साउदीमा नेपाली श्रमिकले रोकिएको सुविधा पाउने
साउदी अरबको रोजगारदाता कम्पनीले पाँच वर्षअघि नेपाली श्रमिकलाई नदिएको पारिश्रमिक र अन्य सुविधाबापतको रकम दिन बोलाएको छ । साउदीस्थित मोहमद अल मोजिल ग्रुप नामक कम्पनी अहिले पुरानै अवस्थापछि त्यो बेलामा पारिश्रमिक नपाएका ५७१ नेपाली श्रमिकलाई पारिश्रमिक लिन साउदी बोलाएको हो । पाँच वर्षपहिले उक्त कम्पनी टाट पल्टिएर बन्द हुने अवस्थामा पुगेको थियो ।वर्षौंसम्म काम गरेका नेपाली श्रमिकलाई कम्पनी नोक्सान भएर बन्द अवस्था पुगेपछि त्यत्तिकै फिर्ता पठाएको थियो ।
संजीत अमेरिकामा सम्मानित
उमा कुङफुका अन्तर्राष्ट्रिय निर्णायक एवं भेट्रान खेलाडी संजीतकुमार राई अमेरिकाको टेक्सासमा सम्मानित हुनुभएको छ ।
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
रोजगारीमा कोरिया जान मरिहत्ते गर्नुका कारण...
गत शुक्रवार बालकुमारीमा सिप बिल्डिङमा अनुत्तीर्णलाई पनि नयाँ इपिएस कोरिया भाषा परीक्षामा सहभागी गराउनुपर्ने माग सहित प्रदर्शनमा उत्रँदा दुई युवाको ज्यान गयो । उक्त घटनाको छानबिनका लागि गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । उक्त घटनाका दोषीलाई कारबाही गर्ने सरकारले जनाएको छ । पछि उक्त समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने छ ।
महेश्वर पन्तको 'जिउँदा देवता' सार्वजनिक
गायक प्रवीन बेडवालको सुमधुर स्वरमा रहेको नयाँ गीत जिउँदा देवता को साङ्गीतिक लघु चलचित्र सार्वजनिक भएको छ। कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति गीतकार सङ्गीतकार महेश्वर पन्तको रचना तथा सङ्गीत रहेको मार्मिक गीतको साङ्गीतिक लघु चलचित्र सार्वजनिक भएको छ।
बङ्गलादेशको निर्वाचन सन्देश
सन् २०२४ भारत र अमेरिका लगायतका धेरै देशमा निर्वाचनको वर्ष हुँदै छ तर वर्षारम्भको पहिलो सातामै संसदीय चुनाव हुन लागेको सार्क क्षेत्रको देश हो– छिमेकको बङ्गलादेश । पौष २२ (७ जनवरी) लाई तय गरिएको निर्वाचनमा ११ करोड ९१ लाख मतदाताले भोट खसाल्न पाउने छन् । ३०० स्थानको एक सदनात्मक ‘जातीय संगसद्’ (व्यवस्थापिका) छ । मुलुकको जनसङ्ख्या १७ करोडको हाराहारीमा रहेको सरकारी आँकडा देखिन्छ । सन् १९७१ मा स्वतन्त्र बङ्गलादेश अस्तित्वमा आउँदा
जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
जापानको मध्यभागमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (युएसजीएस) ले जनाएको छ ।
सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष
प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।
सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष
प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।
कोरियन भाषा परीक्षाका लागि पुनः आवेदन माग
उच्च अदालत पाटनको आदेशसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियन भाषा परीक्षाको उत्पादनतर्फको पुुनः आवेदन खुलाएको छ । उच्च अदालत पाटनले शुक्रबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएपछि आइतबार पुनः आवेदन खुला गरेको हो ।
सन् २०२३ : विश्व परिदृश्यमा कठिन वर्ष
अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ ।
२०२३ लाई फर्केर हेर्दा (फोटो फिचर)
आजदेखि सन् २०२३ बिदा भएको छ । एक वर्षमा विश्वभर राजनीतिक परिवर्तनका साथै विभिन्न हिंसात्मक द्वन्द्व भए । जसका कारण धेरै मानवीय तथा भौतिक संरचनाको क्षति हुन पुग्यो ।
युक्रेनको आक्रमणमा २१ जनाको मृत्यु
युक्रेनले रुसको सीमावर्ती सहर बेल्गोरोडमा गरेको गोलाबारीमा तीन बालबालिकासहित २१ जनाको मृत्यु हुनुका साथै ३० वटा अपार्टमेन्टभवनमा क्षति पुगेको छ ।
