पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताउनुभएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा अवसरमा आज उहाँले हिमालका मुद्दा सम्बन्धमा आयोजना गर्नुभएको उच्चस्तरीय कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीद्वारा कोप–२८को उच्च स्तरीय बैठकको अध्यक्षता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको हिमालय : जसले हामीलाई जलवायु प्रकोपबाट बचाउँछ विषयक उच्च स्तरीय गोलमेच बैठकमा सम्बोधन गर्नुभएको छ ।
जलवायु परिवर्तनबाट पीडित देशलाई अमेरिकासहित पाँच देशको सहयोग
जलवायु परिवर्तनको ठुलो असर भोगिरहेका देशहरूलाई सहयोग गर्न जलवायु क्षति कोष स्थापना भएको छ ।
हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान
हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठुलो सहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो ।
नेपाल विश्व समुदायको प्राथमिकतामा परेको छ: प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा नेपाल विश्व समुदायको प्राथमिकतामा परेको बताउनुभयो ।
अष्ट्रेलियाद्वारा अमेरिकी सङ्ग्रहालयबाट स्वदेशी अवशेष फिर्ताको स्वागत
अस्ट्रेलियाले अमेरिकी स्मिथसोनियन राष्ट्रिय प्राकृतिक इतिहास सङ्ग्रहालयबाट स्वदेशी अवशेषहरू फिर्ता ल्याउने कामलाई स्वागत गरेको छ ।
जलवायुको असर कम गर्न नेपालका प्रयास अवगत गराउँछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ ।
सिप बिल्डिङतर्फ दक्षिण कोरिया जान बाह्र हजार योग्य
रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि सिप बिल्डिङतर्फको दोस्रो चरणको परीक्षामा १२ हजार ९८ जना उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका अनुसार असोज १ देखि मङ्सिर ७ सम्म सञ्चालन गरिएको पहिलो चरणको सिप बिल्डिङतर्फको परीक्षामा साढे ३५ हजार सहभागी भएकामा भाषा
नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।