प्रलोभनमा अलपत्र युवाको उद्धार
थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासले म्यान्मार पुगेर अलपत्र परेका दुई नेपाली युवाको उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । अ
चौबिस करोडभन्दा बढीको सुन्तला
गुल्मीमा यस वर्ष २४ करोड रुपियाँभन्दा बढीको सुन्तला उत्पादन भएको छ । जिल्लामा यस वर्ष २४ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको हो ।
नेपाल–भारत विद्युत् आदानप्रदान महसुल निर्धारण विधिसम्मत
नेपाल विद्युत् प्राधिकरणले नेपाल–भारतबिचको विद्युत् आदानप्रदान सम्झौता अन्तर्गतको विद्युत् आदानप्रदान समितिले गरेको महसुल निर्धारण विधिसम्मत रहेको स्पष्ट पारेको छ ।
सरकारी जग्गाको माटो बिस्कुट उद्योगमा
बाँकेको खजुरा गाउँपालिका–७ स्थित बर्गदही गाउँनजिकै नेपाल सरकारको नाममा रहेको ऐलानी पर्ती जग्गाको माटो जथाभाबी निकालेर बिक्री भइरहेको छ । माटो निकालेर गहिरो खाल्डो बनेपछि स्थानीय बासिन्दाले संलग्नलाई कारबाही गरी तत्काल माटो निकाल्ने कार्य रोकिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको ध्यानाकर्षण गराएका छन् ।
दस वर्षमा एकतिस हजार ट्रेडमार्क
बौद्धिक सम्पत्ति अन्तर्गत रहेका ट्रेडमार्क र डिजाइनको दर्ता सङ्ख्या बर्सेनि बढ्दै गएको छ । पछिल्लो १० वर्षमा ३१ हजार २१६ ट्रेडमार्क दर्ता भएका छन् ।
भेडा बाख्रा व्यावसायी गर्ने बढे
भेडा बाख्रा पालन व्यवसाय वृद्धि भएको छ । यो व्यवसायबाट आर्थिक आम्दानी हुन थालेपछि किसानहरू यसको व्यावसायिक पालनमा फर्कनु भएको हो ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
ग्राभिटी रोपवे बन्द
स्थानीय उत्पादन बजारसम्म लैजान मकवानपुरको कैलाशमा सञ्चालनमा आएको रोपवे बन्द भएको छ । रोपवेको एउटा तारछिनेपछि मर्मतको आभावमा पाँच महिनादेखि बन्द भएको हो ।
शिवरात्रिका लागि तेत्तिस लाखको उखु
महाशिवरात्रिलक्षित पोखरामा करिब ३३ लाख रुपियाँ बराबरको उखु भित्रिएको छ ।
नुनको उपभोग घटाउन सुझाव
नेपालीले आवश्यकताभन्दा बढी आयोडिनयुक्त नुन खाने प्रचलन घटाउनुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।
घिसिङलाई सोधियो पुनः स्पष्टीकरण
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ ।
अबदेखि भौतिक उपस्थितिबिना नै सार्वजनिक सेवा
सर्वसाधारणले भौतिक उपस्थितिबिना नै सार्वजनिक सेवा लिन सक्ने गरी सरकारले विद्युतीय सुशासनको ‘ब्लुप्रिन्ट’ सार्वजनिक गरेको छ ।
इलाममा चिया कारखानामा आगलागी हुँदा करोडौँको क्षति
इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन उद्योगमा मङ्गलवार राती लागेको आगलागीबाट उद्योग नै ध्वस्त भएको छ । राती करिब साढे नौ बजेबाट एक्कासि आगो लागेको स्थानीयले थाह पाएका थिए ।
आर्थिक विस्तारमा सहयोग पुग्ने अपेक्षा
सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिँदै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुर्याउने गरी चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरिएको छ ।
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
स्थानीय बजारमा सुनको मूल्य बढेको छभने चाँदीको घटेको छ । आज सुन प्रतितोला रु. पाँच सय बढेको हो ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
उल्टियो अन्डाको मूल्य
अन्डा उत्पादक किसान र व्यवसायीले घटाएको भाउ दुई दिनमै उल्टाएका छन् ।
पशु नस्ल सुधारका लागि तरल नाइट्रोजन बनाइने
कर्णाली प्रदेशमा पशु नस्ल सुधारको काम सुरु हुन लागेको छ । प्रदेश सरकारले पशु नस्ल सुधारका लागि बनाउन लागेको तरल नाइट्रोजन भवनको सोमबार शिलान्यास गरिएको छ ।
विमानस्थल स्तरोन्नति साठी प्रतिशत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम ६० प्रतिशत सम्पन्न भएको छ ।
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, फागुन १३ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ७४ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ५६ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४८ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ २५ पैसा र बिक्रीदर नौ रूपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ नौ पैसा र बिक्रीदर १९ रूपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रूपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपैयाँ १४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३८ पैसा र बिक्री दर ३१ रूपैयाँ ५२ पैसा तोकिएको छ । त्यस्तै, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ७० पैसा र बिक्रीदर नौ रूपैयाँ ७४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ एक पैसा र बिक्रीदर १३ रूपैयाँ छ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४३ पैसा र बिक्री दर १९ रूपैयाँ ५१ पैसा निर्धारण भएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रूपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ५० रूपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रूपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर तीन ५९ रूपैयाँ ५४ पैसा र बिक्रीदर तीन ६१ रूपैयाँ १० पैसा तय गरिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।
सात प्रतिशतले घट्यो डिजेल खपत
बजारमा डिजेल खपत झन्डै सात प्रतिशतले घटेको छ । डिजलको खपतमा ६.६९ प्रतिशतले कमी आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल र ग्यासको खपत बढे पनि डिजलको खपत भने घटेको छ ।
तेस्रो पुस्तामा बरमझियाको पेडा
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियाको हावामा मिठो सुगन्ध आउँछ । ६० वर्षअघि बैजनाथ साहका बुबाले खाजा पसलको सुरुवात गर्दा थालेको पेडाको सुगन्ध अहिले पनि जीवन्त बनेको हो ।