डार्बिन टेबलटेनिसमा मोहित च्याम्पियन
अस्ट्रेलियाको एनआरएनए एनटीले डार्बिनमा आयोजना गरेको डार्बिन टेबलटेनिस प्रतियोगितामा मोहित बन्जाडे च्याम्पियन बन्नुभएको छ ।
अस्ट्रेलियामा नेपाली फिल्म अवार्ड हुँदै
अस्ट्रेलियामा नेपाली फिल्म अवार्ड आयोजना हुन लागेको छ । डि व्वाइज इन्टरटेन्मेन्ट नामक संस्थाले मे २८ जुन १ सम्म अस्ट्रेलियामा ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्न लागिएको हो।
परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकको उद्धार (रेस्क्यु) गर्ने जस्तो मात्र भएको बताउनु भएको छ ।
पोखराबाट चीनको ल्हासा नियमित उडान आगामी चैतको तेस्रो सातादेखि
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले पहिलो व्यावसायिक उडान सुरु गर्न लागेको छ । हिमालयले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको हो ।
अस्ट्रेलियामा ‘नेपाल महोत्सव’ आगामी हप्ता
अस्ट्रेलियामा नेपाल चिनाउने मेलाका रुपमा चिनिएको ‘नेपाल महोत्सव’ विभिन्न राज्यमा मनाउने क्रममा यही आउँदो मार्च ९ तारिख एडिलेडको एल्डर पार्कमा आयोजना हुँदैछ ।
प्रकृतिलाई न्याय दिलाउँछौँ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाउनुभएको छ ।
इपिएसको आवेदन आह्वानमा ढिलाइ
दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यस वर्षका लागि इपिएसमार्फत कोरियाली भाषा परीक्षाको नयाँ आवेदन खुलाउन ढिला गरेको छ । अघिल्लो वर्ष उत्पादनमूलक क्षेत्रमा पुसमै भाषा परीक्षाको आवेदन खुला गरेको एचआरडी कोरियाले अहिलेसम्म आवेदन माग गरेको छैन ।
युद्धरत र सहयोगीबिचमै तनाव
रुस–युक्रेन युद्ध सुरु भएको ठ्याक्कै तीन वर्ष भयो । तीन वर्षमा सशस्त्र सहयोग गरिरहेको अमेरिका युद्ध अन्त्य हुनु पर्छ भन्नेविपरीत धारमा उत्रिएको छ ।
क्यालिफोर्नियाका नेपालीले २६ करोडमा खरिद गरे सामुदायिक भवन
अमेरिकामा ठुलो संख्यामा नेपालीको बसोबास रहेको क्यालिफोर्निया नर्दन क्षेत्र (बेएरिया) मा नेपाली सामुदायिक केन्द्र भवन स्थापना भएको छ।
जेनेभा भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको प्रतिक्रिया दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभा जानुभएकी मन्त्री डा. देउवा शुक्रबार स्वदेश फर्किएपछि सो प्रतिक्रिया दिनुभएको हो ।
परराष्ट्रमन्त्री सवार विमान मौसमका कारण कोलकाता डाइभर्ट
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सवार विमान खराब मौसमका कारण कोलकाता डाइभर्ट गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार परराष्ट्रमन्त्री कतार एयरबाट काठमाडौं आउँदै हुनुहुन्थ्यो ।
नेपाल–जापानबिच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबिचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताउनुभएको छ ।
नेपालमा लगानी थप्न अर्थमन्त्रीको आग्रह
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठुलो सम्भावना रहेको बताउनुभएको छ ।
ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन
एसाेसिएसन अफ नेपाली ओरिजिन (एएनओ)ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ । भुटानीमूलका नेपालीभाषी डम्बर ढुङ्गेलको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ ।
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।
केआइआइटीद्वारा नेपाली विद्यार्थीलाई फर्कन पुनः आग्रह, यात्राको सबै खर्च बेहोर्ने
भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले नेपाल फर्किएका नेपाली विद्यार्थीलाई नियमित कक्षामा फर्कन आग्रह गर्दै यात्राको सबै खर्च बेहोर्ने बताएको छ ।
वैदेशिक रोजगारीको प्रलोभनमा अलपत्र युवाको उद्धार
थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासले म्यान्मार पुगेर अलपत्र परेका दुई नेपाली युवाको उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । अ
नेपाललाई आवश्यक सहयोग गर्न डा. राणाको आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबिच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरुबिच बुधबार साइडलाइन भेटवार्ता भएको हो ।
परराष्ट्रमन्त्रीद्वारा राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गर्नुभएको छ ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत
स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका गर्नुभएको छ ।
बङ्गलादेशमा सेना दिवस, साहित्यिक महोत्सव
बङ्गलादेशमा सेना दिवस एवं साहित्यिक महोत्सव आयोजना गरिएको छ । ढाकास्थित नेपाली दूतावासमा दुवै कार्यक्रम आयोजना गरिएका हुन् ।
अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसाेसिएसनको अध्यक्षमा तिवारी निर्वाचित
अस्ट्रेलियामा क्रियाशिल नेपाली तथा नेपाली मूलका पत्रकारहरुको साझा संस्था अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसाेसिएसन (एञ्जा) को अध्यक्षमा कृष्ण तिवारी निर्वाचित हुनुभएको छ ।
परराष्ट्रमन्त्री डा. देउवा जेनेभामा कूटनीतिक भेटवार्तामा व्यस्त
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्ताहरूमा व्यस्त रहनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा. देउवाले सो सभामा सहभागी हुन आएका विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य मन्त्रीहरुसँग साइडलाइन भेटवार्ता गर्नुभएको छ ।
नेपाल–इटाली सहकार्यलाई दिगो रूपमा विस्तार गर्नुपर्नेमा जोड
नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले नेपालमा लगानी प्रवर्धन, पर्यटन क्षेत्रको विस्तार र नेपाल तथा इटालीबिचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिवद्धता जनाएको छ ।