श्रम गन्तव्य युरोपतर्फ मोड्ने तयारी
सरकारले नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देश हुँदै आएका मलेसिया र खाडीका मुलुकको विकल्पमा युरोपतर्फ ‘मोड्ने’ तयारी गरेको छ ।
तटीय बस्ती बग्दा छ हजारभन्दा बढीको मृत्यु
लिबियामा तटीय क्षेत्रको ठुलो भूभाग समुद्रमा बग्दा जनधनको व्यापक क्षति भएको छ। मङ्गलबार रातिको घटनामा छ हजारभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। १० हजारभन्दा बढी मानिस हराइरहेका छन्। आँधीपछिको मुसलधारे वर्षाले डेर्ना नदीका दुई वटा बाँध फुट्दा आएको बाढी समुद्रमा मिसिएपछि भीषण बाढीसहित समुद्रको छाल बस्तीमा पसेर जनधनको व्यापक क्षति गरेको हो। विश्व मौसम सङ्गठनका अनुसार आँधी प्रतिघण्टा ८० किलोमिटरको तेज गतिमा आएको थियो। जसले दुई वटा बाँध फुटाएपछि डेर्ना र आसपासका सहरका बस्ती समुद्रमा बग्न पुगेका हुन्। विपत्मा परेकाको उद्धारमा कठिनाइ आएकाले हजारौँ
‘श्रमिकलाई अप्ठ्यारो पर्ने अवस्था नआओस्’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न देशमा नेपालको प्रतिनिधित्व गर्ने राजदूतलाई नेपाली श्रमिकको हितमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र नेपालको पर्यटन प्रवद्र्धन हुने खालका कार्यक्रम गर्न पनि निर्देशन दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबारदेखि सुरु भएको ‘श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधान’ विषयक दुई दिने छलफललाई मङ्गलबार सम्बोधनका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।विदेशमा रहेका नेपाली श्रमिकले विभिन्न प्रकारका समस्यामा परेका कुरा आफूसमक्ष दिनहुँ ठुलो सङ्ख्यामा आउने गरेको भन्दै उहाँले भन्नुभयो, “हाम्रा श्रमिकलाई गन्तव्य देशमा अप्ठ्यारोमा पर्ने अवस्था नआओस् । श्रमिकलाई सुरक्षित हुने वातावरण बनाउनुहोस् । यसका लागि सरकारले पूर्ण साथ दिने छ ।”
भूतपूर्व गोर्खाहरुको समस्या समाधानमा बेलायत सकारात्मक
गोरखाहरू सेवा निवृत्त हुँदा १८ वर्षभन्दा कम उमेरका छोराछोरीलाई बेलायतको आवासीय भिसा दिने सम्बन्धमा संयुक्त अधिराज्य (बेलायत) सकारात्मक देखिएको छ ।
दक्षिण एसियाली मुलुकका शिक्षाकर्मी सम्मानित
प्रथम ‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट नेपाल, भारत र भुटानका शिक्षासेवी र संस्था सम्मानित भएका छन् ।
विनम आइरनम्यान विश्व च्याम्पियनसिप खेल्ने पहिलो नेपाली
विश्वकै साहसिक खेलको रुपमा रहेको विश्व आइरनम्यान च्याम्पियनसिपमा नेपालका विनम श्रेष्ठले भाग लिनुभएको छ । आइरनम्यान विश्व च्याम्पियनसिपमा भाग लिने विनम नेपालका पहिलो खेलाडी हुनुहुन्छ ।
परराष्ट्रमन्त्री साउद न्यूयोर्क प्रस्थान
परराष्ट्र मन्त्री नारायणप्रकाश साउद अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगले यही सेप्टेम्बर १४ तारिखमा न्यूयोर्कमा आयोजना गर्न लागेको “शान्ति निर्माणमा शिक्षाको भूमिका” कार्यक्रममा सहभागी हुन उहाँ आज (मङ्गलबार) त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
भ्रमण रद्द गरी महासचिव पोखरेलको टोली आज नेपाल फर्किँदै
नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गए राति आकस्मिक निधन भएपछि पार्टी महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली भ्रमणका सबै कार्यक्रम रद्द गरी आजै नेपाल फर्कने भएको छ ।
राष्ट्रपति पौडेल र सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट पार्कबिच भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेट गर्नुभएको छ । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्नुहुँदै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राख्नुभएको थियो ।
आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपिए नेपाल प्रतिनिधिबिच भेट
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ ।
वैदेशिक रोजगारीका समस्या सम्बोधनका लागि राजदूतहरूसहितको उच्चस्तरीय अन्तरक्रिया
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले श्रम आप्रवासन सम्बन्धी समस्याहरू र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गर्नुभएको छ।
श्रम गन्तव्यलाई सुरक्षित बनाउन प्रधानमन्त्रीद्वारा बैठकको आव्हान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौँ बोलाउनु भएको छ।
प्रधानमन्त्रीको चीन भ्रमण: विगतका सहमति कार्यान्वयन र विश्वासिलो सम्बन्ध विस्तारमा जोड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निकट भविष्यमा गर्न लाग्नुभएको चीन भ्रमणका क्रममा समेट्नुपर्ने विभिन्न विषयका बारेमा सम्बद्ध पक्षसँग लगातार छलफल गर्नुभएको छ ।
दक्षिण कोरियासँग इपिएसबाहेकको सम्झौता नभएको स्पष्ट
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी श्रमिक लैजाने विषयमा सम्झौता भएको भनेर सामाजिक सञ्जालमार्फत भ्रमित विज्ञापन सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले दक्षिण कोरियासँग रोजगार अनुमति प्रणाली (इपिएस) मा नेपाली श्रमिक पठाउने सम्झौताबाहेक अन्य कुनै सम्झौता नभएकाले त्यस्ता गलत सूचनाको विश्वास नगर्न विज्ञप्तिमार्फत सचेत गराएको छ ।
जि–२० मा एयुलाई सदस्य बनाउनु ठिक छ : इजिप्ट राष्ट्रपति
इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकन युनियन (एयु) लाई जी –२० को समूहमा पूर्ण सदस्यको रूपमा समावेश गर्नु स्वागतयोग्य भएको बताउनुभएको छ ।
हिमालय एयरलाइन्सद्वारा चीनको छिङदाओमा उडान सुरु
हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो ।
कोरलामा लाग्ने अन्तरदेशीय व्यापार मेला चार वर्षदेखि रोकिँदा स्थानीय मर्कामा
मुस्ताङको कोरला नाकामा परम्परागत रूपमा लाग्ने अन्तरदेशीय व्यापार मेला रोकिँदा माथिल्लो मुस्ताङका स्थानीयहरूको जनजीवन प्रभावित भएको छ । कोभिड–१९ को महामारीका कारण रोकिएको व्यापार मेला अझै अझै सञ्चालन भएको छैन ।
परमाणु हतियारको प्रयोगविरुद्ध जी–२०
विश्वका शक्तिशाली अर्थतन्त्रयुक्त मुलुकको समूह जी–२० ले परमाणु हतियारको धम्की वा त्यसको प्रयोग स्वीकार गर्न नसकिने घोषणा गरेका छन्। भारतमा शनिबारदेखि सुरु भएको जी–२० समूहको शिखर सम्मेलनले पारित गरेको घोषणापत्रले युक्रेन युद्धलाई औँल्याउँदै दिगो शान्तिको पक्षधरता देखाएका हुन्। रुसको नाम नलिई जी–२० सदस्य मुलुकले बाली घोषणापत्रको स्मरण गराएका छन्। जस अनुसार युक्रेनमा दिगो शान्तिका लागि सबै देशले संयुक्त राष्ट्रसङ्घको बडापत्रको सिद्धान्त अनुसार काम गर्नुपर्नेमा जोड दिएका छन्। घोषणापत्रमा सदस्य राष्ट्रहरूलाई आफ्नो सिमाना विस्तार गर्न बल प्रयोग वा धम्कीबाट अलग रहन पनि स्मरण गराइएको छ।
विश्व शान्तिको सन्देशका लागि शिखर सम्मेलन हुँदै
विश्वभर दिगो शान्ति कायम गर्ने र शान्तिको महत्वबारे सचेतना जगाउने उद्देश्यले तीन दिने शिखर सम्मेलन हुनेभएको छ । हेभन्ली कल्चर, वल्र्ड पिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको आयोजनामा आगामी सेप्टेम्बर १८ देखि २० (असोज १ देखि ३) सम्म सो सम्मेलन हुन लागेको हो ।
थ्री गर्जेज कलेज र मदन भण्डारी फाउन्डेसनबीच पाँच बुँदे सम्झौता
चीनको प्रमुख शहर छोङछिङस्थित ‘छोङछिङ थ्रि गर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमुलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्नेगरी पाँच बुँदे सम्झौता भएको छ ।
स्वास्थ्यमन्त्री बस्नेत र इजिप्टका स्वास्थ्यमन्त्री गफारबीच भेटवार्ता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र इजिप्टका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.खालेद अब्देल गफारबीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिद्वारा स्वीट्जरल्याण्डका लागि राजदूत नियुक्त
राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा २८२ को उपधारा १ बमोजिम स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गर्नुभएको हो ।
मानवकेन्द्रित विश्वव्यापीकरण
हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण गर्न प्रयास गर्ने छ, जसले सारा विश्वलाई भरणपोषण गर्ने छ; जहाँ कलहलाई एकताले मात दिने छ र जहाँ साझा भाग्यले एकाकीपनलाई ओझेलमा पार्ने छ । जी–२० को अध्यक्ष भएको नाताले हामीले विश्व मञ्चलाई अझ ठुलो बनाउने वाचा गरेका छौँ ता कि सबैको आवाज सुनियोस् र सबैले योगदान पुर्याऊन् ।‘वशुधैव कुटुम्बकम्’ – यी दुई शब्दले गहिरो दर्शन बोकेको छ । यी दुई शब्दको अर्थ हुन्छ, “यो पृथ्वी एउटा परिवार हो ।” यो समावेशी दृष्टिकोणले हामीलाई हाम्रा सिमाना, भाषा र दर्शनभन्दा माथि उठेर एक विश्वव्यापी परिवारका रूपमा अघि बढ्न प्रेरित गर्दछ । भारतको अध्यक्षतामा आयोजित यस पटकको जी–२० शिखर सम्मेलनका दौरान यो भावना मानवकेन्द्रित विकास एवं प्रगतिको आह्वानका रूपमा जागृत भएको छ । एक पृथ्वीका रूपमा हामी हाम्रो ग्रहलाई सम्भार गर्न हातेमालो गर्दै छौँ । एक परिवारका रूपमा हामी प्रगति प्राप्तिका लागि एक अर्काको सहारा बन्छौँ । अनि हामी साझा भविष्य वा एक भविष्यतर्फ सँगै अघि बढ्छौँ; जुन अहिलेको अन्तरसम्बन्धित समयको अकाट्य वास्तविकता पनि हो ।कोभिड–१९ महामारीपछिको विश्व व्यवस्था पहिलेकोभन्दा बिल्कुल फरक छ । अहिलेको विश्व व्यवस्थामा तीन वटा परिवर्तन देख्न सक्छौँ । पहिलो,जिडिपीकेन्द्रित विश्व दृष्टिकोण छाडी मानवकेन्द्रित दृष्टिकोण अँगाल्नुपर्ने आवश्यकताको बोध भएको छ । दोस्रो, विश्वले विश्वव्यापी आपूर्ति शृङ्खलामा उत्थानशीलता र विश्वसनीयताको महìव बुझ्दै गएको छ । तेस्रो, विश्वव्यापी संस्थाहरूको सुधारमार्फत बहुपक्षीयतालाई सुदृढ बनाउन आवाज उठेका छन् । जी–२० मा हाम्रो अध्यक्षताले यी परिवर्तनमा अहम् भूमिका निर्वाह गरेको छ । सन् २०२२ को डिसेम्बरमा जब हामीले इन्डोनेसियापछि जी–२० कोे अध्यक्षता हासिल गर्यौँ, मैले जी–२० ले मानसिकता परिवर्तनमा उल्लेख्य भूमिका खेल्नुपर्ने उल्लेख गरेको थिएँ । यो भावना ग्लोबल साउथ र अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकाङ्क्षालाई मूल प्रवाहमा ल्याउने सन्दर्भमा झनै आवश्यक देखिन्छ । सन् २०२३ जनवरीमा आयोजित १२५ राष्ट्रको सहभागिता भएको ‘द भ्वाइस अफ ग्लोबल साउथ’ शिखर सम्मेलन हाम्रो अध्यक्षता अन्तर्गत भएको प्रमुख पहलहरूमध्येको एक हो । सो सम्मेलन ग्लोबल साउथका सुझाव एवं विचारलाई एक ठाउँमा ल्याउने महìवपूर्ण प्रयास थियो । हाम्रो अध्यक्षतामा ग्लोबल साउथ शिखर सम्मेलनमा अफ्रिकी मुलुकको हालसम्मकै ठुलो सहभागिता रह्यो भने अफ्रिकी सङ्घलाई जी–२० को स्थायी सदस्यका रूपमा समावेश गर्न जोड दिने काम पनि भएको छ । अहिलेको परस्पर सम्बन्धित विश्वमा हाम्रा चुनौती पनि अन्तरसम्बन्धित छन् । २०३० एजेन्डाको मध्यवर्षमा आइपुग्दा धेरैले दिगो विकासका लक्ष्य (एसडिजिएस) प्राप्तिमा भएको प्रगतिबारे चासो एवं चिन्ता प्रकट गरेका छन् । दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रयासलाई गति दिन अघि सारिएको जी–२० २०२३ कार्ययोजनाले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि जी–२० को कार्यदिशा तय गर्ने छ । भारतमा प्राचीन कालदेखि नै प्रकृतिसँग सङ्गतिमा जीवन बिताउने चलन रहिआएको छ र हामीले आधुनिक कालमा पनि जलवायु अनुकुलन कार्यमा आफ्नो तर्फबाट योगदान गरिरहेका छौँ । ग्लोबल साउथका धेरै देश विकासका विभिन्न चरणमा रहेका छन् र जलवायु अनुकूलन कार्यलाई पनि उत्तिकै ध्यान दिन जरुरी छ । जलवायु अनुकूलन कार्य जलवायु वित्त तथा प्रविधिको हस्तान्तरणसँग मेल खाने गरी अघि बढाउनु पर्छ । जलवायु परिवर्तन रोक्न के गर्न हुँदैन भन्ने विशुद्ध प्रतिबन्धात्मक मनोवृत्तिबाट हटेर के गर्न सकिन्छ भन्ने रचनात्मक विचार अँगाल्न आवश्यक छ ।The Chennai HLPs for a Sustainable and Resilient Blue Economy. हाम्रा समुद्रलाई स्वस्थ एवं स्वच्छ राख्नेतर्फ केन्द्रित छ । हाम्रो अध्यक्षता र हरित हाइड्रोजन इनोभेसन केन्द्रको पहलले सफा र हरित हाइड्रोजनका लागि पारिस्थितिकी प्रणाली निर्माण गर्ने छ । सन् २०१५ मा हामीले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सुरुवात गर्यौँ । हामी अब ग्लोबल बायोफ्युल्स एलायन्समार्फत चक्रीय अर्थतन्त्रका फाइदा अनुरूप ऊर्जा परिवर्तन सक्षम बनाउन विश्वलाई नै सहयोग गर्ने छौँ । जलवायु अनुकूलन कार्यको लोकतान्त्रिकीकरण आन्दोलनलाई गति दिने उत्तम तरिका हो । जसरी व्यक्तिहरूले आफ्नो दीर्घकालीन स्वास्थ्यलाई ख्याल गर्दै दैनिक निर्णय गर्छन्, त्यसरी नै तिनीहरूले आफू बस्ने ग्रहको दीर्घकालीन स्वास्थ्यमा परेको असरका आधारमा आफ्ना जीवनशैलीसँग सम्बन्धित निर्णय गर्न सक्छन् । जसरी योग स्वास्थ्यका लागि विश्वव्यापी जनआन्दोलन बनेको छ, त्यसै गरी हामीले विश्वलाई Lifestyles for Sustainable Environment (LIFE) तर्फ अग्रसर गराएका छौँ ।