विश्व समुदायको ध्यानाकर्षण गराउन राष्ट्रपतिको सुझाव
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गर्नुभएको छ।
परराष्ट्रमन्त्री साउद कतार जाँदै
परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जानु हुने भएको छ । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उहाँ यही मङ्सिर २३ गते कतार जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल युएई भ्रमणमा जानुहुँदै
जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज युएई प्रस्थान गर्नुहुने भएको छ ।
सुरुङमा फसेका मजदुरलाई बाहिर निकाल्न सुरु
विगत १७ दिनदेखि उत्तराखण्डको उत्तरकाशी एक निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरमध्ये आधाभन्दा धेरैलाई व्यक्तिलाई बाहिर निकालिएको छ।
श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने
श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने भएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२३ को संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलन (कोप२८) मा विभिन्न तीन वटा प्रस्ताव प्रस्तुत गर्नुहुने सरकारी सञ्चार माध्यमले मङ्गलबार जनाएको छ ।
चट्याङ लागेर गुजरातमा १८ जनाको मृत्यु
भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलही र अन्य चारजनाको हत्या गर्नुअघि आफैँलाई बन्दुकले उडाएको प्रहरीले सोमबार बताएको छ ।
कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दुबई जानुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै हुनुहुन्छ ।
वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा सात प्यालेस्टाइनीको मृत्यु
वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा कम्तिमा सात जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
हमासका ब्रिगेड कमान्डरसहित तीन सैनिक नेताको मृत्यु
हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरुद्ध इजरायलले गरेको आक्रमणका क्रममा उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको आइतबार जनाएको छ ।
रुपन्देही सामाजिक सञ्जालको परोपकारी काम
अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोख्रेलले प्रदेशमा रहेर पनि नेपालमा परोपकारी तथा सामाजिक सेवामा लागेको अष्ट्रेलिया सामाजिक सञ्जाल रुपन्देहीको कामप्रति खुसी व्यक्त गर्नुभएको छ ।
भारतले कम गुणस्तरको चिनी दिने भएपछि २५ हजार टन खरिद प्रक्रिया रोकियाे
भारतले नेपाललाई जी–टु–जी प्रक्रियाअनुसार तिहार अघि नै २५ हजार टन चिनी उपलब्ध गराउने भने पनि अहिलेसम्म उक्त परिणामको चिनी नेपाल आएको छैन । नेपालमा चिनी अभाव भएपछि सरकारले भारतीय दूतावासमार्फत कूटनीतिक पहलमा भारत सरकारसँग चिनी उपलब्ध गराइदिन आग्रह गरेको थियो ।
काँग्रेस प्रमुख सचेतक लेखक भारतमा सम्मानित
नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक भारतमा सम्मानित हुनुभएको छ । लखनउ विश्वविद्यालयले विश्वविद्यालयबाट अध्ययन गरी काँग्रेसको प्रमुख सचेतक तथा राजनीतिको माध्यमबाट समाजमा योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।
पोर्चुगलमा नेपालीको छुरा प्रहार गरी हत्या
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुस्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।
हमासद्वारा २५ बन्धक रिहा
हमासले नियन्त्रणमा लिएका १३ जना इजरायली बन्धक रेडक्रसलाई हस्तान्तरण गरेको छ । यसैगरी,१२ जना थाइ बन्धकहरू पनि गाजाबाट रिहा गरेको छ ।
सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सुरु
सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
ब्रोडवे इन्फोसिस प्रालि सम्मानित
सूचना प्रविधिको क्षेत्रमा कार्यरत ब्रोडवे इन्फोसिस प्रा.लि. दक्षिण कोरियामा सम्मानित भएको छ । नोभेम्बर १३, १४ र १५ मा दक्षिण कोरियाको सियोलमा आयोजित कार्यक्रममा सो संस्था सम्मानित भएको हो ।
काठमाडौं महानगरका उपप्रमुख डङ्गोल अष्ट्रेलिया प्रस्थान
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल शुक्रबार अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री र कतारका विदेश राज्यमन्त्रीबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेट भएको छ ।
विपिन जोशीको रिहाइको पहल गरिदिन आग्रह
परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहनुभएका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ ।
एसियाली विकास बैंकसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता
सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोडं बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।
श्रीलङ्काद्वारा ऋण पुनर्संरचना, सम्झौतापूर्व ब्याजदर कटौती
श्रीलङ्काले विदेशी ऋणदाताहरूसँगको महत्वपूर्ण ऋण पुनर्संरचना सम्झौताअघि शुक्रबार दोस्रो पटक प्रमुख ब्याजदरमा कटौती गरेको छ ।
श्रम स्वीकृति लिने घटे
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिमा भन्दा केही घटेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउन, भदौ, असोज र कात्तिकमा दुई लाख छ हजार ३१६ जना बिदेसिएका छन् जुन गत वर्षको सोही अवधिभन्दा ६४ हजार २०८ ले कमी हो ।
बेलायतमा पूर्व धावक लामा सम्मानित
पूर्व धावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन् । नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लामालाई बेलायतको अल्डर्सटमा आयोजित एक कार्यक्रमबीच इलाम समाज बेलायतले सम्मान गरेको हो ।