संसारको सेरोफेरोको लोकार्पण
कृष्णराज खनालअमेरिका, फागुन १३ गते । डा. चन्द्र गिरिद्वारा लिखित संसारको सेरोफेरो नामक यात्रा संस्मरणको लोकार्पण भएको छ । पारिवारिक सदस्यहरू र ईश्वर देवकोटा तथा निलम कार्की निहारिकाले संयुक्त रूपमा उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो । खोटाङको चिमचिममा ६१ वर्ष अघि जन्मनुभएका डा.गिरी अमेरिकी सरकारको वातावरण मन्त्रालयमा वरिष्ठ सल्लाहकार र ड्युक विश्वविद्यालयका एड्जन्क्ट प्रोफेसरका रूपमा कार्यरत हुनुहुन्छ । नेपालमा सरकारी जागिरबाट करिअर सुरु गर्नुभएका डा. गिरीले औपचारिक र अनौपचारिक गरी विश्वका एक सय २६ देशको भ्रमण गरी तत् तत् देशमा देखे भोगेको अनुभवलाई पुस्तकमा समेट्नुभएको छ । आरम्भ नेपाली पुस्तकालय, नर्थ क्यारोलिना साहित्यिक समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाले संयुक्त रूपमा आयोजना गरेको सो पुस्तक लोकार्पण समारोहका वक्ताहरूले उहाँको पुस्तकले यात्रा संस्मरणमा एउटा फड्को मारेको र संसार बुभ्नका लागि यो पुस्तक पढ्नुपर्ने विषयमाथि चर्चा गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री डा. देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्रीबिच भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबिच सोमबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसीका प्रतिनिधिको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले सोमबार शिष्टाचार भेट गरेको छ ।
आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने पर्यटनमन्त्रीको विश्वास
संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
परराष्ट्रमन्त्री डा. देउवा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबिच जेनेभामा सोमबार द्विपक्षीय भेटवार्ता भएको छ ।
हमासले गर्यो ६ इजरायली बन्धकको रिहाइ
इजरायल रक्षा बलले हमासद्वारा ६ जना इजरायली वन्धकलाई जारी युद्धविराम आदानप्रदानको एक भागको रूपमा शनिवार रिहा गरिएको जनाएको छ । पाँच बन्धकमध्ये दुईलाई शनिवार पहिले दक्षिणी गाजाको रफाहमा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समितिको सवारीबाट स्थानान्तरण गरिएको छ ।
विदेशबाट फर्किनेलाई तालिमको तयारी
दक्ष भएर वैदेशिक रोजगारीमा जान चाहने र विदेशबाट फर्किएर देशमै केही गर्ने योजना भएकालाई वैदेशिक रोजगार बोर्डले विभिन्न १८ वटा विधामा निःशुल्क एकमहिने तालिम दिने तयारी गरेको छ ।
समृद्ध नेपालका लागि चीनसँगको आर्थिक–कूटनीतिमा जोड
विज्ञहरूले नेपाललाई समृद्ध बनाउन चीनबाट पाठ सिक्नुपर्ने सुझाव दिएका छन् । शनिबार काठमाडौंमा फ्रेन्ड्स अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपालद्वारा आयोजित ‘नेपाल–चीन साझेदारीः नेपालको वित्तीय वृद्धिलाई अगाडि बढाउने’ कार्यक्रमका सहभागीहरूले यस सम्बन्धमा आफ्नो विचार राखेका थिए ।
एक करोड पुरस्कारको ‘मेरा डान्स र मेरो भ्वाइस युनिभर्स’आयोजना हुने
विदेशमा रहेको दोस्रो पुस्ताका नेपालीलाई मुलुकसँग जोड्ने र कलासंस्कृतिलाई बचाउने अभियानका रूपमा ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’ आयोजना हुने भएको छ । यसको पुरस्कार राशि एक करोड रुपियाँ रहेको छ । अस्ट्रेलिया छनोट यही आइतबार सिडनीको ग्रानभिलस्थित रातो घरमा आयोजना हुने भएको छ ।
उपप्रधानमन्त्री सिंहसँग जापानी राजदूत मायदाको भेट
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि जापानी राजदूत तोरु मायदाले शिष्टाचार भेट गर्नुभएको छ । सहरी विकास मन्त्रालयमा बिहीबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ ।
