अष्ट्रेलियाले भूकम्प प्रभावितलाई पाँच करोड सहयोग गर्ने
अष्ट्रेलियाले जाजरकोटमा गएको भूकम्प प्रभावितलाई आकस्मिक आवश्यकताका लागि छ लाख अष्ट्रेलियाली डलर (करिब पाँच करोड नौ लाख रुपियाँ) सहायता प्रदान गर्ने भएको छ । अष्ट्रेलिया कोषले सो रकम उपलब्ध गराउने भएको हो ।
गाजाको सबैभन्दा ठूलो अस्पतालमा सेनाको आक्रमण
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ ।
एक पटकको नेपाली सधैँको नेपाली : शिक्षामन्त्री राई
युरोप भ्रमणमा रहनुभएका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ‘एकपटकको नेपाली सधैको नेपाली’ भन्ने भावनाले नै संविधानले संसारभर छरिएर रहेका गैरआवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक, आर्थिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको बताउनुभएको छ।
राष्ट्रपति पौडेललाई ६ राष्ट्रप्रमुखको समवेदना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेललाई जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखहरुले समवेदना सन्देश पठाउनुभएको छ ।
नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिदैनौँ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कोप–२८ मा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ ।
राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
शनिल नेपाल पोर्चुगलको राजदूतमा सिफारिस
नेपाली कांग्रेसका युवा नेता शनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिस हुनुभएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलको राजदूतमा सिफारिस गरेको हो ।
चितवनको सयपत्री र मखमली फूल हङकङ निर्यात हुने
चिवतनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला हङकङ निर्यात हुने भएको छ । माला र फूल हङकड लैजानका लागि बिहीबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ ।