श्रमिक हक अधिकार कागजमै सीमित
वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यक्रम गरिरहेका छन् । सरकार र वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायले आइतबारदेखि आउँदो शक्रबारसम्म साताव्यापी रूपमा श्रमिकका हक अधिकारका विषयमा कार्यक्रम गरिरहेका छन् ।
बेलायत नेपालको विकास साझेदार
नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धिको शतवार्षिकी शनिबार नेपालमा मनाइएको छ । नेपाल र बेलायतबिच विसं १९८० मा मैत्री सन्धि भएको थियो । यो सन्धिले दुई देशबिच बराबरीको सार्वभौमिक अखण्डताको पुष्टि गर्दै थप साझेदारी र सहकार्यको बाटो खोलेको थियो । यसअघि दुई देशबिच कूटनीतिक सम्बन्ध रहे पनि साझेदारीयुक्त आदानप्रदानको सम्बन्धले औपचारिकता पाएको थिएन ।
इन्चोनमा बलेको शान्ति दीप
शान्तिका पर्याय भनेर सिद्धार्थ गौतम बुद्धलाई चिनिन्छ । भगवान् बुद्ध नेपाली भूमिमा जन्मेर विश्वभर शान्तिको दीप उज्ज्वलसित गराउनुभयो । हामी नेपालीको पहिचान र सम्मान त्यही हो, लाग्छ ।
इन्धन युगलाई समाप्त गर्ने प्रण
संयुक्त अरब इमिरेट्सको दुबईमा सञ्चालन भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २८) ले इन्धन युग समाप्त गर्ने प्रण गरेको छ ।
युरोपमा फेरिँदै नेपालीको हैसियत
मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली मुलुकमा पनि थिएन । उहाँले स्मरण गर्नुभयो, “कतै काम नपाएपछि मैले सडकमा फालिएका बियरका बोतल टिपेर बेचेर पनि खाएँ तर अहिले आफैँ अरूलाई काम दिन्छु ।” पाण्डेले लामो समय सङ्घर्ष गरेर सन् २०१७ मा पोल्यान्डमा आफ्नै व्यवसाय सुरु गर्नुभयो । उहाँले वार्सामा थाल्नुभएको ‘नेपाली बजार’ को विस्तार अहिले अन्य मुलुकमा पनि भएको छ ।
गाजामा इजरायली सेनाद्वारा १११ प्यालेस्टिनी मारिए
गाजा पट्टीमा बिहीबार इजरायली आक्रमणमा कम्तीमा १११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
राष्ट्रपतिसमक्ष तीन राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेस
काठमाडौँ, मङ्सिर २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभएको छ । उहाँहरूले छुट्टाछुट्टै कार्यक्रममा प्रमाणपत्र पेस गर्नुभएको हो ।
अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत
नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकको कोषमा निरन्तर आबद्धता न्यून
वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जानेलाई सामाजिक सुरक्षा आबद्धता अनिवार्य गरिएकाले पहिलो पटक आबद्धता जनाउनेको सङ्ख्या आठ महिनामै पाँच लाख नाघेको छ तर निरन्तरता दिनेको सङ्ख्या खासै देखिँदैन । सामाजिक सुरक्षा कोषका अनुसार कोषमा गएको चैत ८ देखि मङ्सिर २३ सम्म पाँच लाख दुई हजार ४६६ जना कोषको योजनामा आबद्ध भएका छन् तर निरन्तरता दिनेको सङ्ख्या असाध्यै कम भएको स्वयम् कोषले नै स्वीकार गरेको छ ।
जिम्बाब्वेमा खडेरीले सय हात्ती मरे
जिम्बाब्बेस्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार जनाएको छ ।
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ।
कतारका प्रधानमन्त्रीसँग विपिन जोशीको रिहाइका लागि आग्रह
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
अमेरिकामा नेपाली साङ्गीतिक उत्सव
नेपालका वरिष्ठ गायक गायिका र नेपालीभाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ ।
नेपाली युवामाथि गोली प्रहार घटनाको छानबिन गरिने
भारतीय सीमावर्ती क्षेत्रमा नेपाली युवामाथि भएको गोली प्रहारको घटनाको छानबिन गर्न मोरङ प्रहरीले भारतीय प्रहरी समक्ष समन्वय अगाडि बढाएको छ ।
बङ्गलादेशका पाँच विपक्षी नेताको कारागारमा मृत्यु
प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा कारागारमा मृत्यु भएको अधिकारी र आफन्तहरूले आइतबार बताएका छन् ।
हिमाली क्षेत्रमा सुकुम्वासी हुने दर बढ्न थालेकोप्रति चिन्ता
संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना भइरहेको जलवायु विश्व सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा सुकुम्वासी हुने दर बढेको भएको भन्दै विश्वको ध्यानाकर्षण गरिएको छ ।
'हिमाली क्षेत्रमा सुकुम्बासीकाे सङ्ख्या बढ्दो'
संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना भइरहेको जलवायु विश्व सम्मेलन (कोप २८) मा जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा सुकुम्बासी हुने डर भएको भन्दै विश्वको ध्यानाकर्षण गरिएको छ ।
भारतले गर्यो प्याज निर्यातलाई कानुनी रूपमै प्रतिबन्ध
भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध औपचारिक रूपमा लागूभएको अधिकारीहरूले बताएका छन् । बिहीबार साँझ विदेश व्यापार महानिर्देशनालयद्वारा जारी गरिएको सूचनाअनुसार प्याजको निकासी नीतिलाई मार्च ३१, २०२४ सम्म प्रतिबन्ध लगाएको हो ।
कोप-२८ सम्मेलन उपलब्धिमूलक : मन्त्री डा.महतो
वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) नेपालका लागि उपलब्धिमूलक भएको बताउनुभएको छ ।
गुरुङ संस्कृतिमा विवाह गर्न बेलायतदेखि तनहुँमा (फोटो फिचर)
बेलायत निवासी एक जोडीले गुरुङ संस्कार अनुसार विवाह गरेका छन् । लामो समयदेखिको प्रेमलाई मार्क टोवन्सेन्ड र र रुथ टोवन्सेन्डले तनहुँको भानु नगरपालिका– १२ स्थित मिर्लुङ, ओख्लेबाट विवाह गर्नु भएको हो ।
भारत–नेपाल सांस्कृतिक महोत्सव
नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ । शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो ।
‘हानि, नोक्सानी कोष वितरणको प्रक्रिया सहज हुनुपर्छ’
जलवायु परिवर्तनका जानकारहरुले संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८) का क्रममा स्थापना भएको हानि, नोक्सानी कोष सकारात्मक भएको उल्लेख गर्दै यसको वितरणको प्रक्रिया सरल, सहज र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् ।
हानि, नोक्सानी कोषसँग एकीकृत दृष्टिकोण र सहकार्य आवश्यक छ : मन्त्री गुरुङ
सहरी विकासमन्त्री सीता गुरुङले नेपालजस्ता देशका लागि जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८ मा स्थापना गरिएको हानि, नोक्सानी कोष)मार्फत एकीकृत दृष्टिकोण र सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायुको चुनौतीलाई सम्बोधन गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ ।