• २० असोज २०८१, आइतबार

छ जना पत्रकारलाई सेजन अवार्ड

blog

सेजन प्रीन्ट मिडिया अवार्ड टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, साथमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, माघ २९ गते। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्डमा यस वर्ष विभिन्न विधामा छ आर्थिक पत्रकारलाई प्रदान गरिएको छ। 

यस वर्षको डा. भोला चालिसे लिबरल जनर्नालिज्म अवार्ड कान्तिपुर दैनिकका अर्थ ब्युरो प्रमुख कृष्ण आचार्यले प्राप्त गर्नुभएको छ। 

यस वर्षको सेजन ब्रोडकाष्ट मिडिया अवार्ड ग्यालेक्सी फोर के टेलिभिजनका विनय बन्जरा, सेजन प्रिन्ट मिडिया अवार्ड टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकी र सेजन डिजिटल मिडिया अवार्ड पहिचान मिडियाका ठाकुरप्रसाद दुलाल (माधव) ले प्राप्त गर्नुभएको छ।

त्यसैगरी यस वर्षको सेजन अवार्ड अन्नपूर्ण दैनिकका पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापाले पाउनुभएको छ। यस वर्षको सञ्जय न्यौपाने आर्थिक पत्रकारिता फेलोसिप कारोबार दैनिकका कौसिला कुँवरलाई दिइएको छ।