नेपाल-भारतीय पर्यटकको सहज र आकर्षक गन्तव्य : पतञ्जली योगपीठका अध्यक्ष बालकृष्ण
भारतको प्रशिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताउनुभएको छ ।
इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्कनुभएको छ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएाक उहाँलाई त्यहीँ हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर आज (बुधबार) स्वदेश फर्कनु भएको हो ।
दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर नेपाल अघि बढेको छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसदले दिगो विकास लक्ष्यलाई केन्द्रविन्दुमा राखेर अघि बढेको बताउनुभएको छ ।
एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक पदक
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाउनुभएको छ ।
नेपालले जित्यो एसिसी यू १९ प्रिमियर कपको उपाधी
नेपालले एसिसी यू १९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो ।
उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ ।
प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको विरोधमा प्रदर्शन
प्यालेस्टाइनमाथि इजरायलले गरेको आक्रमणको विरोधमा इजिप्टमा विशाल प्रदर्शन भएको छ । हजारौँ इजिप्टियनवासी प्यालेस्टाइनको समर्थन गर्दै सडकमा प्रदर्शन गरेका हुन् ।
सुडानी सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा झडप
सुडानी सशस्त्र बल र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीच मध्य खार्तुममा सेनाको जनरल कमाण्ड र खार्तुमको दक्षिणी क्षेत्रहरुमा शनिवार हिंसात्मक झडप भएको छ ।
सामान बिक्री नभएपछि अन्तर्राष्ट्रिय बजार खोज्दै डिडिसी
दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्ना बढी भएका दुग्धजन्य पदार्थ निर्यातका लागि विभिन्न विकल्पको खोजीमा लागेको छ । किसानबाट दुध खरिदको अनुपातमा बिक्री नहुँदा दुग्धजन्य पदार्थको मौज्दात बढ्दै जाँदा त्यसलाई बिक्रीका लागि विभिन्न बजारको खोजीमा लागेको डिडिसीले आफ्नो वस्तु मलेसिया निर्यात गर्नका लागि त्यहाँस्थित कम्पनीसँग छलफल गरेको छ ।
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य, चिनियाँ समकक्षीद्वारा स्वास्थ्यलाभको कामना
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । जनवादी चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि उहाँ बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत हुनुहुन्छ ।
इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौँ आइपुग्ने
हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ ।
कात्तिक १४ गते महासचिव गुटेरेसले संसदमा सम्बोधन गर्नुहुने
इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ ।
शान्ति सैनिकको योगदान उच्च
संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना टोलीमार्फत देशको छवि उँचो बनाउँदै विश्वव्यापी मानव अधिकारका लागि नेपाली शान्ति सैनिकको योगदान उच्च बन्दै गएको छ । शान्ति स्थापनामा नेपाली सैनिक विश्वमा लोकप्रिय बन्दै गएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ । उहाँले विश्वशान्ति स्थापनामा नेपाल महत्वपूर्ण साझेदार रहेको र यो साझेदारी युगौँसम्म कायम रहने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा नै उहाँले प्रस्ट पार्नुभएको छ ।
इजरायली आक्रमणमा नेतृत्व गर्ने महिलाको मृत्यु
हमासको उच्च राजनीतिक नेतृत्वमा निर्वाचित पहिलो महिलाको गाजा पट्टीमा इजरायली आक्रमणमा मृत्यु भएको लडाकू समूहले बिहीबार जनाएको छ ।
परराष्ट्रमन्त्री साउद अमेरिका जाँदै
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले यही कात्तिक ८ देखि १६ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुहुने भएको छ ।
महासचिव गुटेरेस १२ गते नेपाल आउनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउनुहुने भएको छ ।
गाजामा सर्वसाधारणमाथि भएको हमलाप्रति नेपालद्वारा दुःख व्यक्त
नेपाल सरकारले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको हमलाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ । चीन भ्रमणमा रहनु भएका श्रेष्ठलाई गए राती हृदयाघात भएको थियो ।
पेरिस सम्झौताका दायित्व र वित्तीय प्रतिबद्धता पूरा गर्न अन्तर्राष्ट्रिय समुदायलाई उपप्रधानमन्त्री श्रेष्ठको आह्वान
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङमा आज आयोजित तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इण्टरनेशनल कोअपरेशन’को उद्घाटन समारोहमा सहभागी हुनुभयो ।
इजरायलले गाजामा जाने मानवीय सहायता नरोक्ने
इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जानकारी गराएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार अवरुद्ध प्यालेस्टिनी इलाकामा ‘खाद्यान्न, पानी र औषधि’ मात्र प्रवेश गर्न दिइने छ ।
नेपालको शानदार सुरुआत
नेपालको महिला टेनिस टोलीले बिली जिन किङ कपमा बुधबार विजयी सुरुआत गरेको छ । टिम इभेन्टमा नेपालले ताजाकिस्तानलाई ३–० ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले बहराइनबाट जानकारी गराउनुभयो ।
प्रमुख आयुक्त थपलिया र युरोपियन युनियनका राजदूतबिच भेटवार्ता
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग युरोपियन युनियनका राजदूत लोरेन्जो भेरोनिकले आज शिष्टाचार भेट गर्नुभएको छ ।
ऊर्जामन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान
‘तेस्रो एशिया-प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ ।