‘देशको चिन्ता गर्नु नागरिकको कर्तव्य’
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशबारे चिन्ता गर्नु हरेक नागरिकको कर्तव्य भएको उल्लेख गर्नुभएको छ । प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई बेलायतमा सम्बोधन गर्दै उहाँले देशप्रति अपेक्षा हुनेले नै चिन्ता र प्रतिक्रिया व्यक्त गर्ने बताउनुभयो ।
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध तथा पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिनुभएको छ ।
मुख्यमन्त्री कार्की र राजदूत चेन सोंगबिच भेट
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि चीनका राजदूत चेन सोंगबिच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मुख्यमन्त्री कार्की र राजदूत सोंगबिच भेट भएको हो ।
राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि फिनल्याण्डका राजदूत रीना रिक्का हेइकाले बिदाइ भेट गर्नुभएको छ ।
साझेदारी र कनेक्टिभिटी नेपाल भारत साझा समृद्धिका आधारः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भारतबिचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताउनुभएको छ ।
उपराष्ट्रपति यादव स्वागत समारोहमा
उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।
संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिने बढी
संस्थागतभन्दा व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको छ ।
कोलम्बियामा एनआरएनको शाखा गठन
कोलम्बियामा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को ९२औँ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) स्थापना भएको छ । तदर्थ समितिको अध्यक्षमा छत्रबहादुर मैनाली चयन हुनुभएको छ ।
लन्डन दूतावासमा नेपाल पर्यटन प्रवर्धन साँझ
लन्डनस्थित नेपाली दूतावासले पर्यटन बोर्डसँगको सहकार्यमा शुक्रवार साँझ पर्यटन प्रवर्धन सम्बन्धी विशेष कार्यक्रम ‘नेपाल नाइट’ गरेको छ ।
दिव्यदीप माविमा भारत सरकारको सहयोगमा छात्रावास र चमेनागृह
उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङमा भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा विद्यालयमा २४ कोठे आवासीय छात्रावास तथा चमेनागृह भवनको शिलान्यास गरिएको छ ।
नेपालको टीपीएस खारेज, दुई महिनाभित्र अमेरिका छोड्नुपर्ने
अमेरिकी गृह सुरक्षा विभागले नेपालको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । बिहीबारबाट लागू हुने गरी ६० दिनभित्र अमेरिकामा बस्दै आएका नेपालीहरुले स्वैच्छिकरुपमा अमेरिका छोड्नुपर्नेछ वा अन्य वैकल्पिक कानुनी मार्ग अपनाउनुपर्नेछ ।
विपद्को सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक
गृहसचिव गोकर्णमणि दुवाडीले विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्य बढाउनुपर्ने बताउनु भएको छ।
आईपीएल विजयोत्सवमा भागदौड : ११ जनाको मृत्यु
बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै ठूलो भीड जुट्दा बुधबार भागदौड मच्चिएको छ । यस घटनामा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
मन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेटवार्ता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत युसुफ अब्देलघानीले मङ्गलबार शिष्टाचार भेटवार्ता भएको छ ।
वैदेशिक रोजगारीको करिब चालिस प्रतिशत युएईमा मात्र
नेपालको वैदेशिक रोजगारीको करिब ४० प्रतिशत हिस्सा संयुक्त अरब इमिरेट्स (युएई) मा केन्द्रित भएको छ ।
पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि हालै नियुक्त भएका पाँच मुलुकका गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
अध्यक्ष यादव र मलेसियन राजदूतबिच नेपाली श्रमिकको समस्या बारे छलफल
मलेसिया भ्रमणमा रहनुभएका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सेनाबिच नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर बारे छलफल भएको छ।
नेत्र विशेषज्ञ डा. रुइत रालेमा
विश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले देश, देशको माटो र देशका जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सक्यौँ भने नेपालले फड्को मार्ने बताउनुभयो ।
स्याटलाइट र डेटा सेन्टर बनाउन जापानी प्रविधि प्रयोग गर्ने छौं : सञ्चारमन्त्री गुरुङ
जापान भ्रमणमा रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले नेपालले आफ्नै स्याटलाइट र डेटा सेन्टर बनाउँदा जापानी प्रविधिको प्रयोग गर्ने बताउनुभएको छ ।
परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गएराति स्वदेश फर्कनुभएको छ ।
सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
बेल्जियममा उभौली साकेला
किरात समुदायको मौलिक चाड उभौली साकेला ५०८५ बेल्जियममा मनाइएको छ । किरात राई सोसाइटी बेल्जियमको आयोजनामा बेल्जियमको ऐतिहासिक सहर लुभेनमा भव्य रूपमा साकेला सम्पन्न भएको हो।
‘नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने कुरामा अडिग छौँ’
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबिच शुक्रबार हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ ।
संस्कृति र सभ्यताबिच समझदारी बढाउनु आवश्यक
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति, स्थिरता र सद्भावका लागि विभिन्न संस्कृति र सभ्यताहरूबिच समझदारी बढाउनु अत्यन्त आवश्यक रहेको बताउनुभएको छ ।