जलवायु परिवर्तनको प्रभावका कारण खाद्य र पोषण सुरक्षा सुनिश्चित गर्नु महत्वपूर्ण हुने छ । कोदोजन्य बाली वा श्री अन्नले यसलाई समाधान गर्न मद्दत गर्नुका साथै limate–smart agriculture लाई प्रवर्धन गर्ने छ । अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षमा हामीले कोदोजन्य बालीलाई विश्वका भान्सा–भान्सामा पुर्याएका छौँ । खाद्य सुरक्षा र पोषणसम्बन्धी डेक्कन उच्चस्तरीय सिद्धान्त पनि यस दिशामा सहयोगी छन् । प्रविधि परिवर्तनशील छ तर यसलाई समावेशी बनाउन पनि उत्तिकै जरुरी छ । विगतमा प्राविधिक विकासका फाइदाले समाजका सबै वर्गलाई समान रूपमा लाभान्वित तुल्याएको थिएन । भारतले पछिल्ला केही वर्षमा प्रविधिलाई व्यापक बनाउनुको सट्टा कसरी असमानता घटाउनमा उपयोग गर्न सकिन्छ भनेर देखाएको छ । उदाहरणका लागि बैङ्कको पहुँचबाट टाढा वा डिजिटल पहिचानविहीन विश्वभरिका अर्बौं मानिसलाई डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (डिपिआई) मार्फत आर्थिक रूपमा समावेश गर्न सकिन्छ । डिपिआईको प्रयोग गरेर निर्माण गरिएका उपायहरूले अहिले विश्वव्यापी रूपमै मान्यता पाएका छन् । समावेशी विकासको शक्तिबाट आर्जन हुने लाभ बटुल्न अब जी–२० मार्फत हामी विकासशील देशहरूलाई डिपिआई अपनाउन, विकास गर्न र मापन गर्न मद्दत गर्ने छौँ ।भारत सबैभन्दा छिटो वृद्धि भइरहेको ठुलो अर्थतन्त्र भएको मुलुक यसै बनेको होइन । हाम्रा सरल, मापनयोग्य र दिगो समाधानले कमजोर र सीमान्तकृतलाई हाम्रो विकास कथाको नेतृत्व गर्न सशक्त बनाएको छ । अन्तरिक्षदेखि खेलकुद, अर्थतन्त्रदेखि उद्यमशीलतासम्म, भारतीय महिलाले विभिन्न क्षेत्रमा नेतृत्व लिएका छन् । उनीहरूले ‘महिलाको विकास’ भाष्यलाई ‘महिला नेतृत्व विकास’ मा परिवर्तन गरिदिएका छन् । लैङ्गिक डिजिटल असमानतालाई कम गर्न, श्रम शक्ति सहभागिता विभेदलाई घटाउन र नेतृत्व र निर्णय प्रक्रियामा महिलाको बृहत् भूमिका सुनिश्चित गर्न हाम्रो अध्यक्षतामा रहेको जी–२० ले काम गरिरहेको छ । भारतका लागि जी–२० अध्यक्षता केवल उच्च तहको कूटनीतिक प्रयास मात्र होइन । भारत लोकतन्त्रको जननी र विविधताको नमुना भएकाले हामीले यो अनुभवका ढोका विश्वका लागि खोलिदिएका छौँ । आज मापनमा हासिल हुने चिजहरू एक गुण हो; जुन भारतसँग जोडिएको छ । जी–२० अध्यक्षता कुनै अपवाद होइन । यो मानव सञ्चालित आन्दोलन बनेको छ । हाम्रो कार्यकालको समाप्तिसम्ममा भारतका ६० वटा सहरमा २०० भन्दा बढी बैठकको आयोजना र १२५ देशका लगभग एक लाख प्रतिनिधिको स्वागत गर्ने छौँ । यसअघिका कुनै पनि जी–२० शिखर सम्मेलनले यत्तिको विशाल र भौगोलिक विविधतालाई समेटेको छैन । भारतको जनसङ्ख्या, लोकतन्त्र, विविधता र विकासबारे अरू कसैबाट सुन्नु र भारतका यी विशेषतालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनु बिल्कुलै फरक कुरा हो । म विश्वस्त छु, हाम्रा जी–२० का प्रतिनिधिले आफ्नो अनुभवबाट यस कुराको पुष्टि गर्नेछन् । हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण गर्न प्रयास गर्ने छ, जसले सारा विश्वलाई भरणपोषण गर्ने छ; जहाँ कलहलाई एकताले मात दिने छ र जहाँ साझा भाग्यले एकाकीपनलाई ओझेलमा पार्ने छ । जी–२० को अध्यक्ष भएको नाताले हामीले विश्व मञ्चलाई अझ ठुलो बनाउने वाचा गरेका छौँ ता कि सबैको आवाज सुनियोस् र सबैले योगदान पुर्याऊन् । हाम्रो प्रतिबद्धता हाम्रा कार्य र परिणामसँग मेल खान गएको म यहाँ उल्लेख गर्न चाहन्छु । स्रोत: नेपालस्थित भारतीय दूतावास
संयुक्त सैनिक अभ्यास हुँदै
नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबिच संयुक्त अभ्यास हुने भएको छ । यही भदौै २४ देखि असोज १२ गतेसम्म ‘जोइन्ट कम्बाइन्ड एक्सचेन्ज (जेसिइटी) ब्यालेन्स नेल ४० औँ शृङ्खला काठमाडौँमा हुन लागेको हो ।