युएईमा प्रतिबद्धतालगत्तै स्वास्थ्य मन्त्री पौडेलको घोषणा कार्यान्वयनमा
दुई दिन अघि संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको नेपाली श्रमिकहरूको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि निर्णय भएको छ ।
करिब आठ लाखलाई श्रम स्वीकृति
पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या करिब आठ लाख पुगेको छ ।
पोप फ्रान्सिसको निधन
इसाई धर्मगुरु पोप फ्रान्सिसको सोमबार निधन भएको छ । निमोनियाबाट ग्रसित उहाँको ८८ वर्षको उमेरमा निधन भएको सञ्चार माध्यमले जनाएका छन् । उहाँ लामो समयदेखि बिरामी भएर आराम गरिरहनुभएको थियो ।
विदेशिएका श्रमिकका लागि थप स्वास्थ्य कार्यक्रम ल्याइने स्वास्थ्यमन्त्रीको घोषणा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले युएईमा नेपाल फेस्टिभल २०२५ को उद्घाटन गरेका छन् । दुबईको क्रिक पार्कमा आइतबार सम्पन्न फेस्टिभलको उद्घाटन गर्दै मन्त्री पौडेलले विदेशिन बाध्य श्रमिकको स्वास्थ्य समस्या चिन्ताको विषय भएको भन्दै यसको समाधानका लागि केही कार्यक्रम ल्याइने घोषणा गर्नुभएको हो ।
ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै
भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उहाँ यहाँ आउनलाग्नुभएको हो ।
अव्यवस्थित सहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताउनुभएको छ ।
नेपाल बेल्जियम दिवस सम्पन्न
एनआरएनए बेल्जियमले नेपालमा परोपकारी काम गरिरहेका बेल्जियन नागरिक एवम् संस्थालाई सम्मान गर्दै ‘नेपाल बेल्जियम दिवस’ सम्पन्न भएको छ।
पाकिस्तानको ८५ औं राष्ट्रिय दिवस काठमाडौँमा मनाइयो
पाकिस्तानको ८५औँ राष्ट्रिय दिवसका अवसरमा काठमाडौँस्थित पाकिस्तानी दूतावासले मङ्गलबार साँझ स्वागत समारोहको आयोजना गर्यो । उपराष्ट्रपति डा. रामसहायप्रसाद यादवले प्रमुख अतिथिको रूपमा कार्यक्रमको उद्घाटन गर्नुभएको पाकिस्तानी दूतावासले जनाएको छ ।
इलाममा रमाएर फर्किए विभिन्न देशका राजदूत
विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरूलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइ पर्यटन प्रवर्धन गरिएको छ । नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक, संस्कृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनाको प्रवर्धन गरिएको हो ।
अस्ट्रेलियाको क्यानवेरामा पशुपतिनाथको मन्दिर बन्ने
अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमाझ सनातन धर्मसंस्कृतिको संरक्षण गर्ने र यहाँ बसोबास गर्ने नेपाली समुदायको हितका लागि क्रियाशील सनातन समाज अष्ट्रेलियाले
म्यानमारमा स्वास्थ्य सेवा पुर्याउने टोलीलाई सम्मान
भूकम्पग्रस्त म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी स्वदेश फिर्ता हुनुभएका विशेषज्ञ चिकित्सक तथा विपत व्यवस्थापनको विशेष टोलीलाई सैनिक मुख्यालय जङ्गी अड्डाले सम्मान गरेको छ ।
अमेरिकामा तेक्वान्दो निर्णायक काजल सम्मानित
नेपाली तेक्वान्दो निर्णायक काजल श्रेष्ठ अमेरिकामा सम्मानित हुनुभएको छ ।
बेलायती सभामुखसँग नेपाली राजदूतको शिष्टाचार भेट
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गर्नुभएको छ ।
सांस्कृतिक र राजनीतिक रूपमा नेपाल भारतसम्बन्ध महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल भारतसम्बन्ध विशिष्ट प्रकारको रहेको बताउनुभएको छ । नेपाल–भारत मैत्री सङ्घले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाल र भारतसम्बन्ध जनस्तरमै रहेको बताउनुभयो ।
चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता
चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को उच्चस्तरीय भ्रमण दलले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को चोकिङ सहरका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेको छ ।
चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने
चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ ।
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूतको शिष्टाचार भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत वेन्जामिन साइडेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य
नेपाल र भारत बिचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बिच काठमाडौंंमा वार्ता सुरु भएको छ ।
माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ सहरमा आइपुगेको छ ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत
बेल्जियम अधिराज्यका लागि नेपालकी राजदूत सेवा लम्सालले त्यहाँका नरेश फिलिपेसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
म्यान्मारका भूकम्पपीडितलाई राहत सामग्री
नेपाल उद्योग वाणिज्य महासङ्घले म्यान्मारका भूकम्पपीडितलाई राहत सामग्री हस्तान्तरण गरेको छ । महासङ्घ विपत् व्यवस्थापन समिति सभापति भक्त हमालले गृह मन्त्रालयका प्रतिनिधिमार्फत राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गर्नुभएको छ ।
युएस हलिउड तेक्वान्दो ३०औँ वर्षमा
युएस वर्ड क्लास (युएसडब्लुसी) तेक्वान्दो–हलिउडले आफ्नो स्थापनाको ३०औँ वार्षिक उत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ ।
स्वास्थ्यमन्त्री पौडेल न्युयोर्कमा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्युयोर्क आइपुग्नु भएको छ ।