अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छ: उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्टसङ्घसँगको सहकार्यमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपालीलाई सेनामा भर्ती नगर्न रुसलाई आग्रह
सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न रुसलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले कुनै नेपाली नागरिकलाई भर्ती भएमा त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुस सरकारसँग अनुरोध गरेको छ ।
जोशीको रिहाइका लागि पहल गर्न आग्रह
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा अज्ञात अवस्थामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले परराष्ट्र मन्त्रालयमा मङ्गलबार नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग जोशीको अवस्था पत्ता लगाउनका लागि कूटनीतिक पहलका लागि अनुरोध गर्नुभएको हो ।
बेलायतमा अध्यागमनमा कडाइ : अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउन सकस
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गर्नु भएको छ ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ भने केही अझै बेपत्ता भएको बताइएको छ ।
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको छ ।
औद्योगिक राष्ट्रको कार्बन उत्सर्जनका कारण नेपालले विपद् भोग्नुपरिरहेको छ : उर्जामन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले औद्योगिक राष्ट्रहरुका कारण विश्वव्यापी तापक्रम तीव्ररुपमा वृद्धि भइरहेको उल्लेख यसबाट उत्पन्न जलवायु परिवर्तनले नेपालले ठूलो क्षति व्यहोहोर्नु परेको बताउनुभएको छ ।
कोप-२८ : जीवाश्म इन्धन छाडेर स्वच्छ ऊर्जातर्फको यात्रामा विश्वजगत
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) मा अधिकांश देश नवीकरणीय र हरित ऊर्जा उत्पादनलाई बढवा दिँदै जीवाश्म इन्धनको प्रयोगलाई न्यून गर्दै जान तयार देखिएका छन् ।
नेपाल र युएसएआइडीबिच नयाँ सहकार्य
नेपाल सरकार र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(युएसएआइडी)ले संयुक्त रुपमा नयाँ कार्यक्रमको सुरुवात नेपालमा गरेको छ ।