प्रधानमन्त्री चीन भ्रमण : द्विपक्षीय वार्ता सुरु
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।
चिनियाँ जनकाँग्रेसका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता
चिनिया जनकङ्ग्रेसका अध्यक्ष झाओ लेचिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणलाई चीनले विशेष महत्त्व दिएको बताउनु भएको छ।
प्रधानमन्त्री चीन भ्रमणः आज द्विपक्षीय वार्ता हुँदै
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुन लागेको हो ।
चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्छ : परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।
नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्ने समझदारी
नेपाल उद्योग परिसङ्घ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवर्द्धनका लागि नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ ।
प्रधानमन्त्री प्रचण्ड बेइजिङमा
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुग्नुभएको छ । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ आइपुग्नुभएका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुग्नुभएको हो ।
गैरआवासीय नेपालीलाई नागरिकता विदेशबाटै निवेदन दिन सकिने
गैरआवासीय नेपालीले राजनीतिक र प्रशासनिक अधिकारबाहेकका अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन पाउने बाटो खुलेको छ । सरकारले नागरिकता नियमावली २०६३ मा तेस्रो संशोधन गरेर गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरेको हो । त्यस्तो नागरिकता प्राप्तिका लागि गैरआवासीय नेपालीले विदेशबाटै आवेदन दिन सक्ने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ ।
अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी
अमेरिकामा बस्ने नेपाली समुदायबिच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड चीनमा
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार हाङ्जाउ विमानस्थलमा पुग्नु भएको छ ।
सभामुख घिमिरेद्वारा आयरल्याण्डका राष्ट्रपति हिगिन्ससँग शिष्टाचार भेट
आयरल्याण्ड भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले शुक्रबार साँझ आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाचार भेट गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय सहायता उन्नत तहमा उपलब्ध गराउन प्रधानमन्त्रीकाे आह्वान (सम्बोधनको पूर्णपाठसहित)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२६ भित्र अतिकम विकसित देशको अवस्थाबाट स्तरोन्नति बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति वाइडेनबिच भेटवार्ता
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट बाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु नेपालको प्रमुख एजेण्डा : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताउनुभएको छ । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उहाँले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिपरेको विश्व समुदायलाई जानकारी गराउनुभयो ।
अर्थमन्त्री महत एआइआइबिको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान
अर्थमन्त्री डा. प्रकाशशरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक [एआइआइबि]को वार्षिक बैठकमा सहभागी हुन इजिप्टको राजधानी कायरो प्रस्थान गर्नु भएको छ । उहाँले एआइआइबिको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउनु हुनेछ । उहाँको साथमा राजस्व सचिव डा। रामप्रसाद घिमिरे र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव कञ्चन बस्नेत सहभागी हुनुहुन्छ ।
एचआर सोलुसनको इजाजत रद्द
वैदेशिक रोजगार विभागले युरो एसिया एचआर सोलुसन (म्यानपावर) कम्पनीको इजाजत रद्द गरी सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । युवालाई युरोपका विभिन्न देश, जापान र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको पाइएपछि विभागले उक्त म्यानपावर कम्पनीको इजाजत रद्द गरी सञ्चालकविरुद्ध मुुद्दा दायर गरेको हो ।
विश्व नेपाली स्वास्थ्य सम्मेलन : प्रवासीको स्वास्थ्यबारे २० बुँदे घोषणापत्र जारी
पाँच विश्व नेपाली स्वास्थ्य सम्मेलन २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
ब्रसेल्समा संविधान दिवस
नेपालको राष्ट्रिय दिवस (संविधान दिवस)को उपलक्ष्यमा नेपाली राजदूतावासले ब्रसेल्समा स्वागत समारोह आयोजना गरेको छ।
प्रधानमन्त्री प्रचण्ड शनिबार चीन भ्रमणमा जाँदै
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको राजधानी न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार जनवादी गणतन्त्र चीन पुग्दै हुनुहुन्छ ।
आर्थिक सङ्कट समाधान गर्न एसियाली मुलुकबिच सहकार्यमा जोड
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल विश्वमा देखापरिरहेको आर्थिक सङ्कटको समाधानका लागि एसिया प्रशान्त क्षेत्रका मुलुकहरूका बिचमा सहयोग तथा सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानुनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ ।
प्रधान सेनापति शर्मा नयाँदिल्ली जानुहुने
नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा नयाँ दिल्ली जाँदै हुनुुहन्छ ।
सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट
सभामुख घिमिरेले बुधबार राति आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलसँग भेट गर्नुभएको हो । भेटमा दुई देशका संसदबीच संसदीय आदानप्रदान, द्विपक्षीय सहयोग लगायतका विषयमा कुरा भएको भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिनभयो ।
परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्रीबीच भेट
परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ ।
नेपालद्वारा बिबिएनजे सम्झौतामा हस्ताक्षर
नेपालले बायो डाइभर्सिटी बिओण्ड नेशनल जुरिडिक्सन (बिबिएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।