पशु वधशाला सञ्चालनमा ल्याइने
बुटवलमा निर्माण भएको लामो समयपछि पशु वधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीच पशु वधशाला सञ्चालन गर्ने सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयोे । सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणाबमोजिम वधशालालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिन लागिएको उहाँले बताउनुभयो ।
गहुँको सिजन कुर्दै उद्योगी
भारतबाट गहुँ आयातमा कडाइ गरिएपछि त्यसको असर आँटा र मैदा मिलसँगै अन्य उद्योगमा परेको छ । भारतले १० महिनाअघि गहुँ निर्यातमा रोक लगाएपछि भण्डारण रित्तिँदै गएर मिल तथा आश्रित उद्योग समस्यामा परेका हुन् । गहुँको अभावमा ३० प्रतिशत उत्पादन क्षमतामा मात्रै उद्योग चलिरहेको गौमती आँटा उद्योगका सञ्चालक हरिवंश राठीले जानकारी दिनुभयो । गहुँ पाक्ने सिजन नजिक आएकाले भण्डारण गरिएको गहुँबाट केही आपूर्ति भए पनि मागअनुसार नभएको राठीले बताउनुभयो ।
सुक्खा गाउँमा तरकारीको हरियाली
दुल्लु नगरपालिका–२, बडापोखरा गाउँ सुक्खाक्षेत्र गाउँ हो। डाँडामा बस्ती छ। पानीका मुहान वरिपरि छैनन्। घण्टौँ हिँडेर खानेपानी ल्याउनुपर्ने त्यहाँका बासिन्दा र गाउँको परिचय अहिले भने फेरिएको छ। त्यो गाउँमा अहिले व्यावसायिक तरकारी खेती भइरहेको छ। कुनै बेलाको सुक्खा गाउँ अहिले तरकारी गाउँका रूपमा परिचय नै फेरिएको छ।
कृषि उपकरणको प्रयोग बढ्यो
तोरीको दाना झार्न छिटो र सजिलो भएपछि अहिले रौतहटमा थ्रेसर मेसिनको प्रयोग बढ्दो छ । किसानले गोरु पाल्न छोडेपछि मेसिनको प्रयोग बढेको हो । यसअघि तोरीका बिटा बाँधेर खला वा खेतका गरामा नै खलो बनाई गोरुले दाइँ गर्ने गरिएकामा अहिले भने मेसिनको प्रयोगले छिटो र सहज भएको छ ।
विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने
विराटनगर विमानस्थलमा अन्तर्राष्ट्रियस्तरको नयाँ र आधुनिक टर्मिनल भवन बन्ने भएको छ । तीन वर्षभित्र निर्माण गरिसक्ने गरी भवनको ठेक्का लागेपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले टर्मिनल भवनको शिलान्यास गर्नुभयो ।
सवारी आयात घट्दा राजस्व प्रभावित
रुपन्देहीको बेलहिया–सुनौली नाका हुँदै आयात गरिने सबै किसिमका सवारी आयात घटेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार विगतका वर्षमा भन्दा यस वर्ष सवारी आयातमा अत्यधिक कमी आँउदा भन्सारको राजस्व असुलीसमेत प्रभावित भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म बेलहिया नाका हुँदै एक खर्ब ६२ अर्ब ९१ करोडका मालवस्तु आयात हुँदा ६७ अर्ब १८ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । चालू आर्थिक वर्ष २०७९/८० मा भने एक खर्ब १२ अर्ब ९३ करोडका मालवस्तु मात्रै आयात भएको छ । यसबाट ३५ अर्ब ४४ करोड रुपियाँ मात्रै राजस्व सङ्कलन भएको छ ।
किसानमैत्री तरकारी बजार आवश्यक : कृषिमन्त्री
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले किसानले सडकमा तरकारी फाल्नुपर्ने अवस्था अन्त्य गर्ने बताउनुभएको छ । उहाँले कालीमाटी फलफूल तथा तरकारी बजारलाई किसानमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २९औँ वार्षिकोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले देशभरका ठूला तरकारी बजारमा नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।
सहुलियतपूर्ण कर्जा लगानी दुई खर्बभन्दा माथि
चालू आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म कुल दुई खर्ब १० अर्ब ४५ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा लगानी भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार नेपाल सरकारको ब्याज अनुदानमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०७९ पुस मसान्तसम्म कुल एक लाख ४८ हजार ३४२ ऋणीलाई यस्तो रकम उपलब्ध गराइएको हो ।
कोरिया जान भाषा सिक्दै आमाहरू
पाँचथर फिदिमकी २८ वर्षीय सरु मगर झिसमिसे उज्यालो नहुँदै कोरियन भाषा सिक्न सिकाइ केन्द्र पुग्नुहुन्छ। सात वर्षीया छोरीकी आमा सरु भाषा सिकेर कोरिया जाने सपना बुन्दै घरधन्दा, बालबच्चा र घर व्यवहार धान्दै तालिम केन्द्र धाउन थाल्नुभएको हो। सात वर्षीया छोरीकै आमा बिन्दु लिम्बू (२६ वर्ष) पनि भाषा सिक्न बिहान ६ बजे फिदिमको सेवारो कोरियन भाषा केन्द्रमा पुग्नुहुन्छ। स्नातक तहसम्म अध्ययन गरेकी लिम्बू नेपालमा रोजगारीको सम्भावना नदेखेर कोरियन भाषा पढ्न थाल्नुभएको हो।
सरकारले छ महिनामा उठायो साढे ५६ अर्ब ऋण
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा रु ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् ।
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आउँदै
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
उधारोमा भन्सार महसुल
यारी नाका भन्सार कार्यालयलाई केही दिन अघि चीनबाट आयात भएको व्यापारी सामानको भन्सार महसुल उधारोमा राख्नुुपरेको छ । व्यापारी तथा निर्माण व्यवसायी हिल्सामा नभएको कारण भन्सारका कर्मचारीले आयात भएको सामान विवरण तयार गरे पनि महसुल उधारोमै राख्नुपरेको हो ।
अध्ययनसँगै च्याउखेती
पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषिविज्ञान विषयको अध्ययनरत हुनुुहुन्छ । उहाँ अध्ययन सँगसँगै आफ्नो पढाइ खर्चको केही रकम आफैं व्यवस्थापन गर्दै आउनुभएको छ ।
प्राथमिकतामा श्रम अडिट
श्रम तथा व्यवसाय सुरक्षा विभागले श्रम अडिटलाई प्राथमिकतामा राखेर काम गरेको जनाएको छ । विभागले श्रम ऐन, नियमावली तथा पाँच वर्षअघि कार्यान्वयनमा ल्याएको श्रम अडिट मापदण्डलाई कार्यान्वयनलाई प्राथमिकता दिएर काम गरेको जनाएको हो । विभागका निर्देशक मणिनाथ गोपले मापदण्ड आएपछि श्रम अडिट गराउने रोजगारदाता (प्रतिष्ठान)को सङ्ख्या विगत चार वर्षमा पाँच गुणाले बढेको जानकारी दिनुभयो । यद्यपि चालू आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्कले भने विगत वर्षको सोही अवधिमा गरिएको निरीक्षणमा कमी आएको देखाएको छ ।
धनगढी आयल निगमको भण्डारण क्षमता बढेन
अत्यावश्यक वस्तु ९० दिनसम्म पुग्ने गरेर भण्डारण हुनुपर्ने मान्यता छ । तर निक्कै महत्वपूर्ण मानिने धनगढीस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयसंग बढीमा पाँच दिनसम्म वितरण गर्ने गरेर पेट्रोलियम पद्धार्थ भण्डारण गर्ने क्षमता रहेको पाइएको छ ।
इप्पानले गर्यो पीपीए खुलाउने निर्णयको स्वागत
करिब चार वर्षदेखि बन्द रहेको जलप्रवाही विद्युत् आयोजना (आरओआर)को विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुला गरिएकोमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले स्वागत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले थप करिब एक हजार पाँच सय मेगावाटको आरओआर जलविद्युत् आयोजनासँग पीपीए गर्ने निर्णय गरेको थियो ।
दूतावासमा हेल्प डेस्क राख्ने निर्णय
सरकारले विदेशमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्प डेस्क राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि श्रम मन्त्रालयले हेल्प डेस्क राख्ने निर्णय गरेको जनाएको छ ।
प्याराग्लाइडिङलाई व्यावसायिक बनाइँदै
पर्यटक आकर्षित गर्ने उद्देश्यले दुई वर्षअघि देखि सञ्चालन गरिएको प्याराग्लाडिङको अभ्यास उडान उदयपुरका विभिन्न स्थानबाट भइरहेका छन् । उदयपुरको त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई गाउँपालिकामा गरिएका सबै परीक्षण सफल भएपछि व्यवसायीले चासो दिन थालेको त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहकार जितु रोइलाले बताउनुभयो ।
बारामा एक लाख एक्काइस हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
बारा जिल्लामा यस वर्ष एक लाख २१ हजार ६२ मेट्रिक टन आलु उत्पादन भएको छ । यस वर्ष कृषकले विभिन्न जातका आलु सात हजार ४५० हेक्टरमा खेती गरी प्रतिहेक्टर सवा १६ मेट्रिक टनका दरले उत्पादन गरेको कृषि ज्ञान केन्द्र बारा कलैयाका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।
तोरी किन्न उपभोक्ता खेतबारीमा
शुद्ध तेल उपभोग गर्ने सहरी उपभोक्ता किसानको खेतमै पुगेर तोरी ‘बुकिङ’ गर्न थालेका छन् । मोरङको कानेपोखरी गाउँपालिकाले सङ्घीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायी बाली उत्पादन कार्यक्रमअन्तर्गत तोरी पकेट कार्यक्रम सञ्चालन गरेको छ । ५० प्रतिशत अनुदानमा सञ्चालन भएको कार्यक्रमअन्तर्गत गाउँपालिकामा ५६ बिघामा तोरी खेती भएको छ । साना किसानका लागि लक्षित तोरी उत्पादन कार्यक्रमबाट मात्र होइन । व्यावसायिक किसानले पनि गहुँ खेती घटाएर तोरी लगाएका छन् । यसले गर्दा कानेपाखेरी गाउँपालिका क्षेत्रमा तोरीको उत्पादन विगत वर्षको तुलनामा दोब्बर भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सागर पौडेलले जानकारी दिनुभयो ।
छ जना पत्रकारलाई सेजन अवार्ड
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्डमा यस वर्ष विभिन्न विधामा छ आर्थिक पत्रकारलाई प्रदान गरिएको छ।
अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान गर्छौंः अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेट कार्यान्वयनमा थप सुधार गर्ने बताउनुभएको छ।
सकारात्मक अठोट गरे अर्थतन्त्रको सुधार सम्भव छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधार गर्ने कुरा सजिलो नभए पनि अठोट गरेमा सम्भव रहेको बताउनुभएको छ ।
सेजन अवार्ड प्रदान गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
सेजन अवार्ड प्रदान गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’