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बेलायती राजदूतको भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बेलायतका राजदूत रोब फेनबिच शिष्टाचार भेटवार्ता भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रममा सहभागी हुने क्रममा आज भएको भेटमा उहाँहरुबिचमा दुई देशबिचको ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको थियो ।
अमेरिकी सहायता रोकिएपछि नेपालमा दर्जनौं परियोजनाको भविष्य अन्योलमा
अमेरिकी सहयोगका दुई ठुला सहायता रोकिएपछि नेपालमा दर्जनौं परियोजनाको भविष्य अन्योलमा परेको छ । बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), युएसआइडीबाट अमेरिकी सरकारले नेपाललाई दिने ठुलो सहायता रोकेपछि सञ्चालित योजनाहरुको भविष्य के हुने भन्नेबारे अन्योलता देखिएको हो ।
‘ओडिसाको समस्या कूटनीतिक माध्यमबाट समाधान भयो’
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किनुभएको छ ।
साउदीमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा साउदी अरबको रियादस्थित नेपाली राजदूतावासमा बुधबार एक कार्यक्रम आयोजना गरियो ।
वैदेशिक रोजगारीमा जाने पन्ध्र प्रतिशतले बढे
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १५ प्रतिशतले बढेको छ ।
ओडिसा घटनाको पाठ : नेपाली विद्यार्थीको सुरक्षामा चिन्ता
भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युसँगै वैदेशिक अध्ययनमा गएका अन्य विद्यार्थीको सुरक्षाको विषयमा पनि चिन्ता र चासो बढेको छ ।
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीद्वारा भारतीय मन्त्रीसँग कुराकानी
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा बुधबार ओडिसाका उच्च शिक्षा मन्त्रीसँग फोनमा कुराकानी गर्नुभएको छ ।
पाँच नेपाली खेलाडीले दक्षिण एशियाली एथलेटिक्स क्रस कन्ट्री खेल्ने
नेपालका पाँच खेलाडीले पाकिस्तानमा हुने दक्षिण एशियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी फागुन ११ गते पाकिस्तानको इस्लामावादमा उक्त प्रतियोगिता हुँदैछ ।
यूएई नेताहरूबाट राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रजातन्त्र दिवसको शुभकामना
संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई प्रजातन्त्र दिवसको अवसरमा बधाई सन्देश पठाउनु भएको छ ।
ओडिसा घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन भइरहेको छ : मन्त्री सिंह
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले भारतको ओडिसा घटनाको सत्यतथ्य पत्ता लगाउन दिल्लीस्थित नेपाली राजदूतावासबाट दुई जना कर्मचारी खटाइएको बताउनुभएको छ । घटनाको सत्यतथ्य पत्ता लागेपछि मात्र नेपाल सरकारले एक्सन दिने उहाँले बताउनुभयो ।
उडिसा घटना : विद्यार्थीको टिकट खर्च संस्थाले नै व्यहोर्ने
भारतको उडिसामा भएको घटनाका प्रकृति लम्सालको निधन भएपछि छात्रावास छोडेर नेपाल आएका विद्यार्थीहरुको आतेजाते टिकट खर्च उक्त शैक्षिक संस्थाले नै व्यहोर्ने तथा कसैको परीक्षा छुट्न गएमा पुनः परीक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रकृति लम्सालको मृत्युबारे निरन्तर ‘फलोअप’मा छौँः परराष्ट्रमन्त्री देउवा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मन्त्रालयले निरन्तर रूपमा ‘फलोअप’ गरिरहेको बताउनुभएको छ ।
प्रकृति लम्साल मृत्यु प्रकरणः कलेजका पाँच जना कर्मचारी निलम्बित
नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) पाँच जना कर्मचारीलाई निलम्बित गरेको छ ।
अमेरिकाको टेक्सास : नेपाल परेडमा झाँकी प्रदर्शन
संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका नेपाली समुदायले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरेका छन् । नेपालीहरुले टेक्ससको संसदबाट फेब्रुअरी १६ लाई ‘नेपाल दिवस’ घोषणा भएको दिनको सम्मान गर्दै ‘नेपाल–डे परेड’ मा सो झाँकी प्रदर्शन गरिएको हो ।