यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
पर्यटक आकर्षणको केन्द्र सौराहा
कलासंस्कृति तथा पर्वतीय पर्यटनका लागि नेपाल विश्वकै प्रमुख आकर्षणको केन्द्रका रूपमा स्थापित छ ।
आन्तरिक रोजगारीसँगै सामाजिक सुरक्षा
नेपालमा श्रम र रोजगारीलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्ने प्रयास गरिँदै छ ।
प्रसारण लाइन विवाद समाधान गर्न निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अन्तर्गत बाँकेको बानियाँभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिनुभएको छ ।
ओमानमा आप्रवासी श्रमिकलाई आममाफी
ओमानले भिसाको अवधि सकिएर कानुनी हैसियत गुमाई ओमानमै बसिरहेका आप्रवासी श्रमिकलाई तीन महिनाभित्र स्वदेश फर्किन सक्ने गरी आममाफीको घोषणा गरेको छ ।
लुम्बिनी प्रदेशको बजेटको आकार घट्ने
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याउने बजेटको आकार विगतको भन्दा घटेर आउने भएको छ ।
होमस्टे गाउँ भादा देशकै उत्कृष्ट
थारू कला, संस्कृतिको खुला सङ्ग्रहालयका रूपमा परिचित कैलालीको होमस्टे गाउँ भादा देशकै उत्कृष्ट घोषित भएको छ ।
तिस वर्षपछि नेपाल बुढ्यौलीको देश
युवा बहुल अवस्थाबाट नेपाल क्रमशः वृद्धहरूको देश बन्ने क्रममा रहेको पाइएको छ ।
राष्ट्रिय वाणिज्य बैँक र रेडियो नेपालबिच सम्झौता
राष्ट्रिय वाणिज्य बैँक लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालबिच रेडियो नेपालका कर्मचारीहरूलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
कामको खोजीमा एक हजारभन्दा बढी हिँडे ताक्लाकोट
चीनको पुराङ काउन्टीको ताक्लाकोट जाने हुम्लावासी एक हजारभन्दा नाघेका छन् । व्यापार व्यवसाय र रोजगारीका लागि बेरोजगार युवा ताक्लाकोट गएका हुन् ।
वैशाख मसान्तसम्म पुनरावेदनको समयसीमा
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापतको बाँकी रहेको प्रिमियम महसुल विवादमा रहेका उद्योगीलाई यही वैशाख मसान्तभित्र पुनरावेदनमा आउन समयसीमा दिने निर्णय गरेको छ । आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको प्राधिकरण प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो ।
अधिकतम खुुद्रा मूल्य नराखी बेच्ने तेइस फर्म कारबाहीमा
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैशाख १ देखि अधिकतम खुद्रा मूल्य (एमआरपी) केन्द्रित अनुगमनमा २३ व्यावसायिक प्रतिष्ठान कारबाहीमा परेका छन् ।
ध्रुवदेव कन्स्ट्रक्सनविरुद्ध एक अर्ब बिस करोडको राजस्व छली मुद्दा
राजस्व अनुसन्धान विभागले ध्रुवदेव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध एक अर्ब २० करोड रुपियाँ असुलउपर गराउने गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
सरकारले विदेशमा ‘बन्ड’ जारी गर्न सक्ने
सरकार आफैँले विदेशमा बन्ड जारी गर्न सक्ने भएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको वैदेशिक सहायता परिचालन नीति, २०८२ ले सरकार स्वयम्ले यस्तो बन्ड जारी गर्न सक्ने उल्लेख गरेको छ । तोकिएका विकाससम्बन्धी आयोजनामा लगानी जुटाउन यस किसिमको बन्ड जारी गर्ने नीति सरकारले लिएको हो ।
स्टार्टअप उद्यम कर्जा पाउने ६६१ परियोजना सिफारिस
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ६६१ जना परियोजनालाई स्टार्टअप उद्यम कर्जा वितरण गर्न लागेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सोमबार स्टार्टअप उद्यम कर्जा पाउने ६६१ परियोजनाको अन्तिम नाम सिफारिस गरेको हो । समितिका कार्यकारी निर्देशक उमेश गुप्ताले सिफारिसमा परेका परियोजनाले तीन प्रतिशत ब्याजमा २५ लाख रुपियाँसम्म स्टार्टअप उद्यम कर्जा वितरण गरिने जानकारी दिनुभयो ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
दुध उत्पादक कृषकलाई प्रोत्साहन कार्यक्रम प्रभावकारी
कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
उत्कृष्ट उद्यमीलाई सम्मान
तनहुँको म्याग्दे गाउँपालिकाले ४० उद्यमीलाई उत्कृष्ट सम्मान प्रदान गरेको छ ।
घटे नियमित काम गर्ने श्रमिक
रोजगादाता उद्योग/प्रतिष्ठानमा नियमित काम गर्ने श्रमिकको सङ्ख्या घटेको छ ।
देशको अर्थतन्त्र कता जाँदैछ ?
राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले देशको अर्थतन्त्रमा अपेक्षाकृत सुधार आउन नसकेको बताउनुभएको छ। राष्ट्रिय सभाको आइतबारको बैठकमा उहाँले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा स्वदेशमै उत्पादन हुन सक्ने वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
सुनचाँदीको मूल्य घट्दो क्रममा
साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु एक लाख ८८ हजार १०० मा कारोबार भएको थियो ।
अण्डाको माग बढ्यो
गर्मीसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्न थालेको छ । गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्ने गर्दछ ।