• ११ मंसिर २०८१, मङ्गलबार

मन्त्री परिषद बैठक

परराष्ट्रमन्त्री साउद इजरायल जाने : आउन चाहनेको भाडा सरकारले तिर्ने

blog

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद

काठमाडौं, असोज २४ गते । सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन आज राति ११ बजे नेपाल एयरलाइन्स पठाउने निर्णय गरेको छ । 

बुधवार बसेको मन्त्री परिषद्को बैठकले राति ११ बजे परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा विमान इजरायल जाने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल आउन चाहने नेपालीलाई लिनका विमान जाने र आफैँ जहाजमा चढेर आउन चाहे पनि त्यस्ता व्यक्तिको भाडा सरकारले तिर्ने निर्णय भएको बताउनुभयो ।

इजरायलमा निधन भएका १० नेपालीको शव भने यस जहाजमा ल्याइने छैन । 

मन्त्री गुरुङले भन्नुभयो, ‘‘आज विशेष गरेर इजरायलमा भएको दुःखद् घटनाको सन्दर्भमा सरकारले सुरुदेखि नै पहल गरिरहेको छ । त्यस घटनाका सन्दर्भमा विशेष गरी नेपाल आउन चाहने नेपालीलाई लिनका लागि आज लगभग ११ बजे नेपालबाट नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्री स्वयं त्यस जहाजमा जाने र नेपालीलाई लिएर आउने । अब आउन पाइन भन्ने भन्दा पनि नेपाली लिएर आउने । त्यहाँबाट आफैँ जहाजमा चढेर आउन चाहे पनि त्यस्ता व्यक्तिको टिकटको भाडा पनि सरकारले नै व्यहोर्ने निर्णय भएको छ ।’’

इजरायलमा भएको आक्रमणमा परी मृत्यु भएकाहरूको शव भने जहाजमा ल्याउन नमिल्ने भएकाले छुट्टै ल्याइने बताउनु भयो । 

मङ्गलबार परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार, उद्धार हुन तथा नेपाल फर्कन चाहने ३२४ जना नेपाली नागरिकहरूले राजदूतावासको अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन् । 

विवरण दिनेमध्ये २८८ जनाले नेपाल फर्कन र ३६ जनाले स्थानान्तरण हुन चाहेको बताएका छन् ।

इजरायलमा निधन भएका १० नेपालीको शव भने यस जहाजमा ल्याइने छैन ।