पैँचो पसलले साधारण सेयर जारी गर्ने
एनआइसी एसिया क्यापिटल र पैँचो पसलबिच भविष्यमा पैँचो पसलको सर्वसाधारणमा निष्कासन गर्नुपर्ने सेयरको निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ ।
क्यान विभाजन विधेयक संशोधनका लागि स्वीकृत
हवाई क्षेत्रको नियामक र सेवाप्रदायक छुट्याउने गरी सरकारले प्रतिनिधि सभामा दर्ता गरेका दुई विधेयक संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृत भएका छन् ।
दस अर्ब अनियमितताको दाबी
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का प्रक्रियादेखि नै अनियमितता भएको दाबीसहित संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन बुझाएको छ ।
मिटर ब्याजविरुद्ध किसान मजदुरको धर्ना
मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल जिल्ला कार्यसमिति रौतहटले रौतहट जिल्ला अदालत गौर अगाडि धर्ना दिएका छन् ।
जलविद्युत कम्पनीहरूले अझै गर्न पाएनन् आइपिओ निष्काशन
जलविद्युत कम्पनीहरूको महिनौँदेखि सेयर निष्काशन गर्न पाएका छैनन् । सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई दिएको निर्देशन देखाउँदै बोर्डले विगत २१ महिनादेखि जलविद्युत कम्पनीको प्राथमिक सेयर निष्काषन (आइपीओ) तथा हकप्रद सेयरको अनुमति दिएको छैन ।
सुनको मूल्य घट्यो
आज सुनको मूल्य तोलामा एक हजार ४०० ले गिरावट देखिएको छ ।
कुचो बेचेर घर खर्च चलाउने हुमकला
गुल्मीदरबार गाउँपालिका–१ बलिथुमकी ६० वर्षीया हुमकला नेपालीले अम्रिसोका कुचो बेचेर परिवारको खर्च चलाउँदै आउनुभएको छ । उहाँले आफ्नै बारीमा अम्रिसो लगाउनु भएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर
काठमाडौँ, वैशाख १५ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ८० पैसा र बिक्रीदर १६५ रूपैयाँ ५३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रूपैयाँ १९ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५९ पैसा तोकेको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०७ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३३ पैसा निर्धारण भएको छ । यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०९ पैसा र बिक्रीदर १४ रूपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७७ पैसा र बिक्रीदर २० रूपैयाँ ८६ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७ रूपैयाँ ६६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ९० पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३८ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
एक हजार बढी आरोहीले सगरमाथा चढ्ने, ७ हजार मिटरसम्म बाटो बन्यो
काठमाडौँ, वैशाख १५ गते । संसारकै अग्लो शिखर सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहण गर्न विश्वका ५३ देशका आरोहीहरू आधार शिविरमा जम्मा भएका छन् । सगरमाथा आरोहणको मुख्य सिजन मानिने यस वैशाख र जेठ महिनामा मात्र चार सय भन्दा बढी आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ । पर्यटन विभागले दिएको अनुमतिको तथ्याङ्क हेर्दा आरोहण दलबाट अनुमति लिएर आरोहणमा जानेको सङ्ख्या मात्र चार सय भन्दा बढी छ भने उहाँको सहयोगी र गाइड समेत गरी करिब एक हजार जना चुचुरोमा पुग्ने भएको छ । एक आरोहीले कम्तिमा एक जना अथवा दुई जना सम्म गाइड प्रयोग गर्ने गर्छन् भने व्यवस्थापन र सहयोगीको रूपमा सरदार र शेर्पा गाइडहरू समेत चुचुरो पुग्ने भएकाले एक हजार बढी आरोहीको पाइला चुचुरोमा पुग्ने भएको आरोहण आयोजक कम्पनीहरूको भनाई छ । आरोहणदलबाट मात्र सगरमाथा आरोहण अनुमती लिने आरोही ४०२ जनापर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले आइतबार सम्म सगरमाथा आरोहणका लागि ५३ देशका ४०२ आरोहीले अनुमति लिएका छन् । यी मध्ये ४१ आरोही समूहले छन । ७४ महिला आरोही छन् । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित कूल चार सय १४ जनाले अनुमति लिएका थिए । यसवर्ष विभिन्न हिमाल आरोहणबाट वापत रु ६८ करोड ४० लाख रोयल्टी सङ्कलन भएको छ । आरोही आउनेक्रम जारी रहेकाले यो रकम अझै बढ्ने अनुमान छ ।सगरमाथा आरोहणलाई सुरक्षित, व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील भए पनि आरोहीले ज्यान नै दाउ लगाएर आरोहण गरिरहेका छन् ।सात हजार मिटरसम्म बाटो बन्याे सगरमाथामा आरोहणका लागि आधार शिविरदेखि तेस्रो शिविर सात हजार मिटरसम्म बाटो खुलिसकेको छ । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने दक्ष शेर्पा टोलीले धमाधम बाटो बनाइरहेका छन् । अनुकूल मौसमको सदुपयोग गर्दै शेर्पा टोलीले तेस्रो शिविरभन्दा माथि बाटो बनाइरहेका छन् । तेस्रो शिविरसम्म बाटो बनेको र अब १० दिनपछि सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको सुरुआत हुने बाटो बनाउने जिम्मा पाएको एटके कम्पनीले जनाएको छ ।सगरमाथा आधारशिविरमा दुई हजार भन्दा धेरैको भीडआरोही, गाइड, सरदार, शेर्पागाइड, सहयोगी, किचनका स्टाफ र बेसक्याम्प मेनेजर सहितको टोली आधारशिविरमा रहेको छ । यहाँ करिव दुई हजार भन्दा धेरै मानिसको भीड रहेको गाइड कुङगा शेर्पाले जानकारी दिनुभयो । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पालहरु र सुविधासम्पन्न सेवा समेत आधारशिविरमा उपलब्ध गराउदै कम्पनीहरुले प्रतिस्पर्धा गरेको पाइन्छ । अहिले आधारशिविर ठमेलको झल्को दिने गरी झकिझकाउ छ । आरोहीको भीडभाड र चहल पहलले बेग्लै रौनकता छाएको छ ।समुद्री सतहबाट पाँच हजार ३६४ मिटर उचाइमा रहेको आधारशिविर क्षेत्रमा ‘लाउन्ड्री’, ‘क्याफे’, ‘बार’ आदिको व्यवस्थापन गरिएको छ । पाँच सय भन्दा बढी पाल टाँगिएका छन् । एटके एक्सपीडिसन कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले विभिन्न कम्पनीले आरोहीको खाना तथा बास व्यवस्थापनका लागि बनाइएका रङ्गी विरङ्गी पालका सजावटले आधारशिविर रमाइलो देखिएको बताउनुभयो ।लुक्लादेखि सगरमाथा आधार शिविरसम्म पर्वतारोही, पदयात्री र सहयोगीहरुको लामो लस्कर देखिन्छ । सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ डोरी टाँग्ने जिम्मेवारी एटके कम्पनीले पाएको छ । करिब ९० प्रतिशत आरोही सगरमाथा आधार शिविर पुगेको प्रबन्ध निर्देशक लाक्पा शेर्पाले जानकारी दिनुभयो ।
चिया निर्यातमा सुधार, साठी हजारलाई रोजगारी
मुलुकबाट समग्र वस्तुको निर्यात बढिरहेका बेला चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।
लगानी बोर्डको व्यावसायिक रणनीति स्वीकृत
लगानी बोर्डले रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ ।
सुधारको लयमा आन्तरिक अर्थतन्त्र
विप्रेषण, अन्तर्राष्ट्रिय व्यापार, विदेशी मुद्रा सञ्चिति, पर्यटक आगमन जस्ता बाह्य सूचक सुदृढ भए पनि आन्तरिक रूपमा शिथिलता बेहोरेको अर्थतन्त्रले गति लिन थालेको अर्थ मन्त्रालयले जनाएको छ ।
‘अर्थतन्त्र चलायमान बनाउन हदैसम्मको प्रयास’
बैङ्क तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैङ्क आइतबारदेखि ७० औँ वर्षमा प्रवेश गरेको छ ।
घट्यो फलफूलको कारोबार
यस वर्ष आमाको मुख हेर्ने दिन (मातातीर्थ औँसी) मा फलफूलको व्यापार ३० प्रतिशतले घटेको व्यवसायीले बताएका छन् । नेपाल फलफूल थोक व्यवसायी सङ्घ काठमाडौँका अनुसार गत वर्षको तुलनामा यस वर्ष फलफूलको व्यापार ३० प्रतिशतले घटेको हो ।
नेप्से परिसूचकमा सामान्य सुधार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक तीन दशमलव ५८ अङ्कले बढेर दुई हजार छ सय ६१ दशमलव ६० को बिन्दुमा कायम भएको हो ।
पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी
चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट पाँच अर्ब रुपियाँभन्दा बढी बजेट फिर्ता भएको छ ।
एकतोला सुनको मूल्य एक लाख ८९ हजार ७००
आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० कायम भएको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय
पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोरु पाल्ने कृषकलाई अनुदान
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गोरु पाल्ने कृषकलाई अनुदान प्रदान गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार गोरु पाल्ने कृषकलाई अनुदान दिन लागिएको जानकारी दिनुभयो ।
उखु ‘क्रसिङ’ को विवरण माग
कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीले जिल्लाका तीन वटै चिनी उद्योगसँग उखु क्रसिङको विवरण माग गरेको छ ।
बिजुलीले बढायो मकै खेती
बर्दियामा बढ्दो विद्युतीकरणसँगै बर्दियाका कृषक नगदे बाली मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
एक लाखबाट चार करोडको मालिक
रामेछाप नगरपालिका–६, ओख्रेनीका लोकेन्द्र श्रेष्ठ जिल्लाको एक सफल उद्यमीमा पर्नुहुन्छ । श्रेष्ठको सदरमुकाम मन्थलीमा जुनारको स्क्वास जुस उत्पादन गर्ने मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि नामक उद्योग सञ्चालनमा छ ।