शव ल्याउन सहजीकरणका लागि इजरायलका विदेशमन्त्रीलाई आग्रह
हमासको आक्रमणमा इजरायलमा मारिएका १० जना नेपाली नागरिकको शव नेपाल ल्याउन सहजीकरणका लागि नेपालले इजरायललाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले मङ्गलबार इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन वार्ता गरी उक्त आग्रह गर्नुभएको हो ।
इजरायलबाट २८८ जना नेपाल आउन इच्छुक
परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र इजरायलका विदेश मामिला मन्त्री एली कोहेनबीच आज सम्पर्क टेलिफोन वार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित
यही असोज २६ गतेदेखि नेपाल भ्रमण गर्ने तय भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण स्थगित भएको छ ।
नेपाली सेनालाई दुई स्वर्णसहित सात पदक
संयुक्त अधिराज्य (बेलायत) को वेल्सस्थित वेकनमा सञ्चालन भइरहेको ‘एक्सरसाइज क्याम्बे्रन पेट्रोल २०२३’ मा नेपाली सेनाको टोलीले हालसम्म नेपाली सेनाको टोलीले दुई स्वर्ण, तीन रजत र दुई कांस्य गरी सात पदक प्राप्त गरेको छ ।
नेपालमा लगानी बढाउने विषयमा छलफल
मराकेशमा जारी विश्व बैङ्कको वार्षिक बैठकको सिलसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गर्नुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री र जापानी राजदूतबिच भेटवार्ता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका बिच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामो समयदेखि मित्रवत् सम्बन्ध रहेको बताउनुभयो ।
सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा
इजरायलमा आफ्नो विद्यार्थी मारिएपछि सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ ।
इजरायलबाट १० नेपालीको शव नेपाल ल्याउने पहल सुरु
तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ ।
बङ्करमा फसेका नेपाली विद्यार्थीको उद्धार : आउन चाहनेलाई नेपाल ल्याइने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शोकको घडीमा राजनीतिक दल, नागरिक समाज एकाकार भएर सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकोमा सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ ।
इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारसँग माग गरेका छन् ।
ईयूले नेपालको संविधान र सङ्घीय शासनमा सहयोग गर्ने
नेपालका लागि युरोपियन युनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले नेपालको संविधान र सङ्घीय शासन व्यवस्थासहित समृद्धिका पक्षमा गरिरहेको सहयोगलाई निरन्तरता दिइने बताउनुभएको छ ।
इजरायलमा भएको घटनाप्रति राप्रपाद्वारा दुः ख व्यक्त
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इजरायलमा भएको घटनाप्रति दुः ख व्यक्त गरेको छ ।
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
मृतक नेपालीको शव यथाशक्य छिटो नेपाल ल्याउने तयारी
सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथाशक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ ।
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को विशेष बैठक आह्वान
इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाउनुभएको छ।
अर्थमन्त्री डा. महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान
अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्कोतर्फ प्रस्थान गर्नुभएको छ ।
इजरायलमा रहेका ११९ नेपाली विद्यार्थीलाई स्थानान्तरण गरिँदै छ: कृषि विश्वविद्यालय
इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थीहरू सकुशल रहेको चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जानकारी दिएको छ ।
कृषि विज्ञानमा भविष्य खोज्दै इजरायल पुगेका नारायण उतै अस्ताए
पढ्दै कमाउँदै कार्यक्रममा गत भदौ २५ गते इजरायल गएका कैलाली घोडाघोडी नगरपालिका ४ जनकपुरका नारायणप्रसाद आचार्यको परिवारमा यो समाचार बनाउँदासम्म इजरायलको घटनाबारे पत्तो छैन ।
इजरायलमा भएको घटनाप्रति पूर्वमन्त्री आलेद्वारा दुःख व्यक्त
पूर्वमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले इजरायलमा भएको हिंसात्मक हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीद्वारा संसद्लाई जानकारी
परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीको अवस्थाबारे संसद्लाई जानकारी गराउनुभएको छ ।
इजरायलका नेपालीबारे गृहमन्त्रीको गम्भीर चासो
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबी शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे गम्भीर चासो लिनुभएको छ ।
प्रधानसेनापति शर्मा बेलायत प्रस्थान
प्रधान सेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
बिआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन–नेपाल र भारतको बिचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताउनुभएको छ । आइतबार बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बोटानिक गार्डेनमा जलवायु परिवर्तनसम्बन्धी गोष्ठी
नेपाल–बेलायतबीच मैत्रीसन्धी भएको शतवार्षिकीको अवसरमा स्कटल्याण्डको एडिनवरास्थित रोयल बोटानिक गार्डेनमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।