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले अन्य क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्याद यही पुस १६ देखि १८ गतेसम्म मात्र भएको बताएको छ ।
घटनाप्रति दुःख व्यक्त
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाका विषयमा भएको आन्दोलन क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाले अत्यन्तै मर्माहित बनाएको भन्दै दुःख प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, पानीजहाज निर्माण क्षेत्र (सिप विल्डिङ) तर्फ आवेदन दिएकालाई मागबमोजिम उत्पादनमूलक क्षेत्रतर्फका आवेदन दिन सक्ने गरी आवश्यक निर्णयमा पुग्ने गरी वार्ताको तयारी भइरहेको हुँदा हाललाई सबै प्रकारका आन्दोलन धर्नाजस्ता क्रियाकलाप नगर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
इपिएस कोरिया : सिप बिल्डिङमा अन्ठानब्बे प्रतिशत उत्तीर्ण
दक्षिण कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि दिइएको सिप परीक्षणको परीक्षामा तीन हजार ९८९ जना (९८.३ प्रतिशत) उत्तीर्ण भएका छन् । सिप बिल्डिङमा जानका लागि चार हजार ५४ जनाले परीक्षा दिएकामा सो सङ्ख्या उत्तीर्ण भएका हुुन् । कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका प्रमुख गुरुदत्त सुवेदीका अनुसार यसभन्दा अघि एक हजार जना सिप बिल्डिङमा गइसकेका छन् । सिप बिल्डिङको रोस्टरमा अब ५० जना मात्रै बाँकी छन् ।
भारी बोकेरै घरखर्चको जोहो
बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आउनुभएको छ । उहाँ भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आउनुभएको छ ।
राष्ट्रपतिसमक्ष जापानका राजदूतको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता यूताकाले शिष्टाचार भेट गर्नुभएको छ ।
अभिमुखीकरण शुल्क चार गुणा वृद्धि
सरकारले वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिममा शुल्कबापतको रकम चार गुणा वृद्धि गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि सात सय मात्रै शुल्क तोकिएकामा अहिले वृद्धि गरेर दुई हजार आठ सय रुपियाँ पुर्याइएको हो। अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ पहिलो संशोधनबाट अनलाइन परीक्षासमेत दिनुपर्ने व्यवस्था थप गरेर दुई हजार आठ सय रुपियाँ पुर्याइएको मन्त्रालयले जनाएको छ ।
गोर्खालीले २५ वर्ष शासन गरेको पिथौरागढ किल्ला
कुमाउका प्रसिद्ध कवि गुमानी पन्तले आफ्नो कवितामा लेखेका छन् ।
इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव
नयाँदिल्लीस्थित इजराइली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ ।
युरोपका आठ देशसँग श्रम सम्झौताको तयारी
सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप आठ देशसँग श्रम सम्झौताको तयारी भएको जानकारी दिएको हो । नेपालले सन् २०२४ मा कुवेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्यान्ड, युक्रेन, माल्टा र टर्कीसँग श्रम सम्झौता गर्न लागेको हो । त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारी सम्बन्धित देशलाई पठाइएको छ । ती देशबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रक्रिया अघि बढ्ने छ ।
एपिसिग अध्यक्षमा अर्याल
एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्स (एपिसिग) को अध्यक्षमा अधिवक्ता बाबुराम अर्याल निर्वाचित हुनुभएको छ । आइतबार भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उमेदवार पाकिस्तानका मुबसिर सरगनाभन्दा बढी मत प्राप्त गरेर अर्याल अध्यक्ष निर्वाचित हुनुभएको हो ।
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलियामा सम्मानित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले आफू क्रिकेटमा नलागेको भए अष्ट्रेलियामा विद्यार्थी हुने सोचमा रहेको खुलासा गर्नुभएको छ ।